आलोचित बन्दै समता
Written By Neplee on Friday, September 21, 2012 | 5:35 AM
सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने भन्दै तामझामका साथ सुनसरीको इटहरी– ४ हलगडामा स्थापना गरिएको समता शिक्षा निकेतनमा आशा गरेअनुरुप बालमैत्री व्यवहार नपाइएपछि आलोचित बनेको छ । एक महिनामै दुई हजार बढी विद्यार्थीलाई छेउछाऊका विद्यालयबाट तान्न सफल समताको गुण र कार्यशैलीप्रति गुनासो गर्दै अभिभावकहरूले आफ्ना छोराछोरी अन्यत्रै सार्न थालेका छन् । अझ सो शिक्षालयमा बालबालिकाप्रति दुव्र्यबहार हुने गरेको पाइएपछि अभिभावकहरू निकै आक्रोसित बनेका छन् ।
मासिक रु. एक सयमा बोर्डिङको जस्तै शिक्षा दिने भन्दै सञ्चालनमा ल्याइएको विद्यालयको शिक्षा र व्यवहार सोचेअनुसार नभएको अभिभावकहरूको आरोप छ । उनीहरूले आफू ठगिएको भन्दै हेलो सरकारमा उजुरीसमेत दिएका छन् ।
शैक्षिक सत्र सकिएको दुई महिनापछि पनि दुई हजार बढी विद्यार्थी सङ्कलन गर्न सफल सो विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक जनशक्ति राम्रो नभएको अभिभावकहरूको आरोप छ । समताले प्रचार गरेअनुसार शिक्षा नदिएको बाल संरक्षण केन्द्र सुनसरीका अध्यक्ष हेमन्त गौतमले बताए ।
उनले विद्यालयमा बालमैत्री व्यवहार नरहेको, पर्याप्त शैक्षिक सामग्रीहरू प्रयोग नगरिएको र विद्यालयलाई यातनागृहको रुपमा सञ्चालन गरेको पाइएको बताए । उनले गलत तरिकाले सञ्चालनमा ल्याइएको समताको गतिविधिसमेत गलत भेटिएको आरोप लगाए ।
अव्यवस्थित विद्यालय कोठा र फोहोर शौचालयका कारण विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड भइरहेको अभिभावक राजेन्द्र सिग्देल बताउँछन् । उनले विद्यालयको स्तर सुधार गर्न कुनै पहल नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
विद्यालयमा पढन जाने क्रममा कक्षा २ मा अध्ययनरत बालिका टीना माझीलाई सोही ठाउँका पशुपति कठायतले कुटपिट गरेपछि विद्यार्थीको सुरक्षा नभएको भन्दै अभिभावकहरूले समतामा घेराउ समेत गरेका थिए ।
शैक्षिक योग्यता कम भएका शिक्षक–शिक्षिकालाई अध्यापन गर्न लगाएर आलोचित बनेको सो विद्यालयमा विद्यार्थीलाई चर्को यातना दिइने गरेको सार्वजनिक भएको छ । शिक्षिकाको कुटाइबाट कक्षा १ की कला भुजेल घाइतेसमेत भएकी थिइन् । गृहकार्य नगरेको भन्दै शिक्षिकाले लठ्ठीले हान्दा बालिकाको ढाडमा गहिरो घाउ नै बनेको आमा अङ्गुरा भुजेलले बताइन् ।
सुनसरीको दुहवीमा रहेको ज्ञानोदय एकेडेमीलाई स्थानान्तरण गरेर सञ्चालनमा ल्याइएको समताको दर्ता प्रक्रियालाई लिएर सुरुमै विवाद उत्पन्न भएको थियो । प्रक्रिया नपु¥याइएको भन्दै जिल्ला शिक्षा कार्यालय सुनसरीमा दर्ता हुन नसकेको समता सञ्चालनमा आउनुलाई अन्य विद्यालयहरूले अवैध व्यवहार भनेर टिप्पणीसमेत गरेका छन् ।
यता नियामक निकाय जिल्ला शिक्षा कार्यालयले समेत विद्यालयमा निगरानी नगर्दा आफूहरू ठगिएको अभिभावकको गुनासो छ ।
सन्तोष रेग्मी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !