साइबर सेक्स - College Times : Educational Magazine
Headlines News :
Home » » साइबर सेक्स

साइबर सेक्स

Written By Neplee on Friday, August 17, 2012 | 7:15 PM

‘हाई ! के छ ?’
‘ठिकै छ ...’
‘के तिमीलाई सेक्स मन पर्छ ...?’
साइबरको म्यासेन्जर बक्समा एक तेस्रोलिङ्गीलाई आएको म्यासेज हो यो । साइबरमा अधिक समय बस्ने उनी चारैतिरबाट यस्ता म्यासेज आउँदा हैरान हुन्छिन् । छ वर्षदेखि साइबर जाने बानी भएकी उनी याहु म्यासेन्जरमा च्याटमा भुल्न मन पराउँछिन् । तर, यस्ता म्यासेजहरूले गर्दा अचेल च्याटमा बस्न मन लाग्न छाडेको उनी बताउँछिन् ।
‘नेपालमा तेस्रोलिङ्गीहरूलाई छक्का या हिजडा भनेर गिज्याउने गरे पनि अफ्रिका, अमेरिका, थाइल्याण्ड र बेलायतका तेस्रोलिङ्गीसँग कुरा गर्दा, साथी खोज्दा देउता पाएजस्तै हुन्छ,’ दमककी तेस्रोलिङ्गी प्रियङ्का चक्रवर्तीले भनिन्, ‘तर पहिचान खुल्दा अन्य मानिसले जनाउने प्रतिक्रियाले दिक्क हुन्छु ।’ चार घन्टा साइबर बसाइमा अधिकांश समय युवाहरूको यौनजन्य शब्दले उनलाई हैरान बनाउँछ । ‘समाजमा हामीलाई खुल्ल असहज भएका बेला साइबरमा सजिलै खुल्थ्यौ,’ उनी भन्छिन्, ‘साइवर प्रवेश गर्नु आफैंमा नराम्रो नभए पनि प्रयोग गर्नेहरूले नै यसको दुरूपयोग गर्दा हामीजस्ता प्रयोगकर्तालाई असहज हुन्छ ।’
सूचना प्रविधिको विकास र इन्टरनेटको बढ्दो प्रयोगसँगै अपराध र विकृतिहरू मैलाउँदो छ । नेपालमा सूचनाप्रविधिको विकाससँगै सहरका गल्ली–गल्लीमा खोलिएका साइबर र इन्टरनेटमा हुने यौन गतिविधिका कारण इन्टरनेटका प्रयोगकर्ताहरू समस्यामा पर्ने गरेका छन् ।
सहरी विकाससँगै तीव्ररूपमा फैलिएको साइबरमा यौनधन्दासमेत हुने गरेको तथ्य सार्वजनिक भइरहेका छन् । साइबरबाट अन्य प्रयोगकर्तालाई अश्लील शब्द प्रयोग गरी बोलाउने र अश्लील तस्बिर र शब्द पठाउने युवा–युवतीको फ्रड ग्याङ हुने गरेको एक साइबर सञ्चालक बताउँछन् । उनीहरूको काम नै अश्लील ििभडयो र फोटोहरू ट्याग गरिदिने हुन्छ । यस्ता व्यक्तिहरूका कारण प्रयोगकर्ताले अनावश्यक तनावसमेत भोग्नुपर्ने हुन्छ ।
पछिल्लो समयमा धेरैले प्रयोग गर्ने फेसबुकमा अश्लील ििभडओ तथा फोटोहरू ट्याग गरिदिने कारणले केही मानिसहरू त फेसबुक खोल्नैसमेत डराउँछन् । धरानकी सङ्गीता तामाङ फेसबुकमा भेटिने ििभडओ र फोटोहरूका कारण हैरान छिन् । उनले फेसबुक आइडीमा कसैले अश्लील ििभडओ ट्याग गरेकै कारण आफन्तहरूको गाली र प्रश्नको सामना गर्नुपरेको सुनाइन् । आप्mनो गल्ती नै नभए पनि अरूको कारणले समेत तनावमा पर्नुपरेको उनी बताउँछिन् ।
यता, इटहरीका पत्रकार प्रेम बाँस्तोलाले केही समयअघि एकै दिन धेरैको फोन कल उठाए । कसैले अश्लील तस्बिर आफ्नो वालमा ट्याग गरिदिएपछि उनलाई केहीले फेसबुकमै कस्तो फोटो हालेको भनेर गाली गरे भने केहीले फोन गरेर जानकारी दिए । अरूले नै ट्याग गरिदिएको नबुझ्ने मानिसहरूले नराम्रो सोच्ने गरेकाले त्यस्ता ट्यागबाट जोगिनु नै राम्रो उपाय भएको बताउँछन् । ‘इन्टरनेटको सुविधा नभएको समयमा कसैले अश्लील तस्बिर ट्याग गरिदियो भने त तुरुन्तै हटाउनसमेत सकिन्न,’ उनले भने, ‘फेक आइडी बनाएर त्यस्ता तस्बिर र ििभडयो पठाउनेहरूलाई फ्रेन्ड लिस्टबाट हटाउनु नै राम्रो उपाय हो ।’
साइबर विकृति फैलिनुका पछि युवा–युवतीमा बढ्दो यौन गतिविधि र अश्लील साइटहरूमा भुल्ने प्रवृत्ति प्रमुख कारण हो भन्न सकिन्छ । साइबरमा सिर्जनात्मक काम गर्नुभन्दा पनि यौनजन्य सामग्री खोज्ने र अश्लील चित्र, ििभडयोहरू हेर्ने बानी युवाहरूमा विकास हुँदै गएको छ । धरानकी एक साइबर सञ्चालिका भन्छिन्, ‘कति युवतीहरू आएर अश्लील साइटहरू खोलिदिन आग्रह गर्छन्, तर हामीलाई त्यस्ता साइटहरू खोलिदिन असहज हुन्छ ।’ युवा–युवतीहरू विशेषगरी ििभडयो च्याट गर्न, फेसबुक,  मिग र ट्वीटर प्रयोगका लागि साइबर छिर्छन् भने प्रायःले यौनजन्य वेबसाइटसमेत खोलेका हुन्छन् ।
साइबर सञ्चालकहरूको अनुभवमा युवतीभन्दा पनि युवाहरूमा विशेषगरी अश्लील साइट हेर्नेको सङ्ख्या धेरै हुने गरेका छन् । धरानका साइबर सञ्चालक टेकराज चोगबागका अनुसार कम्युटरमा दखल हुने र भर्खरै सिक्दै गरेकाहरूले पनि पत्रपत्रिकाबाट हेरेर त्यस्ता साइटहरू खोलेर बस्ने गरेका हुन्छन् ।
च्याटको माध्यमबाट पनि अरूलाई अश्लील कुरा गर्ने बानी बसेका त्यस्ता फ्रडहरूमा गाउँका भन्दा सहरका युवा–युवती बढी हुनेगरेको उनको अनुभव छ । सबैभन्दा बढी प्रयोग हुने मिग पनि पछिल्लो समय अश्लील गतिविधिका लागि दुरुपयोग हुनथालेको उनी बताउँछन् । मिगमा बढी सेक्सका कुरा हुने, त्यसमा पनि विद्यालयस्तरका युवा–युवतीको बढी संलग्नता हुने गरेको छ । मिगको कारणले पढाइलाईसमेत असर पार्ने र एकाग्र बनाउने समस्या हुने गरे पनि स्कुले युवायुवतीमा मिग क्रेज बढ्दो रुपमा रहेको छ ।
साइबरमा बस्नेहरूले केटा वा केटी जसलाई पनि अश्लील फोटो ट्याग गर्ने कारणले पछिल्लो कालमा फेसबुक, स्काइप, ट्वीटरसमेत घातक बन्दै गएका छन् । साइबरमा हुने यस्ताखालका अपराधलाई रोक्न कानुन बनेपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा सहजै अपराधीहरू उम्किन्छन् ।
नेपालको कानुनले सामाजिक सञ्जाल तथा इन्टरनेटबाट यौन अपराध गर्नेलाई साइबर अपराधअन्तर्गत एकदेखि पाँच वर्ष जेलसजाय र जरिवानाको व्यवस्था गरेको छ । आफू इन्टरनेटमा कसैबाट सताइएको उजुरी प्रहरी कार्यालयमा दिएमा प्रहरीले सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर छानविन गर्न सक्छ । त्यसैले इन्टरनेटको दुरूपयोग नगरी सदुपयोग गर्नुपर्छ । यदि कसैले अश्लील हर्कत गरेर तनाव दिइहाल्यो भने उजुरी गरी कारवाही गराउन सकिन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved