सानैमा डाक्टर - College Times : Educational Magazine
Headlines News :
Home » » सानैमा डाक्टर

सानैमा डाक्टर

Written By Neplee on Friday, September 21, 2012 | 5:45 AM


मेडिएस्कट स्कुल अफ हेल्थ एन्ड साइन्सेसले मोरङको  दुलारी मा सञ्चालन प्रारम्भ गरेको अस्पतालले बालबालिकालाई स्वास्थ्यसम्बन्धी व्यावहारिक तालिम दिने उद्देश्यले लिटिल डाक्टरको अवधारणा अघि सारेको छ ।
सो अवधारणाअन्तर्गत प्रत्येक हप्ता शुक्रबार र शनिबार बालबालिकालाई विद्यालयबाहेकको समयमा अस्पतालमा ल्याएर नर्सिङ तालिम दिइने अस्पतालले जनाएको छ ।
स्थानीय बालबालिकालाई बिरामीको सेवा गर्ने व्यवहारिक सीप सिकाइनुका साथै सामान्य रोग तथा प्राथमिक उपचार विधिका बारेमा प्रशिक्षित गरिने अस्पताल निर्देशक श्यामसुन्दर मिश्रले बताए ।
अस्पतालले स्थानीय पाँच विद्यालयका २० बालबालिकामार्फत् सुरुवात गरिएको लिटिल डाक्टरको अवधारणालाई अभियानकै रुपमा जारी राख्ने योजना बनाएको छ ।
सात महिनासम्म, ६० दिनको अवधि रहने त्यस्तो विशेष कक्षाबाट बालबालिकाले व्यावहारिक रुपमै चिकित्सासम्बन्धी जानकारी लिन सक्ने र सिकेको कुरा गाउँ–घरमा लागू गर्न बालबालिकालाई प्रोत्साहित गरिने अस्पतालले जनाएको छ ।
स्कुल बिदा भएपछिको समयमा अस्पतालमा लिटिल डाक्टरको रुपमा काम गर्न पाएकोमा अत्यन्तै खुसी भएको विद्यार्थीहरु बताउँछन् ।
अस्पतालले अर्को वर्षबाट मेडिकल अध्यापनसमेत गराउने योजना बनाएको छ । सो अस्पतालले प्रारम्भमै २४ घन्टे इमर्जेन्सी सेवा, सिटी स्क्यान, आइसीयु, एनआइसीयुलगायतका सुविधा व्यवस्था गरेको छ ।
सञ्चालक केशव दाहालका अनुसार २० करोडको लागतमा बनेको सय शय्या क्षमताको सो अस्पतालले रोग निरोधात्मक तथा उपचारात्मक सेवालाई समुदायस्तरमा लान घुम्ती शिविर, बिमालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।
गुणस्तरीय र अत्याधुनिक सेवा
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका घाइतेको विशेष र द्रूत उपचारका लागि ट्रमा सेन्टरका रुपमा प्रयोग गर्न सकिने सो अस्पतालले घाइतेलाई तत्काल उद्दार गर्न पोर्टेबल भेन्टिलेटर, ब्लड बैंक, स्थलगत उपचार उपकरण र विशेषज्ञ डाक्टसहितको सुपर एम्बुलेन्स सेवा सुरु गरेको छ ।
त्यस्तो सुपर एम्बुलेन्सले राजमार्गका बढी दुर्घटना हुने स्थल, आन्दोलनका केन्द्र, विरोध प्रदर्शनस्थल तथा भिआइपी आवागमनको स्कर्ट (गस्ती) गर्ने सचालक तेजबहादुर ढकालले बताए ।
ढकालका अनुसार अस्पतालले परिसरमै हेलिप्याड पनि बनाइँदैछ । मेडिएस्कट अस्पतालले नेपालमै पहिलोपटक विशेषज्ञ डाक्टरसहितको एअर एम्बुलेन्स सेवासमेत सञ्चालन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved