दृश्यमा एघार–बाह्र कक्षा पढ्ने उमेरका दुई केटी छन् । केन्द्रमा पिकनिकस्पटको सेड, दिउँसोको समय र खुला वातावरण छ । दुवै केटीहरू समलिङ्गीजस्तो छाडा व्यवहार मञ्चन गरिरहेका छन् । लुगा खोल्ने, स्तन दाब्ने, सम्भोग–आसन देखाउनेलगायतका हर्कतहरू निकै बेर चल्छ । प्रस्तुत टु एक्स दृश्य र थ्री एक्स संवाद मोवाइलमार्फत् खिच्ने अर्की केटी साथी पनि छ । ती यौनकर्मी, सामान्य घरका केटी वा इटहरी क्षेत्रकै कुनै नाम चलेका कलेजका विद्यार्थी अर्थात् जो पनि हुन सक्छन् । स्थानीय एक अखबारले त्यो दृश्य तालतलैयामा खिचिएको भन्दै समाचार प्रकाशित ग¥यो । पत्रकारको प्रस्तुतिप्रति स्थानीयहरु निकै आक्रोशित भए । खण्डन–मण्डन चल्यो । तर, त्यो दृश्यमा प्रयोग भएका केटीको उमेर, उपयोग गरिएको ग्याजेट र ममोरीकार्डको ‘मिस युज’ भएकोप्रति कसैले खण्डन गर्न सकेनन् । छोरीहरूको ‘छाडा’ गतिविधि देखेर स्थानीयले लाजले शिर निहुराए ।मोवाइल तथा क्यामेरामा हुने मेमोरीकार्ड वा चिप्सको दुरूपयोग गर्दै किशोरवयमा यौन दृश्य खिचिएको र सार्वजनिक भएको घटनाको यो एक मात्र उदाहरण होइन । गायक प्रकाश ओझाको यौन शोषणमा परेकी इटहरीकी ज्योति अर्थात् जेसिका खड्काले पछि आत्महत्याको नियति बेहोर्नुप¥यो । प्रविधि दुरूपयोगको त्यो एउटा बिर्सनलायक घटना थियो ।
इनरुवा गुद्री बजारकी पोदार थरकी एक किशोरीले इटहरीको एउटा लजमा आएर ब्वाइफ्रेन्डसँग थ्रीएक्स व्यवहार गरेको दृश्य मोवाइलको मेमोरीकार्डमा सहजै उपलब्ध छ । बाइट हेर्दा थाहा हुन्छ, मोवाइलमार्फत् ििभडयो खिच्न र मेमोरीमा सेभ गर्न ती किशोरीलाई कुनै आपत्ति छैन ।
इनरुवाकै एक किशोर मोवाइल हातमा नहुँदा बेहोस हुने र मोवाइल हुँदा सामान्य हुने रोगले ग्रस्त भए । यसअघि कहिले नदेखेको रोग देखेर चिकित्सकहरू विस्मित बने । मोफसलका चिकित्सक हार खाएपछि चौधरी थरका ती छात्रलाई राजधानीकै मनोविमर्शकर्तासम्म नपु¥याई भएन । अभिभावकको ७० हजार खर्च भयो । अहिले ती छात्र काठमाडांैमा १२ कक्षा पढ्दै छन् । घटना उनी ११ कक्षामा पढ्दाको हो । मोवाइल च्याटमा कुनै केटीसँग लभ परेछ । दिउँसो पनि मिग, फेसबुक, राती पनि सिरकभित्रसमेत मायालुसँग च्याट हुँदाहुँदै खान, पिउन, पढ्न छोडेर ती छात्र असामान्य भएका रहेछन् ।
इनरुवा–६ का शर्मा थरका एक विद्यार्थीका ब्यागमा शिक्षकले नीलो सिनेमाको सिडी फेला पारे । कक्षा ७ मा पढ्ने ती छात्रलाई एउटा अर्को साथीले त्यस्ता सिडी ल्याइदिने र घर पुगेपछि भ्mयाल–ढोका बन्द गरेर म्युट मोडमा टिभीमा हेर्ने बानी नै बनिसकेको रहेछ । शिक्षकले थाहा पाएपछि अभिभावकसँग सल्लाह गरे । अभिभावकले त्यसलाई गम्भीर रूपमा लिँदै ती छात्रलाई सकेसम्म एकान्तमा बस्ने र एक्लै बसेर टिभी हेर्न नदिने वातावरण बनाउन थाले । बिस्तारै ती छात्रमा सकारात्मक परिवर्तन आउन थाल्यो ।
उता, जसले त्यो सिडी उपलब्ध गराउँदै आएका थिए, ती छात्रका बाबुआमा आसामतिर छन् । ती छात्र यहाँ काकाकोमा बसेर पढ्दै आएका थिए । शिक्षकले उनको बानीबारे अवगत गराउँदा स्थानीय अभिभावक काकाले निकै आपत्ति गरे । आप्mनो भतिजा ‘सोझो’ भएको ठान्ने काकाले आफ्नो परिवारलाई कसैले बदनाम गराउन झुठो आरोप लगाएको भन्दै प्रतिवाद गरे । अभिभावकले प्रतिवाद गरे पनि ती छात्र राम्रो अङ्कसहित आठ कक्षा जान सकेनन् । छोराले पढाइभन्दा बढी मन अन्तै लगाएको थाहा पाएपछि अहिले बाबुआमाले ती छात्रलाई आसाम नै लगेका छन् ।
मोरङको एक प्राविधिक विद्यालयमा विज्ञान पढाउने शिक्षिका कक्षामा खासगरी केटा विद्यार्थीले मोवाइल ल्याउने र पछाडि बसेर कि साथीहरूलाई मिसकल गर्ने कि मिगको स्कोर तथा च्याटमा भुलिने गरेको देखेर दिक्क छिन् । उनका अनुसार विद्यार्थीहरू मिगमार्फत् पैसाको कारोबार गर्न पल्केका हुँदा रहेछन् । १८ लेभल, २० लेभल, २४ लेभल भन्दै पैसामा लेभल किनबेच हुँदो रहेछ । भनिन्छ, मिगमा एकजनाले दैनिक कम्तीमा पनि ५० रूपैयाँको कारोबार गर्छन् ।
एकदिन ती शिक्ष्ािकाका कक्षा ८ पढ्ने छोराले एक हजार पाँच सय रूपैयाँ मागेछन् । किन ? भनी सोध्दा साथीहरूसँग स्कोर किन्न भनेछन् । त्यसपछि उनले पढ्ने उमेरमा विद्यार्थी पढ्न छोडेर मिगमार्फत् पैसा कमाउने र गुमाउने धन्दामा लागेको रहस्य थाहा पाइन् । स्कोर किन्नुभन्दा बरु त्यो पैसाले लुगा किन्नु राम्रो भनेर फकाउँदै ती शिक्षिकाले छोरालाई सम्झाएकी थिइन् ।
शिक्षक दिनेश पौडेलले कक्षा सातमा पढ्ने राई थरका एक छात्रले बाल यौन दुराचारसम्बन्धी सिडी ल्याएको फेला पारे । त्यो सिडी कम्प्युटरमार्फत् कपी गर्ने र साथीलाई सेयर गर्ने काम हुँदै रहेछ । पौडेलले सम्झाई–बुझाई घटनालाई नियन्त्रणमा लिए । गाउँकै एक दांैतरीबाट त्यो सिडी प्राप्त भएको रहेछ । हालै एसलएलसी राम्रै अङ्कले उत्तीर्ण गरेका ती छात्र कक्षा सातमा भने निकै कमजोर रहेका थिए ।
नीलो सिनेमाका सिडी हेर्ने, नेटमा अश्लील साइटमा अलमलिने कमजोर विद्यार्थीहरूको एउटा समूह नै फेला परेको थियो त्यो बेला । घटना समयमै जानकारीमा आएकाले सहजीकरण तथा हानी न्यूनीकरण गर्न सम्भव भएको शिक्षक पौडेलको अनुभव छ । त्यो घटनालाई न्यूनीकरण गर्न सकिए पनि बजारमा सहजै उपलब्ध हुने सिडी तथा अश्लील साइटहरूले यस्ता अनेकौं समस्या फेला परिरहने शिक्षकहरू बताउँछन् ।
पिसजोन उच्चमाविमा कक्षा नौमा पढ्ने राई थरका एक छात्र दुई–तीन महिनाको अवधिमा पढाइमा निकै कमजोर हुन थाले । एकाएक उनको व्यवहारमा आएको नकारात्मक लक्षणले अभिभावक र शिक्षकलाई चिन्तित बनायो । बुबा लाहुरमा भएका ती छात्रको आमासँग शिक्षकले अन्तक्र्रिया गरे । बाबुले ल्यापटप पठाइदिएपछि ती छात्रको व्यवहारमा परिवर्तन आएको रहेछ । विद्यालयबाट घरमा गयो कि ल्यापटप खोल्ने र घरकै एकान्तमा वा छतमा गएर घन्टौं बस्दा रहेछन् । आमा आएको देख्नेबित्तिकै ल्यापटपलाई ‘हाइवरनेट’ गर्दा रहेछन् । शिक्षकले आमालाई ल्यापटपमा नेटले कसरी काम गर्छ र केही बेरअघि हेरिएको साइट कसरी पत्ता लगाउने भन्ने तरिका सिकाइदिए छन् । त्यसपछि आमाले छोरा स्कुल गएको मौका पारेर ल्यापटपबाट शिक्षकले बताएअनुसारले छोराले हेर्ने साइट खोजेर पत्ता लगाइछन् । केही दिनपछि छोराको बानीबारे शिक्षकले सोध्दा आमाको प्रतिक्रिया थियो रे, ‘बजिया त तन्नेरी पो भएछ !’
शिक्षकहरूका अनुसार अभिभावकमार्फत् घटना बाहिर आएपछि समस्या न्यूनीकरण गर्न सजिलो भयो । शिक्षक र आमाले आप्mनो व्यवहारबारे ‘जासुसी’ गरिरहेको थाहा पाएपछि बिस्तारै ती छात्र सतर्क भएछन् । मोवाइल र ल्यापटप लिएर एकान्तमा जाने उनको बानीमा आमाले नै हस्तक्षेप गरेपछि उनलाई सुध्रिन करै लाग्यो । पछि राम्रै अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरेका उनी अहिले ११ कक्षामा पढ्दैछन् ।
०००
विष्णु मेमोरियल उच्च मावि धरानमा कक्षा ६ अध्ययनरत १२ वर्षीया सृष्टि रानाभाटले आत्महत्या गरिन् । एउटी बालिकाको आत्महत्याप्रति स्वाभाविक रूपमा सबैको चासो केन्द्रित भयो । आत्महत्याको कारण जान्न सबै उत्सुक भए ।
घटनाको चार दिनअघि अर्थात् २०६७ फागुन १२ गते बिहीबार विद्यालयका शिक्षक अजय शर्माले सृष्टिकै एकजना साथी ‘ए’को झोलाबाट एउटा सिडी फेला पारेका थिए । उक्त सिडी अश्लील चलचित्रको भएको थाहा पाएपछि शिक्षकले ‘ए’लाई केरकार गरे । त्यसक्रममा उक्त सिडी सृष्टिको भएको तथ्य खुलेपछि शिक्षक अजयले अन्य दुई छात्रासहित चार जनालाई यस्तो सिडी आइन्दा विद्यालयमा नल्याउन सम्झाए । त्यसै रात बिहान सृष्टिले आत्महत्या गरिन् ।
बाल मनोविज्ञानलाई ख्यालै नगरी शिक्षकले मानसिक यातना दिएको र त्यसैको प्रभावले सृष्टिले आत्महत्या गरेको आरोप लागेपछि प्रहरीले अजयलाई नियन्त्रणमा लियो । विवाद बढ्दै गएर अप्रिय मोड लिने सम्भावना देखिएपछि स्थानीय टोल सुधार समितिको सक्रियतामा सर्वपक्षीय भेला बोलाएर जनसरोकार मञ्चका अध्यक्ष कृष्णनारायण पलिखेको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरियो । बालिकालाई आत्महत्याका लागि उत्प्रेरित गर्ने कारण पत्ता लगाउनु, घटना दोहोरिन नदिन सरोकारवालाहरूलाई सुझाव दिनु समितिको उद्देश्य थियो । समितिले सृष्टिका अभिभावक, साथी–सङ्गी, शिक्षक, प्रहरी तथा अरू सरोकारवालासँग जानकारी लियो । बीपी प्रतिष्ठानका मनोरोग विभाग प्रमुख प्रा.डा. प्रमोद स्याङ्बा र धरान नगरपालिकाका कानुनी सल्लाहकार शिव भण्डारीसम्म पनि समिति पुग्यो ।
घटना हुनुभन्दा अघिल्लो रात फागुन १५ गते सृष्टिले खानामा रुचि देखाइनन् । थोरै खाना खाएर कोठामा गएपछि भित्रबाट चुकुल लगाएकी थिइन् । सधैं बिहान ५ बजे उठेर ट्युसन जान तयारी गर्नुपर्ने हुँदा ढोकामा चुकुल लगाएर सुत्ने सृष्टिको बानी थिएन । त्यो दिन छोरीले चुकुल लगाएको थाहा पाए पनि बाबुआमाले अनपेक्षित घटना हुन लागेको भेउ पाएनन् ।
विद्यार्थीको झोला जाँच गर्दा ‘ए’को झोलाबाट गेमको खोल भएको सिडी फेला परेपछि वार्षिक परीक्षा नजिकिएको बेला गेम खेल्न नहुने भन्दै शिक्षक शर्माले त्यो सिडी लिएका थिए । भोलिपल्ट अर्थात् फागुन १३ गते शुक्रबार कक्षा ६ कै एक छात्रले ‘सरले त ब्लु फिल्मको सिडी भेट्नुभएको छ रे ! ब्लु फिल्म भनेको के हो सर ?’ भनेर सोधेपछि शर्मा छक्क परे । नभन्दै घरमा लगेर हेर्दा त त्यो अश्लील सिनेमाको सिडी रहेछ । आइतबार स्कुल खुलेपछि शिक्षकले सोधीखोजी गर्दा सो सिडी आप्mनो भएको सृष्टिले स्वीकार गरिन् । गेमकै सिडी भनेर भूलवश सो सिडी बोकेको उनको तर्क थियो ।
त्यसपछि शिक्षकले आइन्दा यसप्रकारका सिडी विद्यालय नल्याउन भन्दै कक्षामा भएका सबै विद्यार्थीका अभिभावकको फोन नम्बर पनि लिए । यसबारे अभिभावकलाई जानकारी दिने बताए पनि शिक्षक शर्माले विद्यालय प्रशासन र सृष्टिका अभिभावकलाई कुनै जानकारी दिएनन् । केही शिक्षक साथीको सल्लाहमा घटनाबारे कसैलाई जानकारी नगराएको र आफैंले व्यवस्थापन गर्ने प्रयास गरेको शर्माको भनाइ छ ।
छानविन समितिको प्रतिवेदन अनुसार त्यो दिन १० मिनेट जति केरकार गरेपछि सृष्टि र साथीहरू आँखा पिलपिल पार्दै बाहिर निस्केका थिए । सृष्टिले आइतबार नै साथीहरूलाई चकलेट, पेन्सिल र जिओमेट्री बक्ससमेत बाँडेकी थिइन् । बिहीबार ‘ए’को झोलामा सिडी फेला परेदेखि नै उनी मानसिक रूपमा विचलित थिइन् । छोरीलाई केही उदास देखेपछि उनलाई खुसी पार्न अभिभावकले धरान–९ स्थित रमाइलो दोहोरी पनि लगेका थिए । तर, कसैले उनको मन जीवनको वास्तविकतातर्फ फर्काउन सकेनन् । र, कथित बदनामी हुने मनोवैज्ञानिक भय बढ्दै गएर आत्महत्यासम्म पुग्यो । साथीहरूलाई चकलेट बाँडेकै रात सृष्टिले सबैसँग सधैंका लागि बिदा लिइन् । विद्यालय, साथीभाइ, परिवार, आफन्त, समाज सबैलाई सधैंका लागि शोकमा डुबाइन् ।
०००
सृष्टि आत्महत्या प्रकरणमा छानविन समितिले हाम्रो समाज, विद्यालय र घरपरिवारको वातवारण बालमैत्री, खास गरेर यौन जिज्ञासामैत्री नभएको गम्भीर सवाल उठाएको छ । प्रतिवेदनमा भनिएको छ, सृष्टिको आत्महत्यामा हाम्रो समाज र शैक्षिक संरचनालाई पनि दोषी मान्न सकिन्छ । सङ्क्रमणकालीन मोडमा रहेको हाम्रो समाज एकातिर आधुनिकतातर्फ उन्मुख छ भने अर्कोतर्फ हामी आप्mना परम्परागत, सोच, संस्कार र अवधारणा छोड्न सकिरहेका छैनौं । सूचना र सञ्चारमा बढेको पहुँचले युवापुस्ता यौन तथा यौनिकता, फेसन र संस्कारमा उदार भएका छन् भने समाजले यी कुरामा संकुचित धारणा राख्ने गरेको छ । आजको प्रतिस्पर्धी समाजमा अभिभावकहरू पैसा तथा प्रतिष्ठाका लागि एकोहोरो दौडिरहँदा परिवार र बच्चाहरूका लागि समय दिन नसकिरहेको अवस्थामा अभिभावक र बच्चाबीच एककिसिमको दूरी देखिन्छ । त्यसरी नै बच्चालाई प्रतिस्पर्धी बनाउन कडा अनुशासनलाई उच्चप्राथमिकता दिँदा बालमनोविज्ञानलाई हामी ख्याल गर्दैनौं, जसको कारणले पुस्तैनी खाडल (जेनेरेशन ग्याप) अझ फराकिलो भएको छ ।
‘सृष्टि आत्महत्या प्रकरण एउटा बिर्सनलायक भयानक घटना हो,’ छानविन समितिका सचिव, पत्रकार राजेश विद्रोही भन्छन्, ‘यो समाजका लागि एउटा चुनौती पनि हो ।’ विद्रोहीका अनुसार बालबालिका र किशोरकिशोरीहरू मार्फत् हाम्रै समाजका विकृतिहरू प्रतिविम्वित भइरहेका हुन्छन् । सम्भावित बद्नामीलाई झेल्नसक्ने सामथ्र्य जुटाउन नपाउँदा सृष्टिले त्यसबाट जोगिन आत्महत्याको बाटो रोजेको समितिका सदस्यहरूको बुझाइ छ । प्रतिवेदनमा लेखिएको छ, ‘यौनलाई अत्यन्तै वर्जित तथा हेर्न र गर्न नहुने वस्तुको रूपमा बुझाउँदा छात्रा सृष्टिको मनमा त्यसैको छाप परेकाले अश्लील सिडी शिक्षकले भेटेपछि अपराधबोधको भारीले थिचिएर अप्रिय निर्णय लिन बाध्य भएको देखिन्छ ।’
मनोचिकित्सक प्रा.डा. प्रमोद स्याङ्बाका अुनसार १२–१३ वर्षको उमेर अत्यन्तै संवेदनशील अवस्था हो । किशोरीहरू अझै बढी संवेदनशील हुन्छन् । वयस्क पनि नभइसकेका उनीहरू आपूmलाई बालबालिका पनि ठान्दैनन् । यस्तो उमेरमा तत्काल आएको समस्या कसरी हल गर्ने भन्ने सुझ–बुझ नहुँदा उनीहरू गलत निर्णय लिन पुग्छन् । निर्णयप्रक्रिया व्यक्तित्वको बनावटमा पनि भर पर्छ । डा. स्याङ्बा भन्छन्, ‘समस्यासँग जुध्न नसक्ने कमजोर मनोवल भएका बालबालिकाले हतारमा गलत निर्णय लिन्छन् ।’
सृष्टि आत्महत्या प्रकरण छानविन समितिले विद्यालयमा यौनसँग सम्बन्धित घटना तथा समस्या निराकरणका लागि काउन्सिलरको व्यवस्था गर्नुपर्ने, अभिभावक पनि बालमनोविज्ञानप्रति सचेत हुनुपर्ने, आचारसंहिता बनाएर त्यसको पालनका लागि बालाबालिकालाई प्रेरित गर्नुपर्ने लगायतका सुझाव दिएको छ । घटनालाई बूढी मरेको भन्दा पनि काल पल्किने खतरा उच्च रहेको सङ्केतका रूपमा बुझ्न उपयुक्त हुने समिति सदस्यहरूको धारणा छ ।
०००
सूचना प्रविधिको विकासले अन्य क्षेत्रमा जस्तै सकारात्मक सिकाइ प्रक्रियाका काम पनि सहज, सरल र सुविधाजनक हुनुपर्ने हो । ज्ञानको अथाह तथ्य भण्डारण गर्न सकिने सिडी तथा मेमोरी कार्डको बढ्दो नकारात्मक प्रयोग देखेर अभिभावकको चिन्ताको पारो निकै माथि चढेको छ । शिक्षक, विद्यालय सञ्चालक तथा अन्य सरोकारवालाको मन पनि चिन्ताको धमिरोले कुटुकुटु खाँदो छ । तर, घटनाहरू विशिष्टीकृत र सार्वजनिक गर्न समाज डराइरहेको छ । समाजको यो मनोदशा बुझेर वा नबुझेर अहिलेको पुस्ता यौनसम्बन्धी जिज्ञासाको बहानामा विकृतिको आहालमा रमाइरहेको छ ।
मेमोरी कार्डको दुरूपयोग एउटा सामाजिक रोगका रूपमा देखापरेको छ । चिकित्साविज्ञानमा एउटा चर्चित भनाइ छ, रोग लागेर उपचार गर्नुभन्दा रोगको बाटो नै छेक्नु बुद्धिमानी हुनेछ । सूचनाप्रविधिका सम्बन्धमा पनि यही नियम लागू हुन्छ । प्रविधि दुरूपयोगको समस्याको स्थिति पेट्रोलजस्तै हेर्दा सामान्यजस्तो देखिए पनि क्षणभरमै ठूलो क्षति हुने सम्भावना र जोखिमपूर्ण हुन्छ । तर, अधिकतर अभिभावक प्रविधिसँग जोडिएको जोखिमबारे बेखबर छन् ।
‘अभिभावक सकारात्मक र नकारात्मक दुवै धारणा भएका हुन्छन्,’ शिक्षक सरोज बराल भन्छन्, ‘घटना सार्वजनिक हुँदा कति त्यसलाई समस्या समाधानको उपयुक्त अवसर भन्ने ठान्छन्, कति यस्तो हुनै सक्दैन भनेर उल्टो खेद्न खोज्छन् ।’ बरालका अनुसार उल्टो खेद्न चाहने अभिभावकहरू केटाकेटीले प्रदर्शन गर्ने कृत्रिम सोझोपनको भ्रममा परेका हुन्छन् । उल्टो अर्थमा बुझ्ने प्रवृत्तिले पनि समस्या झन् जटिल बनिदिन्छ ।
मान्छेलाई सकारात्मक पक्षले भन्दा पनि नकारात्मकताले बढी आकर्षित गरिरहेको हुन्छ । युवाहरूको कुलत बनेको मोवाइलका हकमा पनि त्यही छ । ‘मोवाइल र यसको मेमोरी कार्डको क्षमताको १० प्रतिशत विद्यार्थीले सदुपयोग गरेका होलान् तर ९० प्रतिशतले दुरूपयोग नै गरिरहेका छन्,’ शिक्षक बराल भन्छन्, ‘बालबालिकालाई प्रविधिमैत्री बनाएर मात्र हुँदैन, त्यसको सकारात्मक प्रयोगका लागि सहजीकरण पनि गर्नुपर्छ ।’
अधिकतर अभिभावक छोराछोरीलाई मोवाइल दिँदा प्रतिष्ठा बढेको ठान्ने हुन्छन् । बरालको विचारमा यो साधन छोराछोरी कहाँ छन् भन्ने थाहा पाउन सामान्य सहयोगी हुन्छ । तर, के गर्दैछन् भन्ने थाहा पाउन गाह्रो छ । त्यसबाहेक टेलिफोनजस्तो बोल्नेबाहेक यसको प्रयोग अरू के–केमा हुन सक्छ ? अभिभावक र कतिपय शिक्षकलाई पनि थाहा छैन । मल्टीमिडियाका रूपमा रहेको मोवाइलभित्रका ‘अप्सन’हरू पहिचान र प्रयोग गर्ने सवालमा अभिभावकभन्दा केटाकेटीहरू निकै अगाडि हुन्छन् ।
‘म मोवाइलमा इन्टरनेट सेटिङ गर्न जान्दिनँ तर छोराछोरी जान्दछन्,’ नवज्योति विद्यालयका प्रिन्सिपलसमेत रहेका बराल भन्छन्, ‘छोराछोरी हामीभन्दा सिपालु हुनैपर्छ तर अभिभावक पनि त्यत्तिकै सचेत हुनु जरुरी छ ।’ छोराछोरीको गतिविधिप्रति चासो राख्नु, अति गर्न लागेको सङ्केत मिल्नासाथ सचेत गराउनु, अभिभावक बालमैत्री र सूचना–प्रविधिमैत्री हुनु जोखिम घटाउने केही उपाय भएको बराल बताउँछन् । उनी छोराछोरीको फेसबुक आइडीमा ‘फ्रेन्ड’ बनेका छन् भने बेलाबेलामा फोन, कम्प्युटरको ‘पासवर्ड’ सोधेर नजानिँदो पाराले मेमोरी कार्ड चेक गरिरहेका हुन्छन् । छोराछोरीसँग सकेसम्म बालमैत्री व्यवहार गर्न चाहने बराल सर विद्यालय परिसरमा मोवाइल चलाउन केटाकेटीलाई प्रतिबन्ध नै लगाउनुपर्ने धारणा राख्छन् ।
‘म उनीहरूको हातमा प्रविधि नदिनु त भन्दिनँ तर कम्तीमा स्कुलमा चाहिँ मोवाइल लिएर आउनु हुँदैन विद्यार्थीले,’ बरालले भने, ‘मोवाइलले कक्षा प्रभावित हुन्छ । पाठ्यक्रमअनुरूपको सिकाइ प्रक्रिया प्रभावित हुन्छ ।’ प्रिन्सिपल बरालका अनुसार, विद्यार्थीहरू फेसबुक, मिग, ट्युटरलगायत सामाजिक सञ्जालको ‘एडिक्ट’हुने क्रम दुई वर्षयता निकै बढेको छ । यसपालि एसएलसी परीक्षामा १० प्रतिशत रिजल्ट कम आउनुमा मोवाइल र इन्टरनेट पनि जिम्मवार छ । सामाजिक सञ्जालले विद्यार्थीको पढ्ने समय खोसेका छन् ।
प्याब्सन केन्द्रीय सदस्य शंकर थापा ग्याजेट दुरूपयोगको सन्दर्भलाई सहरी समस्या भन्न रुचाउँछन् । ग्रामीण क्षेत्रका छात्रछात्रामा पहुँच कम रहेकाले समस्या पनि खास नरहेको उनको बुझाइ छ । जीवनोपयोगी शिक्षाका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुनुपर्ने उपकरण हल्काफुल्का मनोरञ्जनका साधन मात्र बनाइएकोमा थापा चिन्तित छन् । विद्यालयमा मोवाइललगायत ग्याजेटलाई ‘प्रवेश निषेध’ गर्नुपर्ने धारणा राख्ने थापा यसको दुरूपयोगबाट केटाकेटीको जीवनमा हुने जोखिम कम गर्न अभिभावक सचेत हुनुपर्ने बताउँछन् । ‘हामी मोवाइल चलाउँछांै तर हामीलाई नै धेरै कुरा थाहा छैन,’ थापा भन्छन्, ‘समाजमा अभिभावक शिक्षाको आवश्यकता खड्किएको छ ।’
भनिन्छ, ग्याजेटहरूमा हुने मेमोरी कार्डले गर्ने–नगर्ने जम्मै काम गरिरहेको छ । तर यो साधनको काम प्रयोगकर्ताकै हातमा भर पर्ने थापा बताउँछन् । जस्तो कि हिंसा खुकुरीको धारमा होइन मान्छेको मनमा रहेको हुन्छ ।
‘अधिकतर अभिभावकलाई थाहा छैन, जनचेतनाको कमी छ । पढ्न भनेर केटाकेटीहरू होस्टल, डेरामा बस्न पठाउने चलन पनि बढेको छ । त्यहाँ साथीहरूसँग मिलेर, ढोका थुनेर के गर्छन्, के गर्छन् !’ विज्ञान शिक्षिका सविता दाहाल (गौतम)का मनमा अहिलेको पुस्ताको व्यवहारप्रति निकै आशङ्का छ । ‘केही चाहिँ गुगल सर्च र अर्थमा गएर आपूmलाई कामलाग्ने ज्ञान सङ्ग्रह गरिरहेका हुन्छन्, सबै खराब नै हुन्छन् पनि भन्न सकिँदैन,’ गौतमले भनिन् ।
धेरै चाहिँ केटाकेटी अभिभावककै कारणले गलत बाटोमा जान प्रेरित हुने गरेको गौतमको भनाइ छ । ‘कतिपय अभिभावक हामीलाई कसले हेरेको थियो र हामीले यिनीहरूलाई हेर्नुपर्ने भन्ने धारणाका हुन्छन् । तर, यो राम्रो होइन । समय हाम्रा पालाको जस्तो छैन,’ गौतम भन्छिन्, ‘अभिभावकले समय दियो भने केटाकेटी बिग्रदैनन्, छोराछोरीको व्यवहारप्रति अभिभावकले चासो राख्नैपर्छ । मोवाइल या मेमोरी कार्डसम्बन्धी कुनै ‘फल्ट’ भेटिएमा गाली होइन अन्तक्र्रिया गर्नुपर्छ, मनोवैज्ञानिक तरिकाले समस्या समाधानको प्रयास गर्नुपर्छ ।’
०००
एन प्याब्सनका केन्द्रीय सल्लाहकार जगदीश ओली प्रविधिको बढीभन्दा बढी सकारात्मक फाइदा कसरी लिन सकिन्छ भन्ने सचेतना कम भएको हाम्रो समाजमा आधुनिक सञ्चामाध्यम एकाएक स्थापित गराउने अभ्यास भएकाले व्यवस्थापन गर्न गाह्रो हुने मात्रामा विकृति भित्रिएको धारणा राख्छन् ।
‘९५ प्रतिशत अभिभावकले आफ्नो हातमा भएको मोवाइल, आइपड, ल्यापटप राम्ररी चलाउन जानेका छैनन् । त्यसमा म पनि पर्छु । छोराछोरीले आमाबाबुभन्दा धेरै जानेका छन्, यो सकारात्मक कुरा हो,’ पिस जोन उच्च माविका प्रिन्सिपल ओलीले भने, ‘यसमा खड्केको कुरा चाहिँ के हो भने, छोरा वा छोरी मोवाइल, आइपड, वा ल्यापटप लिएर कि घरको कुनामा, कि ढोका थुन्न मिल्ने कोठामा, कि छतमा, कि कुनै एकान्तमा जान्छन् । उनीहरू यो उपकरणको प्रयोग सामान्य ठाउँमा, अभिभावकका अगाडि किन गर्दैनन् ? यो सोच्नुपर्ने कुरा हो । अभिभावकका मनमा बालबालिकाका व्यवहारले यस्ता अनेक प्रश्न सिर्जना गरिरहेका हुन्छन् ।’
ओलीका अनुसार अहिलेको पुस्ताले इन्टरनेटमा पोर्न ििभडयो र चित्रबाहेक केही खोज्न जानेकै छैनन् कि जस्तो भइसक्यो । यो जनरेसन पोजेटिभभन्दा नेगेटिभ कुरामा बढी गइरहेको छ । ढुङ्गाले हान भन्यो भने हान्छ तर किन हानेको हो थाहा पाउँदैन । जो पढ्न कमजोर छ, त्यो हेर्ने हो भने कि मोवाइल कि आइपड कि कम्प्युटरको रेगुलर युजर छ । प्रविधिको उपभोग गर्न जाने पनि उपयोग गर्न जानेको छैन । प्राविधिमा पहुँच बढेपछि विद्यार्थी झन् अब्बल हुनुपर्ने तर उल्टो भइरहेको छ ।
त्यसैले ग्याजेटहरूको दुरूपयोग बढेर विकृति छताछुल्ला हुनु अनि असमय यौन भाइरस लागेर नयाँपुस्ताको बिउ कुहिनुअघि समाजले कन्ट्रोल गर्नुपर्ने धारणा राख्दै ओलीले भने, ‘युवापुस्तामा रहेको मानसिक फोहोर सफा गर्न राज्य पनि गम्भीर हुनुपर्छ ।’
सूचना प्रविधिको विकास, प्रसार र पहुँचलाई सबैले स्वीकार गर्नुपर्छ । विश्व एउटा हत्केलाभित्र साँघुरिएको बेला हाम्रा बालबालिका पल–पलको सूचनाबाट बेखबर रहनुहुँदैन । प्याब्सन सचिव जीव गुरागाई भन्छन्, ‘अहिले सूचना प्रविधिको बाढी ह्वात्तै आएकाले व्यवहारको पानी धमिलो देखिएको हो, तर बिस्तारै यसका नकारात्मक घटनाहरू बाहिर आउँदै जाँदा समाजमा चेतना जागृत हुन्छ र युवापुस्ताको मन तथा विचार सङ्लिन्छ ।’
‘ए हो र ! यस्तो पनि हुन्छ र !’ भन्ने स्तरका अभिभावक भएकाले बालबालिकाको हातमा भएको मोवाइल र मेमोरी कार्ड सामाजिक समस्या बन्दै गएको गुरागाईको धारणा छ । यसबाट हुनसक्ने जोखिम घटाउन दसैंमा पठाउने शुभकामना कार्ड, अरूबेला पठाइने फी, परीक्षा तथा बिदासम्बन्धी जानकारीपत्रमा प्रविधि दुरूपयोग हुनबाट जोगिन अपनाउनुपर्ने सचेतनासम्बन्धी केही बुँदा उल्लेख गर्नु, कम्प्युटर शिक्षकमार्फत् विशेष कक्षा सञ्चालन गर्नु राम्रो हुने गुरागाईको धारणा छ । ‘अभिभावकले सकारात्मक उद्देश्यले ग्याजेटहरू दिएका हुन्छन्,’ गुरागाईको कथन छ, ‘मेमोरी कार्डका दुरूपयोगबारे अभिभावक शिक्षा मात्र होइन, बालबालिकाले आप्mना अभिभावकको भावना अनुकूल व्यवहार गर्नु पनि जरुरी छ ।’ उनले धरानको घटना कतिखेर कुन परिवारमा दोहोरिन्छ भन्न नसकिने भएकाले ग्याजेटबाट उत्पन्न हुन समस्याप्रति थाहा नपाएजस्तो नगर्न अभिभावकसँग आग्रह पनि गरे ।
यो समस्याको भयावह रूप देखिनुको पाश्र्वमा समाजमा विद्यमान छाडापन र स्वच्छन्दतातर्फ प्रेरित गर्ने राष्ट्रिय नीति जिम्मेवार रहेको ठान्छन्, साहित्यकार÷शिक्षक दिनेश पौडल । कमजोर–ट्यालेन्ट, धनी–गरीब, सहरिया–गाउँले, केटा–केटी भन्ने कुरा छैन सामान्यतया ६ कक्षादेखिमाथि सबै उमेर समूहका विद्यार्थी ग्याजेट दुरूपयोगको समस्याबाट ग्रस्त छन् । सुन्दर भविष्यप्रति बेखबर अलमलिएको पुस्तालाई शिक्षक एक्लैले सही बाटोमा डोहो¥याउन गाह्रो हुन्छ, समाज–राष्ट्रले साथ दिनुपर्छ भन्ने विचार राख्ने पौडेल भन्छन्, ‘जथाभावी साइट र सिडीहरू उपलब्ध हुने बजार नियन्त्रण गर्ने निकाय हुनुप¥यो ।’
ग्याजेटहरूको दुरूपयोग भइरहेको विद्यमान दुर्भाग्यपूर्ण र घिनलाग्दो अवस्था परिवर्तनका लागि सरोकारवालाले नियमित अन्तक्र्रिया गर्नुपर्ने, अभिभावक छोराछोरीको साथी बन्न सक्नुपर्ने, अति सर्वत्र वर्जित हुने उदाहरण दिएर खराब सङ्गत, दृश्य र परिणामप्रति घृणा जगाउनुपर्ने लगायतका सुझाव प्रस्तुत गर्दै पौडेलले भने, ‘राज्यले यसलाई सामाजिक अपराध घोषणा गर्नुपर्छ ।’
सुनसरी प्याब्सन अध्यक्ष दिलकुमार वन, सुविधासम्पन्न मोवाइल नभए भात–पानी माया मार्ने विद्यार्थीले अभिभावकलाई दङ्ग्याएपछि पनि झन् दुरूपयोग गर्दै भात–पानी माया मार्ने विस्मयकारी अवस्था रहेको बताउँछन् । यो प्रविधिले ल्याएको विकृति भएको दुर्गम गाउँमा पहिलोपल्ट बाटो पुग्दा चोरीलगायतका समस्या देखापरेजस्तो अवस्था रहेको उदाहरण दिँदै वनले भने, ‘यसका खराब असरले क्षति पु¥याउँदै गएपछि मान्छेले चेत्दै जान्छ ।’
वनको विचारमा भन्नलाई सामाजिक सञ्जाल भनिए पनि मिग, ट्वीटर, फेसबुकले बालकको सामाजिकीकरण हुने प्रक्रियामा बाधा पु¥याइरहेको छ । मोवाइललगायत ग्याजेटमा हराउने बालकमा एकाकीपनको समस्या बढ्दै गएर व्यक्तित्व निर्माण क्षमतामा क्षय हुन्छ । अरू मान्छेको सकारात्मक विचार र व्यक्तित्वबाट प्रभावित हुने, उनीहरूसँग अन्तक्र्रिया गर्ने महत्वपूर्ण समय र अवसर अहिलेको पुस्ताले गुमाउँदै गइरहेको छ ।
वन थप्छन्, शतप्रतिशत विद्यार्थी ग्याजेट दुरूपयोगको सञ्जालमा फसेका छन् भन्न मिल्दैन तर हरेक शिक्षालयमा यो समस्या उल्लेख्य रूपमा छ । ‘सामाजिक सञ्जाल र ग्याजेटको दुरूपयोगले पढाइको स्तर ध्वस्त पारेको छ । यो समस्यालाई समाज, सरोकारवालालगायत आमसञ्चारका माध्यमले पनि गम्भीरताका साथ लिनुपर्छ ।’ वनले भने, ‘समस्या निरूपण र नियमनका लागि सामाजिक हस्तक्षेपको खाँचो छ ।’
विपश्यना साधक÷लेखक मोहन तिम्सिनाका अनुसार प्रविधिले ल्याउने राम्रो र नराम्रोमध्ये कुन आपूmलाई त्यो छान्ने जिम्मा व्यक्ति स्वयम्कै हो । तर, समाजको संस्कृतिले व्यक्तिको सोच र निर्णयलाई प्रभावित पारिहेको हुन्छ । सिद्धान्ततः प्रविधिको प्रयोग हुनुपर्छ, अतिप्रयोग, दुरूपयोग र कम प्रयोग हुनुहुँदैन । ‘बालबालिकाको हातमा प्रविधि दिएर मात्र हुँदैन,’ तिम्सिनाले भने, ‘प्रविधिको प्रयोगसम्बन्धी सकारात्मक सोच पनि उनीहरूको हृदयमा राखिदिनुपर्छ ।’
तिम्सिनाको तर्क छ, मान्छे सरसङ्गतले सुध्रिने वा बिग्रिने जात भएकाले वयस्कले प्रविधिको दुरूपयोग गरेको देखेर भाइबहिनीहरू कुलतमा फसेका हुन् । यसमा मनको विकार, स्वाभाविक जिज्ञासा, देखासिकी गर्ने प्रवृत्ति र गलत संस्कृतिले पनि काम गरेको हुन्छ । ‘अधिकतर केसमा ठूलाले नै त्यस्ता फुटेजहरू दिएर बालबालिका जोखिममा फस्ने वातावरण बनाएको देखिन्छ,’ तिम्सिनाले भने, ‘जोखिम घटाउन सामाजिक सचेतना अभियानकै आवश्यकता छ ।’
ग्याजेट दुरूपयोगको मियो यौन केन्द्रित रहेकोबारे तिम्सिनाको भनाइ छ, ‘यौन अति आनन्ददायक, रहस्यमय र स्वर्गीय हुन्छ भन्ने सामाजिक भ्रम रहेकाले विकृतिले मलजल पाएको हो । वस्तुनिष्ठ भएर हेर्दा थाहा हुन्छ, यौन कति पीडादायक छ, यो कति समस्या र अपराधको कारक हो ।’ ग्याजेट दुरुपयोगको समस्या समाधानका लागि यौनलाई सामान्यीकरण गर्नु जरुरी रहेको तिम्सिनाले बताए । ‘अभिभावक र शिक्षकले आप्mनो जीवनकालका यौनसँग जोडिएका अनुभव नयाँ पुस्तालाई भन्नुपर्छ ताकि यौन भनेको तिलस्मी केही होइन रहेछ भन्ने धारणा विकास गर्न सकियोस्,’ तिम्सिनाले भन्छन्, ‘ग्याजेट तथा नेटमार्फत् हुने दुरूपयोग र जोखिम घटनाउन नयाँपुस्तामा यौनसम्बन्धी सही बुझाइ र धारणा विकास गर्न सक्नुपर्छ ।’
मनोक्रान्ति अभियन्ता सरोज कार्की ग्याजेट दुरूपयोगको समस्या न्यूनीकरणका लागि अभिभावक शिक्षामा जोड दिन्छन् । ‘नानीबाबुलाई चेतनाको उज्यालो दिन स्वयम् बाबुआमाको हृदय र मस्तिष्कमा चेतनाको दियो बलेको हुनुपर्छ,’ कार्की भन्छन्, ‘अगुवा स्वयम् ज्ञानी नभई अरूलाई के ज्ञान दिने !’
कार्कीको विचारमा यो संसार हातमा लिएर हिँड्ने अनुपम अवसरको दुरूपयोग होला कि भन्ने कहालीलाग्दो डर पनि प्रविधिसँगै घर भित्रिएको छ । तर, हरेक कुराका दुई पाटा हुन्छन् । असलतर्फ उपयोग भए संसारको भलाइ हुन्छ, यसको उल्टो खराबको अवलम्वन भए, व्यक्ति परिवार र समाजकै सर्वनाश हुन्छ ।
ग्याजेटहरूको दुरूपयोग रोक्न हरेक अभिभावकमा प्रविधिसम्बन्धी सचेतना आवश्यक रहेको उल्लेख गर्दै कार्की भन्छन्, ‘जुन परिवारका अभिभावक प्रविधि सचेत छैनन्, त्यो परिवार खतराको सूचीमा छ ।’ नकारात्मक कुरा त्यसै पनि शक्तिशाली देखिने भएकाले त्यसमा के ठीक के बेठीक छुट्याउन सक्ने क्षमता नभएका आप्mना फोटोकपीहरूले के उपभोग गरिरहेका छन्, टाढैबाट भए पनि चिहाउनु जरुरी ठान्ने कार्की बाबुआमा छोराछोरीको उत्प्रेरक बन्न सक्नुपर्ने बताउँछन् । ‘तर विडम्बना छोराछोरीलाई डरमा राख्नुपर्छ, आफैं ठीक हुन्छ भन्ने अभिभावक धेरै छन्, जुन साह्रैआना गलत हो,’ कार्कीले भने, ‘डरकै कारणले बालबालिका र युवापुस्तामा लुकेर मन लागेको काम गर्ने नराम्रो प्रवृत्ति विकास भइरहेको हुन्छ ।’
०००
अभिभावक शिक्षाको सन्दर्भ नेपालजस्तो मुलुकमा निकै पछि छ । अहिलेको विद्युतीय सञ्चारपद्दतिको विकास÷विस्तारको प्रक्रिया बुझ्ने सवालमा झन् पिछडिदिएको छ । सकारात्मक पक्षलाई अभिभावकले राम्ररी बोध गर्न सकेको छैन । केही सहरिया टाठा–बाठाले बुझेका होलान्, तर अधिकतर अनभिज्ञ छन् ।
यस्तो अनपेक्षित परिस्थितिमा विज्ञान प्रविधिको विकास सँग–सँगै घरमा भित्रिएको विकृति सामाजिक चुनौती भएको धारणा राख्छन्, डाक्टर बद्रीविशाल पोखरेल । लाइफ इन्टरनेशनल कलेजका प्रिन्सिपल पोखरेल ग्याजेट दुरूपयोगलगायत सिकाइ प्रक्रियामा देखापरेको ऐंजेरुलाई सिक्ने, सिक्न पठाउने र सिकाउनेबीचको सघन अन्तक्र्रियाले सफा गर्न सकिने बताउँछन् । पोखरेलको विचारमा युवा विद्यार्थीमा विकृतिले पारेको प्रभाव निकै नकारात्मक र घातक हुन्छ । यसलाई अभिभावकले निकै चनाखो भएर हेर्न–बुझ्न सक्नुपर्छ । अभिभावक र शैक्षिक निकायका व्यक्तिले थाहा नपाइकन समस्या सङ्ग्रालिएकाले धेरै युवाको जिन्दगी बर्बाद भएको छ । ल्यापटप, मोवाइल, आइपडलगायतका पश्चिमा–संस्कृति विकृतिको बुख्याँचा बनेर हामीलाई सताइरहेको छ ।
‘विद्यार्थीले तीन दिनसम्म अँध्यारो मुख लगाएको छ भने किन लगायो शिक्षक–अभिभावकले हेर्नु पर्छ कि पर्दैन ?’ डा. पोखरेलले भने, ‘अभिभावकले नयाँपुस्तामा हुर्किरहेको स्वतन्त्रतालाई स्वच्छन्दताका रूपमा लिने प्रवृत्ति त्याग्न र आत्मअनुशासन बढाउन प्रेरित गर्नुपर्छ ।’
विकृति नियन्त्रण जोर–जबरजस्ती गरेर नहुने, विद्यार्थीको रुचि परिवर्तन गर्नुपर्ने, त्यसका लागि शिक्षक–अभिभावकले दिलले होइन दिमागले काम गर्नुपर्ने, बालबालिकालाई विकृतिको परिणाम बताएर ग्याजेट दुरूपयोगप्रति घृणा जगागउनु पर्ने पोखरेलको सुझाव छ ।
‘मान्छेलाई तह लगाउने भनेको विचारको लौरो हो,’ पोखरेल भन्छन्, ‘प्रेम–यौन–घरव्यवहार र कुनै पनि समस्याका विषयमा घरमा छलफल हुनुपर्छ । सफल भविष्यका लागि उमेर र समयअनुसारको योजना निर्माण गर्न अभिभावकले प्रेरित, सहजीकरण र सहकार्य गर्नुपर्छ ।’
अभिभावक सङ्घ नेपाल, सुनसरी अध्यक्ष हरि तिम्सिना बालबालिकाको सुखद भविष्यको चाहना गरेर मात्र नहुने त्यसका लागि अभिभावक स्वयम् सचेत हुनुपर्ने विचार राख्छन् । तिम्सिनाका अनुसार अभिभावक सचेत नहुँदा छोराछोरी बिग्रिने सम्भावना धेरै प्रतिशत हुन्छ । किनकि शिक्षकले विषयवस्तु र प्राविधिक कुरा सिकाउने हो, चरित्र र व्यवहार सिकाउने भनेकै अभिभावक हुन् ।
‘६० प्रतिशतभन्दा बढी अभिभावक सूचना–प्रविधिमैत्री र जानकार नभएकाले ग्याजेट दुरूपयोग बढेको देखिन्छ,’ अभिभावक तिम्सिनाको कथन छ, ‘अभिभावकले आफैं चासो राखेर विद्यार्थीलाई विकृतिले व्यक्तित्वमा पु¥याउने हानीबारे सचेत नगरे समस्या न्यूनीकरण हुन सक्तैन ।’
‘यो आलेखको शीर्षक ‘छोराछोरीको मेमोरी कार्ड’ भन्दा धेरै सप्mट भयो ।’ पत्रकार अर्जुन शर्मा भन्छन्, ‘यदि ग्याजेटहरूको दुरूपयोगप्रति अबोध प्रयोगकर्ताको मनमा घृणा जगाएर सकारात्मक परिवर्तन गर्ने उद्देश्य हो भने यसको शीर्षक राख्नुपर्छ– उप्m ! यो मेमोरी कार्ड ।’
0 comments:
Speak up your mind
Tell us what you're thinking... !