प्रायः असोजमा पर्ने दसैं यो पटक कात्तिकमा प¥यो । तर, असोजको पहिलो सातादेखि नै दसैंको रङमा नेपाली समाज रङ्गीइसकेको छ । लगत्तै आउने तिहारका लागि देउसी, भैलोका योजनाहरुसमेत बुनिइसकेका छन् ।
वर्षात् मौसमपछि बिहान अलि चिसो र पारिलो घाम लाग्न थालेसँगै दसैं नेपालीको घर–आँगनमा प्रवेश गरिसक्छ । पात्रोले केही भन्नै पर्दैन, स्कुल, कलेज बिदा हुनै पर्दैन । मौसमले नै दसै–तिहार आएको सङ्केत गर्छ, र सुरु हुन्छ युवाको मस्तराम चाड, दसैं अनि तिहार ।
पर्व भन्नेबित्तिकै जमघट अनि विशेष किसिमको खानपान । खर्चको जोहो गर्नैपर्छ । त्यसमाथि सरसामान, घुमघाम अनि भेटघाट । त्यसैले दसैं तिहार वा चाडपर्वको महत्वपूर्ण सम्बन्ध बजारसँग छ । युवाहरुको चाडपर्व त झनै भिन्न र महँगो हुन्छ । नयाँ–नयाँ फेसनसँग ताल मिलाउँदा र साथी भाइ ग्यादरिङमा गरिने खर्चको हिसाबै हुँदैन ।
दसैंको लागि एक महिनाअघिदेखि नै किनमेल सुरु हुन्छ । साथीहरुसँग किनमेलको लागि निस्कने युवाहरुको पहिलो रोजाइ हुन्छ, नयाँ डिजाइनका लुगा र आकर्षक एसेसरिज । वर्षभरि किन्न मन लागेको लुगा, तथा सामान किन्न दसैं पर्खनैपर्ने बाध्यता धेरैको छ । अनि सबैले नयाँ लुगा लगाउने र मिठो खाने पर्व मान्ने गरेकोले पनि युवाहरु दसैंमा नयाँ लुगा त किन्नै पर्छ भन्छन् ।
दसैं बजारमा अधिकतर ग्राहक महिला, युवा र बालबालिका हुन्छन् । रङ्गीचङ्गी लुगाले मन तान्छ । प्रौढहरुको तुलनामा युवाहरु कम मोलमोलाइ गर्छन् । तर भनेजति दाम हालेर किनिएको लुगा गुणस्तरीय हुँदैन । त्यसैले चाड बजारमा पाइने लुगाको गुणस्तरमा समेत ध्यान दिनुपर्छ ।
यस्तै खानपानको सन्दर्भमा पनि ध्यान दिनैपर्ने केही कुरा छन् । पशु अधिकारकर्मीहरु दसैंमा दिइने बलिको विरोध गर्छन् । हुन पनि शास्त्रमा बलि दिनुपर्छ भनेर लेखिएको छैन, तर मांसाहारीहरु सप्तमी–अष्टमीको दिन पशुलाई काटेर एकादसीको दिनसम्म त्यही मासु पकाएर खान्छन् । मासु फ्रिजमा राख्दा पनि दुई दिन मात्रै स्वस्थकर हुन्छ । अधिकतरको घरमा त्यो फ्रिज पनि नहुने हुँदा एकै पटक धेरै मासु किन्नु भन्दा बरु बजारबाट आवश्यकतानुसार थोरै
परिमाणमा ल्याएर खाँदा राम्रो हुन्छ ।
चाडपर्वमा मादक पदार्थ सेवन गरेर अनि लङ्गुरबुर्जा, तास, जुवा खेलेर धेरैले जीवन बर्बाद पनि गरेका छन् । तर, सोच्नुपर्ने कुरा हो, एकछिनको रमाइलोले वर्षमा एकपटक आउने चाडको मस्ती हराउने मात्र नभइ जीवनभरलाई पीडादायक क्षण पनि बन्न सक्छ ।
त्यस्तै हामीले कम विचार गरेको एउटा सन्दर्भ छ, अक्षतामा प्रयोग हुने चामलको । दसैंमा नेपालीहरुले चामललाई अक्षताको रुपमा प्रयोग नगर्ने हो भने बर्सेनि हजारौं टन चामल जोगिन्थ्यो । त्यो चामलले भोकमरीको मारमा पर्ने हजारौं नेपालीलाई खान पुग्थ्यो । त्यसैले चामलको साटो अबिर मात्र लगाएर दसैंमा आशीर्वाद लिँदा केही बिग्रन्छ र ?
वर्षात् मौसमपछि बिहान अलि चिसो र पारिलो घाम लाग्न थालेसँगै दसैं नेपालीको घर–आँगनमा प्रवेश गरिसक्छ । पात्रोले केही भन्नै पर्दैन, स्कुल, कलेज बिदा हुनै पर्दैन । मौसमले नै दसै–तिहार आएको सङ्केत गर्छ, र सुरु हुन्छ युवाको मस्तराम चाड, दसैं अनि तिहार ।
| २०६८को तिहारमा मस्त देउसी खेल्दै सुनसरीका पत्रकार |
दसैंको लागि एक महिनाअघिदेखि नै किनमेल सुरु हुन्छ । साथीहरुसँग किनमेलको लागि निस्कने युवाहरुको पहिलो रोजाइ हुन्छ, नयाँ डिजाइनका लुगा र आकर्षक एसेसरिज । वर्षभरि किन्न मन लागेको लुगा, तथा सामान किन्न दसैं पर्खनैपर्ने बाध्यता धेरैको छ । अनि सबैले नयाँ लुगा लगाउने र मिठो खाने पर्व मान्ने गरेकोले पनि युवाहरु दसैंमा नयाँ लुगा त किन्नै पर्छ भन्छन् ।
दसैं बजारमा अधिकतर ग्राहक महिला, युवा र बालबालिका हुन्छन् । रङ्गीचङ्गी लुगाले मन तान्छ । प्रौढहरुको तुलनामा युवाहरु कम मोलमोलाइ गर्छन् । तर भनेजति दाम हालेर किनिएको लुगा गुणस्तरीय हुँदैन । त्यसैले चाड बजारमा पाइने लुगाको गुणस्तरमा समेत ध्यान दिनुपर्छ ।
यस्तै खानपानको सन्दर्भमा पनि ध्यान दिनैपर्ने केही कुरा छन् । पशु अधिकारकर्मीहरु दसैंमा दिइने बलिको विरोध गर्छन् । हुन पनि शास्त्रमा बलि दिनुपर्छ भनेर लेखिएको छैन, तर मांसाहारीहरु सप्तमी–अष्टमीको दिन पशुलाई काटेर एकादसीको दिनसम्म त्यही मासु पकाएर खान्छन् । मासु फ्रिजमा राख्दा पनि दुई दिन मात्रै स्वस्थकर हुन्छ । अधिकतरको घरमा त्यो फ्रिज पनि नहुने हुँदा एकै पटक धेरै मासु किन्नु भन्दा बरु बजारबाट आवश्यकतानुसार थोरै
परिमाणमा ल्याएर खाँदा राम्रो हुन्छ ।
चाडपर्वमा मादक पदार्थ सेवन गरेर अनि लङ्गुरबुर्जा, तास, जुवा खेलेर धेरैले जीवन बर्बाद पनि गरेका छन् । तर, सोच्नुपर्ने कुरा हो, एकछिनको रमाइलोले वर्षमा एकपटक आउने चाडको मस्ती हराउने मात्र नभइ जीवनभरलाई पीडादायक क्षण पनि बन्न सक्छ ।
त्यस्तै हामीले कम विचार गरेको एउटा सन्दर्भ छ, अक्षतामा प्रयोग हुने चामलको । दसैंमा नेपालीहरुले चामललाई अक्षताको रुपमा प्रयोग नगर्ने हो भने बर्सेनि हजारौं टन चामल जोगिन्थ्यो । त्यो चामलले भोकमरीको मारमा पर्ने हजारौं नेपालीलाई खान पुग्थ्यो । त्यसैले चामलको साटो अबिर मात्र लगाएर दसैंमा आशीर्वाद लिँदा केही बिग्रन्छ र ?
0 comments:
Speak up your mind
Tell us what you're thinking... !