| ज्योतिन्द्र महत र विमला पाण्डेको जोडी |
मोरङको कालीमावि काशिजान टकुवामा कक्षा नौमा अध्ययनरत १६ वर्षीय पवन राई र सोही स्कुलमा कक्षा १० अध्ययनरत अम्बिका गुरुङ असोज पहिलो साता वैवाहिक बन्धनमा बाँधिए । विवाहसँगैं उनीहरुको पढाइ पनि अवरोध भएको छ । दुवैतर्फका परिवारको मन्जुरीविना उनीहरुले प्रेमलाई विवाहमा परिणत गर्दा पढाइ लामो समयका लागि स्थगित हुने अवस्था आएको छ ।
सोही विद्यालयमा कक्षा १० मा अध्ययन गर्दागर्दै चार वर्षअगाडि विवाह गरेका ज्योतिन्द्र महत र विमला पाण्डेको जोडी अहिले घर–गृहस्थी चलाउन व्यस्त छ । १७ वर्षको उमेरमा लगनगाँठो कसेका दुईमध्ये ज्योतिन्द्रले कक्षा १२ सम्मको अध्ययन गरे विमलाको भने एसएलसीमै पूर्णविराम लाग्यो । ज्योतिन्द्रका बुवा उदय महत भन्छन्, ‘यसको विवाह गर्ने उमेर भएको थिएन । घरमा तीनतीनजना दाजु–भाउजु छँदै थिए । काम गर्ने खाँचो पनि थिएन् । ऊ आफैंले रहर गरेर बिहे ग¥यो ।’ विवाहपछि पढाइ छाडेकोमा भने उनलाई नराम्रो लागेको छ, भन्छन् ‘बिहे त गरिहालियो तर पढाइ नछाडेको भए हुन्थ्यो । पढभन्दा नि मान्दैनन् ।’
एकवर्षअगाडि कक्षा नौमा अध्ययन गर्दागर्दै झापा तोपगाछीमा कक्षा सात अध्ययनरत सुष्मासँग विवाह गरेका टकुवा ७ का विक्रम दासले पनि पढाइको अन्त्य गरे । अहिले उनी स्कुल जान छोडेर घरकै काममा व्यस्त हुन थालेका छन् ।
यी जोडीहरु सबैले प्रेमविवाह गरेका हुन् । पहिलेपहिले कुसंस्कारका कारण उमेर नपुग्दै विवाह गर्ने चलन थियो । तर, अहिले रहरैरहरमा विवाह गर्न युवायुवतीहरु अग्रसर भएका पाइन्छन् । एक महिना अघि विवाह गरेका टकुवाका कृष्ण राई भन्छन् ‘सुनिता र मेरो फोनबाट नै चिनजान भएको हो । फोनमा कुरा बढ्दै जाँदा हामीले विवाह गर्ने निर्णय ग¥यौँ । परिवारलाई हामीले विवाह गर्नेबारे थाहा पनि भएन ।’ कृष्ण वीरेन्द्र सार्वजनीक मावि अमरदहमा १२ कक्षाका छात्र हुन् । भने सुनिता अमरदहकै जनतामाविमा कक्षा १० की छात्रा हुन् ।
विवाह गरिहल्नुपर्ने बाध्यता नभए पनि आफ्नो फोन प्रेमलाई सफल बनाउन विवाह गरेको उनको भनाइ छ । विवाह गरेपछि भने घर व्यवहार हेर्नुपर्ने बाध्यता थपिएको र पढाइ अगाडि बढाउन सक्ने अवस्था नरहेको उनले सुनाए ।
यसरी स्कुल पढ्दा–पढ्दे विवाह गर्ने अधिकतरको पढाइ विवाहपछि टुगिङ्ने गरेको छ । पढ्ने र करियर बनाउने उमेरमा विवाहबन्धनमा बाँधिदा उनीहरुका असीमित इच्छा आकाङ्क्षाहरु खुम्चिने गरेका छन् । ज्योतिन्द्र महत भन्छन्, ‘चाहनाहरु धेरै छन् । करियर पनि बनाउनु छ तर विवाह गरेपछि परिवारको समस्याले गर्दा आफूले चाहेको गर्न गाह्रो हुने रहेछ ।’
विवाह गर्नुअगाडि नसोच्दा अहिले पछुताउनुपरेको उनको भनाइ छ । ‘पहिले यी सबै कुरा सोचिएन । अहिले धेरै ढिला भइसकेको महसुस हुन्छ । स्कुल पढ्दापढ्दै कसैले पनि विवाह नगरुन् भन्ने लाग्छ ।’
तर, केही सचेत युवाहरु भने उमेर पुगेपछि मात्र विवाह गर्छन् । इटहरीका सञ्चारकर्मी धु्रव ढकालले पाँच वर्षदेखिको आफ्नो प्रेमलाई भर्खरै विवाहमा परिणत गरेका छन् । ‘उनी स्कुल पढ्दै गर्दा नै हामीबीचमा प्रेम भयो,’ उनले भने, ‘तर, उमेर र शिक्षालाई पर्खने हुँदा भर्खरै मात्र विवाह ग¥यौँ ।’ ढकालका अनुसार प्रेमलाई उमेरले छेक्न नसके पनि विवाह गर्दा भने उमेरलाई विचार गरेर उपयुक्त समय कुर्नुपर्छ । उनले भने, ‘स्कुले उमेरमै विवाह गर्दा स्वास्थ्य र सम्बन्ध बिग्रन सक्छ ।’
समस्या बन्दै स्कुले विवाह
स्कुल पढ्दै जोडी छान्न थालेपछि विद्यालयलाई समेत समस्या भएको छ । प्रविधिको पहुँच रोक्न धेरै विद्यालय र कलेजहरुले मोबाइल प्रतिबन्ध लगाएका छन् । धनकुटाको ६ नम्बर बुधबारेको एक विद्याललयले त छात्रछात्राले विवाह गर्न नपाउने नियम लगाएको छ । पढाइ नसकी विवाह गर्नेहरुलाई स्कुल निकाला गर्दै आएको छ । मोबाइलमा गफ गरेकै भरमा विवाहजस्तो सामाजिक बन्धनमा बाँधिने निणर्य गर्दा धेरैको परिवार समस्यामा फसेको छ । विवाहअघि मानिस जति स्वतन्त्र हुन्छ विवाहपछि उसले चाहे जति स्वतन्त्रता पाउँदैन् । पारिवारिक र सामाजिक दायित्व थपिने भएकाले पनि विवाहलाई बन्धनका रुपमा लिइन्छ । तर, बुझ्ने परिवार र जोडी भयो भने विवाहबन्धन नभएर जीवन जिउने सजिलो माध्यम बन्छ ।
अपरिपक्व उमेरमा स्कुल नसक्दै विवाह गर्ने अधिकतर जोडीहरु समस्यामा फसेका छन् । दुःख पाएका थुप्रै उदाहरण छन् । उमेर र विचारको अपरिपक्वताले गर्दा सानो उमेरमा जोडी बाँधिनेहरुमा असमझदारी बढिरहेको पाइन्छ ।
निर्णय गर्ने क्षमता र सोचाइको सङ्कुचन बढी हुनाले कम उमेरमा विवाह गर्द दाम्पत्यजीवन र सामाजिक जीवनमा समेत असर पर्छ । जनतामावि मोरङका शिक्षक नारायण शर्मा भन्छन् ‘स्कुले उमेरमा विवाह गर्नेहरुले अधिकतरको प्रगतिमा पूर्ण विराम त लाग्छ नै भविष्य अन्धकार हुन्छ । अर्कोतर्फ अपरिपक्व उमेरमा बाधिएका जोडीहरुमा आपसी समझदारी समेत टुट्ने सम्भावना हुन्छ ।’ सम्बन्ध दरिलो बनाउन परिपक्व हुनु आवश्यक हुने उनको भनाइ छ ।
शेखर ढकाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !