शिक्षा मन्त्रालयले छ महिनाभित्र देशभरिका नक्कली विद्यालय र नक्कली शिक्षक खारेजीको प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयले देशभरका जिल्ला शिक्षा कार्यालयलाई दिर्नेशनसमेत दिइसकेको छ ।
हालसम्म दुई सयभन्दा बढी नक्कली सरकारी विद्यालय फेला परेको मन्त्रालयले जनाएको छ । जिल्लाहरुलाई नक्कली विद्यालय र शिक्षकको तथ्याङ्क पुस मसान्तभित्र विभागमा पेस गर्न निर्देशनसमेत दिएको छ ।
प्राथमिक तहका दुई लाख ५० हजार फर्जी विद्यार्थी फेला परेकोसमेत शिक्षा विभागले जानकारी दिएको छ ।
होस्टेलको समेत मापदण्ड बन्दै
शिक्षासम्बन्धी विभिन्न सुधारात्मक नियमहरु बनाइरहेको शिक्षा मन्त्रालयले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाको मस्यौदामा आवासीय विद्यार्थीका लागिसमेत केही मापदण्डहरु तोक्ने भएको छ । अधिकांश समय विद्यालयमै बिताउने बालबालिकाको विकासका लागि मनोसामाजिक विषयमा परामर्श सेवा अनिवार्य गर्ने लगायत छन् ः
ल बिहान एक घन्टा योगा, पिटी, शारीरिक व्यायाम र बेलुका एक घन्टा टिभी, पत्रपत्रिका तथा अन्य पुस्तक पढ्ने एवम् खेल खेल्ने समय निर्धारण गर्नुपर्ने ।
ल आवास तथा होस्टेलमा खुवाउने खानाको गुणस्तर महिनाको एकपटक अनिवार्य जाँच गराउनुपर्ने ।
ल होस्टेलमा टेलिफोन व्यवस्था हुनुपर्ने ।
ल आवासीयलगायत शुल्क जिल्लाका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले निर्धारण गरेको सीमाभित्र विद्यालय व्यवस्थापन समितिले तोक्नुपर्ने ।
ल चिकित्सकबाट कम्तीमा महिनाको एकपटक विद्यार्थीको स्वास्थ्य परीक्षण गराउनुपर्ने ।
ल आवासीय विद्यार्थीलाई बिहान–बेलुका कम्तीमा तीन घन्टा कक्षा सञ्चालन गर्नुपर्ने ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !