विद्यार्थीमा धुमपानको चिन्ताजनक उपस्थिति (सम्पादकीय भदौ) - College Times : Educational Magazine
Headlines News :
Home » » विद्यार्थीमा धुमपानको चिन्ताजनक उपस्थिति (सम्पादकीय भदौ)

विद्यार्थीमा धुमपानको चिन्ताजनक उपस्थिति (सम्पादकीय भदौ)

Written By Neplee on Friday, August 17, 2012 | 7:16 PM

नेपालमा विद्यालय तहदेखि नै किशोर–किशोरीमा सूर्तीबाट बनेका पदार्थको प्रयोग थाल्ने प्रवृत्ति बढ्न थालेको समाचार हालै सार्वजनिक भएपछि त्यसले अभिभावक र शिक्षाका सहजकर्ताहरुलाई चिन्तत बनाएको छ । मुलुकका ३१ जिल्लाका ५० विद्यालयमा अध्ययनरत १३ देखि १५ वर्ष उमेर समूहका किशोर–किशोरीमा गरिएको सर्भेक्षणमा स्कुल जीवनमै धुमपान गर्ने प्रवृत्ति बढेको देखिएको हो । सो सार्वजनिकीकरणअनुसार उक्त उमेर समूहका २० दशमलव चार प्रतिशत युवा धुमपानको लतमा फसिसकेका छन् ।
प्रत्येक चार वर्षमा हुने ग्लोबल युथ टोबाको सर्भेमा सन् २००७ मा यो उमेर समूहका आठ प्रतिशतले सूर्तीबाट बनेका वस्तुहरु सेवन गर्थे र तीमध्ये ११ दशमलव एक प्रतिशत किशोर तथा चार दशमलव चार प्रतिशत किशोरी
रहेकोे पाइएको थियो । पछिल्लो नतिजाअनुसार २४ दशमलव छ प्रतिशत किशोर र सोह्र दशमलव चार प्रतिशत किशोरी कुनै न कुनै रुपमा सूर्तीबाट बनेका पदार्थकोे कुलतमा फसेका छन् । चार वर्षअघिको तुलनामा अहिले धुमपान प्रयोगकर्ता विद्यार्थीको सङ्ख्यामा तीन गुनाले वृद्धि भएको छ । सूर्तीबाट बनेका सामग्री प्रयोग गर्ने युवामध्ये करिब चार प्रतिशत चुरोट, १९ प्रतिशत चुरोट बाहेकका उत्पादन, तीन दशमलव तीन प्रतिशत बि“डी र १६ प्रतिशतले खैनी, जर्दा, गुट्का, पान मसला आदि जे पाए पनि खाने गरेका छन् ।
साथीभाइस“गको प्रभाव, जिज्ञासु प्रवृत्ति र भ्रमका कारण किशोर–किशोरीमा धुमपान प्रयोगको कुलत बढेको मनोचिकित्सकहरु बताउ“छन् । कथित तनावमुक्ति हुने र आनन्द पाइने बहानामा धुमपान थाल्ने किशोर–किशोरीहरु पछि छोड्नै नसक्ने अवस्थामा पुग्ने चिकित्सकहरुको भनाइ छ । त्यस्ता किशोर–किशोरीहरु पछि मात्रा बढाउ“दै लगेर दुव्र्यसनी भएका र असमयमै उनीहरुको जीवन बर्बाद भएका थुप्रै घटना देखिएका छन् । हालै सार्वजनिक भएको लाजमर्दो वृद्धि तथ्याङ्कले धुमपान सामाजिक समस्या र अपराध बन्दै गएको हु“दा यसलाई राष्ट्र तथा समाजका सरोकारवालाहरुले गम्भीरतापूर्वक लिनुपर्ने देखाएको छ । मिडियाले पनि यसबारे निरन्तर सार्वजनिक बहसका लागि विशेष सहजीकरण गर्नुपर्ने खा“चो देखिएको छ । किनकि सञ्चारमाध्यमका कारण सामाजिक अन्तक्र्रिया र चासो बढ्दै गए पनि किशोर–किशोरीले त्यसलाई सकारात्मक प्रयोग गर्न नसकेको र धुमपानको समस्याले भयावह रुप लि“दै गएको चिन्ता सार्वजनिक भएको छ ।
सामान्यतया युवाहरुलाई आमाबाबु, छरछिमेकका अभिभावक, प्रतिष्ठित व्यक्ति, चलचित्रका पात्रको अनुकरणले धुमपानतर्फ आकर्षित गरिरहेको हुन्छ । जिज्ञासु र सिर्जनशील उमेर समूहका युवाहरु धुमपानको कुलतमा फस्दै जानु मुलुकको अस्वस्थ भविष्यको सङ्केत हो । युवालाई धुमपानलगायतका कुतलबाट बचाउनु सामाजिक चुनौती बनेकोे छ । सोही सर्भेक्षणले विद्यालय तहमा २१ प्रतिशत शिक्षक र कर्मचारीले सूर्तीबाट बनेका पदार्थ प्रयोग गर्ने देखाएको छ । यसले पनि विद्यार्थीलाई कुलतबाट टाढा राख्ने अभियानमा समस्या थपिदिएको छ । त्यसो त मुलुकमा विद्यालय तथा कलेज वरपरका क्षेत्रमा र १८ वर्षभन्दा कम उमेरकालाई सूर्तीबाट बनेका पदार्थ बिक्री गर्न नपाइने कानुन बनाइएको छ । तर, कानुन कागजमा मात्र सीमित भएकाले हाम्रा भविष्यका कर्णधारहरु धु“वाको अ“ध्यारोमा हराएका छन् । तिनलाई कुलतको दलदलबाट बाहिर ल्याउन अभिभावकपुस्ताको व्यवहार परिवर्तन र हस्तक्षेप आवश्यक छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved