‘बडा दसैं असत्यमाथि सत्यको विजय भएको दिनलाई उत्सवका रुपमा मनाइने चाड हो,’ भन्ने बुझाउन सके आफ्ना बालबालिकालाई सत्यमाथि विश्वास गर्न, सत्यमाथि अडिग रहन तथा झुटो कुरा नगर्न प्रोत्साहन मिल्नेछ । दसैं आपूmभन्दा ठूलाबाट आशीर्वाद प्राप्त गर्ने चाड पनि हो । दसैं नातागोता, इष्टमित्रहरु मिलेर मनाइने चाड हो भन्ने कुरा बाल मस्तिष्कमा रहे सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्नेछ ।दसैं परापूर्वकालदेखि मनाइँदै आएको चाड हो, जसले हामीलाई ऊर्जा प्रदान गर्छ । संस्कृति, संस्कार पनि व्यक्ति पहिचानको एउटा भाग हो, जसले हाम्रोपनलाई सुरक्षित राख्छ । बालबालिकाहरुमा पर्न सक्ने नकारात्मक प्रभाव हाल अधिकतर सम्भ्रान्त सहरिया परिवारमा एक मात्र लामो तथा सबैजना भेटघाट हुने बिदा भएकाले नियमित रुपमा पारिवारिक एवम् साथीभाइ भेटघाट गरी सामूहिक मदिरापान तथा केही हदसम्म होहल्ला गर्ने चलन बढ्दै गएको पाइन्छ । जसले गर्दा बालबालिकाहरुमा दसैं बिदा मदिरापान गर्ने तथा होहल्ला गर्ने समय हो भन्ने मानसिकता विकसित हुनसक्छ । फलस्वरुप बालबालिकामा पनि पछि गएर मदिराप्रतिको आर्कषण बढ्न सक्छ । सम्भव भएसम्म साना बालबालिका भएको घरमा मदिरासहितको सामूहिक भेटघाट कार्यक्रम नै नगर्ने, यदि सम्भव हुँदैन भने पनि मदिरा सेवन गनैपर्ने व्यक्तिहरुका लागि छुट्टै स्थान निर्धारण गर्ने जहाँ केटाकेटीहरुको पहँुच पुग्न नसकोस् । अथवा मदिरा सेवन गरिने स्थानबाट परै केटाकेटीहरु भुल्ने उपाय अपनाउनु उपयुक्त हुन्छ ।
सामूहिक भेटघाटमा मदिरापानसँगै जुवा, तास खेल्ने चलन पनि बढ्दै गएको पाइन्छ । जसले गर्दा बालमस्तिष्कमा जुवा–तासप्रति आकर्षण बढ्न सक्छ । जुवा–तासले बालमस्तिष्कमा नकारात्मक प्रभाव पार्नुका साथै बालसुलभ चञ्चलताले गर्दा खेलमा अवरोध पुग्न गए जुवा–तास खेल्नेहरुबाट बालबालिकाले गाली तथा पिटाइसमेत खानसक्ने हुँदा जुवा–तासलाई बालबालिका भएको घरमा प्रतिबन्ध लगाउनु उपयुक्त हुन्छ ।
दसैंको रमझममा आएका पाहुनाहरुसँगको गफगाफमा आफ्ना बालबालिकाप्रति ध्यान नपुग्न सक्छ, जसले गर्दा केटाकेटीहरु आपूmखुसी बाहिर गएर वा साइकल आदि चलाएर दुर्घटनामा पर्न सक्ने कुरालाई नकार्न सकिँदैन । सकेसम्म केटाकेटीहरुको गतिविधि देख्न सक्ने गरी आफ्नो रमाइलोलाई निरन्तरता दिनु उपयुक्त हुन्छ, तथा घरभित्र र वरिपरि आँगन आदिमा केटाकेटीहरुलाई चोटपटक लाग्नसक्ने विभिन्न किसिमका मेसिनरी वा अन्य वस्तु उनीहरुले भेट्ने गरी राख्नुहुदैन तथा घरको मेनगेट सधैं उनीहरुले खोल्न नसक्ने गरी बन्द राख्नु राम्रो हुन्छ ।
त्यसबाहेक, आफ्ना बालबालिकालाई बिदा भनेर अबेरसम्म सुत्न दिनुहुदैन । लामो बिदा भएकाले त्यो पछिसम्म बानीका रुपमा विकास हुन सक्छ । त्यसैले समयमै उठाएर बालबालिकाहरुलाई इच्छाअनुसार पढ्न, चित्रमा रङ भर्न वा अन्य कुनै त्यस्तै क्रियाकलापमा सहभागी गराउनु उपयुक्त हुन्छ । तीन वर्षभन्दा माथिका बालबालिका भए कम्तिमा दिनको एक घन्टा पढाइ वा पढाइसँग सम्बन्धित कार्यमा उनीहरुलाई व्यस्त राख्नु आवश्यक छ अन्यथा उनीहरुमा पढ्ने बानी हराउने र पछि फेरि पढ्ने बानी बसाउन गाह्रो पर्ने हुनसक्छ । दसैं बिदामा यदि अभिभावकहरु देवताको दर्शन गर्न मन्दिर जाने भए बालबालिकाहरुलाई पनि साथमै लैजानु राम्रो हुन्छ । यसबाट उनीहरुले आफ्नो परम्परा, संस्कृतिसँग परिचित हुने अवसर पाउँछन् भने जीवनमा अनुशासित हुन मद्दत पुग्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !