नक्कली गुरुको शुल्क महँगो’ - College Times : Educational Magazine
Headlines News :
Home » » नक्कली गुरुको शुल्क महँगो’

नक्कली गुरुको शुल्क महँगो’

Written By Collegetimes on Tuesday, December 4, 2012 | 6:26 AM


प्रकाश आङदेम्बे
नक्कली गुरुको शुल्क महँगो’ यो ग्रीक हुँदै विश्व प्रसिद्ध भएको भनाइ हो । यसको शाब्दिक अर्थ अहिलेको हाम्रो बजारमा देख्न सकिन्छ । बोध गर्न सकिन्छ । व्यापार त भयो, भयो कला, साहित्य, स्वास्थ र शिक्षामा पनि तस्करी चल्छ । आफैंलाई राम्रोे ज्ञान नभएको विधामा हावाको विज्ञापन दिएर आम मानिसलाई मूर्ख बनाउन लागि पर्नेहरु यहाँ प्रशस्तै छन् । रातारात विज्ञापनको भरमा हाम्रोे सहरमा पानीमा मिसाएको दूधजस्तै शिक्षा, कला, साहित्यको बिक्री वितरण हुनेगर्छ ।
जिल्लामा मात्र कुरा मिल्छ यहाँ मिल्दैन भन्ने तर पैसाको बिटो भेटेपछि मुद्दा मामिला स्थानीय कार्यालयमा नै मिलाउने प्रहरी–प्रशाशसलगायत अन्य कार्यालयहरु सबै दुई नम्बरी कार्यमा व्यस्त देखिन्छन् । कानुनी, शिक्षा, मानवीय कार्य बिर्सेका प्रहरी–प्रशासनकर्मी तथा शिक्षक भनाउँदाहरु भेट्दा चोर–डाँका भेटेभन्दा पतिर्रको बोध हुँदैन । कुनै पनि दुई नम्बरी व्यापारी त्यति व्यस्त छैन, जति एउटा डाक्टर छ । देशमा जति डाक्टरहरु बढे, रोगी–बिरामी  उति बढेका छन् । एकै दिनमा बिर्तामोडदेखि विराटनगरसम्ममा स्टेसनैपछिका मेडिकल हलहरुमा जाँच गर्न भ्याउने डाक्टरले कसरी बिरामी जाँच्छ, कसरी पैसा भेला पार्छ यो स्पष्टै छ । अन्य सामाजिक संघ–संस्थाहरु पनि विभिन्न विधामा निःशुल्क तालिम दिने सस्तो विज्ञापन र नारा अघि राखेर घुमाउरो पाराले शुल्क लिइरहेका छन् ।
जसले जीवनलाई चिनेका छन्, उनीहरुले बुझेका छन् कि कला, साहित्य व्यापार होइन । शिक्षा, स्वास्थ्य व्यापार होइन । मैले यो प्रसङ्ग उल्लेख गर्दा धेरैलाई लाग्ला, त्यतिका खर्च गरेर सिकेको शिक्षा, कला, साहित्यमा आफूले लगानी गरेपछि रिटर्न चाहिएन ? तर, यदि यो क्षेत्रलाई प्रेमका लागि, जीवनका लागि सदुपयोग गरेको भए महँगो हुँदैनथ्यो । यी क्षेत्रहरु भनेका जीवनका लागि हुन्, व्यापारका लागि होइनन् । नत्र कला सिकाउने प्रत्येकको घरमा झैझगडा, कलह, समस्या, अभाव हुनुहुँदैनथ्यो । डाक्टर र औषधिमा काम गर्नेकोमा कोही पनि रोगी हुनुहुँदैनथ्यो । प्रहरी प्रशासनकर्मीले उल्टै त्रास लिएर बाँच्नुपर्दैन थियो । सम्बन्धभन्दा पर्तिर पैसा हावी हुँदैनथ्यो ।
यतिबेला हामी प्रकृतिविरोधी भएका छौँ । जीवनविरोधी पनि । तर, हावा, घाम, पानी, धर्ती, आकाश, फूल सवै निःशुल्क उपल्ध छ । अरबपति होस् या झुपडीमा बस्ने, विद्वान होस् या मूर्ख, धनी होस् या गरिब सबैले भोग्ने हावा, पानी, आकाश, घाम, जुन, धर्ती एकै हो । प्रकृतिले कहिले पनि विभेद गर्दैन । हामी जान्ने भएको भ्रम पालेर जीवन बाहिर निस्किएका छौं । हाम्रो  अज्ञानताले हामीलाई शुल्कको बाटोमा हिँडाएको छ । त्यो पनि महँगो ।
आज तपाईं महँगो गुरु हुनुभयो । तपाईंको अज्ञानताले तपार्इंलाई दुईचार दिनभन्दा पर्तिर टिकाउँदैन कारण तपाईं जुन क्षेत्रको बारेमा व्यापार गर्दै हुनुहुन्छ, त्यो ठगी हो । आफूलाई राम्रो ज्ञान नभएको कुरामा व्यापार गर्नु भनेको डकैती हो । तपाईको डकैती यो समाजमा कति दिन चल्छ ? जति लामो समय डकैती गर्नुहुन्छ त्यति नै नाँगिनुहुन्छ तपाईं । तपाईंको कला, व्यापार, शिक्षा, कतिको चल्दैछ ? यो समस्या निरन्तर संस्कृति त बन्दैन ? अहिले तपाईले ठग्दै हुनुहुन्छ, भोलि तपाई पनि ठगिनुहुन्छ । त्यसैले माथिको प्रसङ्गलाई मनको भित्तामा टाँसेर सोच्नु होला, ल !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved