सरकारी तलब निजीमा लगानी - College Times : Educational Magazine
Headlines News :
Home » » सरकारी तलब निजीमा लगानी

सरकारी तलब निजीमा लगानी

Written By Neplee on Friday, September 21, 2012 | 5:47 AM


पूर्णकालीन प्राध्यापकहरुले निजी कलेजमा लगानी गर्न पाउ“दैनन् । तर, इटहरीस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापकहरुले निजी कलेज खोलेका मात्रै छैनन्, निजी कलेजको प्रिन्सिपल र सञ्चालक समितिको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । उमेश सुन्चेउरीको सोधिखोजी ः
इटहरीको एक मात्र सामुदायिक जनता बहुमुखी क्याम्पसका प्रमुख नारद उप्रेती इटहरीकै निजी क्याम्पस पाथिभरा उच्चमाविको लगानिकर्ताका साथै सञ्चालक समितिका अध्यक्ष छन् ।
पूर्णकालीन प्राध्यापक युवराज सिटौला पिस जोन उच्चमाविका प्रिन्सिपल छन् भने अर्का पूर्णकालीन प्राध्यापक वेणु सिटौला पाथिभरा उच्चमाविका प्रिन्सिपल समेत हुन् । जनता क्याम्पसका शिक्षा सङ्काय प्रमुख टोलनाथ काफ्ले कोसी सेन्टजेम्स उच्चमाविको समेत विभागीय प्रमुख रहेका छन् । यस्तै विराटनगरको एक निजी क्याम्पसमा निलम चौलागाईको लगानी छ ।
क्याम्पसका अन्य पूर्णकालीन प्राध्यापकहरुको पनि इटहरीका अन्य निजी कलेजहरुमा लगानी छ । (बक्स) यसरी निजी कलेजमा लगानी भएका अधिकतर पूर्णकालीन प्राध्यापकहरु जनता क्याम्पसमा स्थायी भइसकेका छन् र केही हुने क्रममा छन् । स्थायी प्राध्यापकको सेवा–सुविधा लिँदै निजी कलेजमा लगानी गर्ने प्रवृत्तिले जनता बहुमुखी क्याम्पसको शैक्षिक स्तर भने खस्कँदो छ । क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि प्राध्यापकहरुले भने कुनै पहल गरेको देखिँदैन ।
सामुदायिक क्याम्पस धरासायी बने विद्यार्थी महंगो शुल्क तिरेर भए पनि आफूले लगानी गरेको निजी कलेजमा पढ्न बाध्य हुन्छन् भन्ने मनोविज्ञानका कारण प्राध्यापकहरु क्याम्पसको शैक्षिक सुधारका लागि उदासिन  रहेको अनेरास्ववियू (क्रान्तिकारी)का नेता सीताराम घिमिरे ठोकुवा गर्छन् ।
क्याम्पसमा राम्रो गर्ने जेहेन्दार विद्यार्थीहरुलाई निजी क्याम्पसका सञ्चालक तथा प्राध्यापकहरुले छुटको प्रलोभन देखाएर आफ्नो क्याम्पसमा लाने गरेको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति रमेश पोख्रेलले बताए । ‘आफ्नो लगानी
रहेको कलेजमा शैक्षिकस्तर सुधारका लागि साप्ताहिक, मासिक र नियमित टेस्ट लिन्छन्,’ पोख्रेलले भने, ‘तर, तिनै प्राध्यापकहरुले जनता क्याम्पसका विद्यार्थीहरुको शैक्षिकस्तरका बारेमा कहिले पनि मूल्याङ्कन गर्दैनन् ।’
नयाँ शैक्षिक सत्रको समयमा जनता क्याम्पसमा कार्यरत निजी क्याम्पसका लगानीकर्ता प्राध्यापकहरुले आफ्नो क्याम्पसका लागि घर–घरमा गएर विद्यार्थी तान्ने गरे पनि जनता क्याम्पसका लागि भने कुनै प्राध्यापकले चासो
राखेको पाइँदैन ।
सरकारी क्याम्पसलाई प्राध्यापकहरुले तलब थाप्ने र अनुभव हासिल गर्ने थलोका रुपमा मात्र प्रयोग गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । जनता क्याम्पसमा एक–दुई वर्ष पढाएर अनुभव हासिल गरी निजी कलेजतर्फ जाने हुँदा जनता क्याम्पसमा अनुभवी प्राध्यापकहरुको कमी हँुदै गएको छ ।
जनतामा विशेषगरी पूर्वी पहाडका विभिन्न जिल्लाबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न यस क्याम्पसमा आउने गरेका छन् । आफ्नै प्राध्यापकहरुका कारण क्याम्पस धरासायी बन्दै गए पनि क्याम्पस सञ्चालक समिति भने यो विषयमा मौन देखिएको छ ।
निजी शैक्षिक संस्था र लगानी गर्ने क्याम्पसका शिक्षकहरु :
नर्थ प्वाइन्ट उमावि – राजन भट्टराई
विश्व आदर्श कलेज – पोषराज नेपाल
सुष्मा कलेज – विष्णुमाया शर्मा
कस्तुरी कलेज – सावित्रा पौडेल
गोदावरी उमावि – केवलप्रसाद फुयल
पिसजोन उमावि – पिताम्बर राई र विष्णु भट्टराई
लर्ड बुद्ध उमावि झुम्का – रविन बराल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved