बत्तीको झिलिमिली - College Times : Educational Magazine
Headlines News :
Home » » बत्तीको झिलिमिली

बत्तीको झिलिमिली

Written By Collegetimes on Saturday, October 20, 2012 | 9:25 PM


इटहरीका १२ वर्षीय प्रवेश दाहाल तिहार आउनै नपाई घरमा झिलिमिली बत्ती राख्न आमा–बुवालाई गनगन गर्न थाल्छन् । दियो र मैनबत्तीमा उनलाई चित्तै बुझ्दैन । ‘पिलिक–पिलिक बल्ने बत्ती’ उनले बुझेको तिहारको एउटा रमाइलो हो यो ।
आफ्नो घर सधैँ झिलिमिली होस् भन्ने रहर कसलाई हुँदैन र ? विद्यार्थीहरुलाई त झन् सधैं आफ्नो घर अरुको भन्दा राम्रो र झिलिमिली होस् भन्ने लाग्छ । सन्तानका रहर पूरा गर्न भए पनि अभिभावकहरुले ठूलो रकम झिलिमिलीमा खर्च गर्दै आएका छन् । पछिल्ला वर्षमा झिलिमिली बनाउन विभिन्न विद्युतीय सामग्री बजारमा पाइन थालेको छ, जसले अभिभावकको खर्च बढाएको छ ।
यतिबेला दसैं–तिहारलें नेपालीका घरआँगनमा पाइला टेकेको छ । चाडपर्वको बहानामा दुःख बिर्सेर खुसियाली मनाउने तरखरमा जुटेका छन् सबै । दसैंमा साथीभाइ आफन्त भेटघाट गर्दै आपसमा खुसी साटेर रमाइलो गर्दै बिताए पनि तिहारको
रौनक भने अलि भिन्न हुन्छ । दसैंमा घर–आँगन र चोकहरु सरसफाइ गरेर वातावरण स्वच्छ बनाइन्छ । अझ तिहारमा त त्यसलाई झिलिमिली नै बनाउने चलन दिन–प्रतिदिन बढ्दो छ । पहिले तिहारमा हुने झिलिमिली अहिले दसैंदेखि नै सुरु हुन्छ ।
केहि वर्षयता नेपालमा विद्युतीय झिलिमिलीको रमाइलोमा सर्वसाधारणले आफूलाई मिसाउने गरेका छन् । विद्युतीय सामग्रीको खपत बढेपछि मैनबत्ती र पालाको खपत भने घटेको छ । लोडसेडिङका कारण मानिसहरुले मैन र पाला प्रयोग गर्ने गर्छन् । समाजमा आफ्नो स्तर देखाउन घरै ढाक्ने गरी झिलिमिलीमा खर्च गर्ने विकृति पनि बढ्दो छ । विशेषगरी बालबालिकालाई आफ्नो घर झिलिमिली बनाउने रहर हुन्छ र उनीहरु आफ्ना अभिभावकलाई त्यस्ता सामग्री खरिद गर्न बाध्य पार्छन् ।
योसँगै चाडपर्वमा विद्युतीय सामग्रीको कारोबारसमेत बर्सेनि बढ्दो छ । पूर्वका इटहरी, धरान, विराटनगर, विर्तामोड, दमकलगायतका बजारमा रहेका डिपार्टमेन्ट तथा इलेक्ट्रिकल स्टोरमा बत्तीको कारोबार सुरु भैसकेको छ । गाउँका स–साना हाटबजारमा पनि बत्तीको ठूलै कारोबार हुन्छ । गतवर्षसम्म तिहारकै लागि मात्र ३० करोडभन्दा माथि झिलिमिलीका सामग्रीको कारोबार हँुदै आएको विद्युतीय सामग्री व्यवसायी महासंघले जनाएको छ ।
विद्युतीय बत्तीहरु नेपाली बजारमा पहिले १५ र २० वटा बल्ब बल्ने सानो प्याकमा आउने गर्थे, अहिले विभिन्न आकार प्रकार र रङ्गमा पाउन सकिन्छ । सबैजसो फलफूलका आकारमा यस्ता लाइटहरु पाइने गरेका छन् । ५० भन्दा बढी प्रकारका लाइटहरु बजारमा उपलब्ध छन् । केही पुरानै किसिमका र धेरैजसो नयाँ डिजाइनका सामान आइरहेका छन् । यस्ता सामग्रीहरु प्रायः एकवर्ष भन्दा अर्को वर्ष टिक्दैनन् । त्यसकारण पनि यसको कारोबाट घट्नुको सट्टा झन् बढ्दो छ ।
नेपालमा कुल व्यवसायको ८ देखि १० प्रतिशत हिस्सा विद्युतीय सामग्रीले लिएका छन् । पाँच वर्षअघिसम्म सबैजसो बत्ती भारतबाट आउने गरेकोमा अहिले यसको ९५ प्रतिशत बजार चिनियाँ सामानले ओगटेको छ । यस्ता सामानको मूल्य ८० देखि दुई हजार पाँच सयसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।
होस नपु¥याए खतरा

झिलिमिली बनाउँदा सबैलाई रमाइलो र गौरवानुभूति त हुन्छ नै तर होसियारी अपनाएन भने त्यो रमाइलो क्षणभरमा दुःखमा परिणत हुनसक्छ । झिलिमिलीका लागि बत्ती बाल्दा नपु¥याउँदा आगलागी हुनसक्छ । तसर्थ बत्ती बाल्दा त्यसको आगोले केही नभेट्ने गरी बाल्नुपर्छ । बालेको मैन वा पाला ढलिहाले पनि केही नभेटने ठाउँमा राख्नुपर्दछ । विद्युतीय बत्तीबाट पनि लाइन सर्ट भएर आगलागी भएका घटना नयाँ हैनन् । त्यसकारण त्यस्ता सामग्री प्रयोग गर्दा ठिक छ कि छैन जाँचेर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved