मह“गीले आकाश चुम्दै गरेको अहिलेको परिवेशमा सस्ता सामग्री र सेवा दिन कुनै संस्था अग्रसर देखिए आम जनसमुदाय त्यसको पछाडि लाग्नु स्वाभाविकै हो । तर, धेरैलाई ती वस्तु र सेवाको बारेमा चासो ह“ुदैन र बुझ्ने प्रयत्न पनि गर्दैनन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ; समता शिक्षा निकेतनले इटहरीका सञ्चालन गर्न लागेको विद्यालय । प्रति विद्यार्थी मासिक एक सय रुपैया“मात्र शुल्क लिएर अङ्ग्रेजी शिक्षा दि“दै आएको समता निकेतनले इटहरीमा आफ्नो शाखा विद्यालय सञ्चालन गर्न लागेपछि यस क्षेत्रको शैक्षिकवृत्तमा शैक्षिक चर्चा र बहस चुलिएको छ ।
शेखर ढकाल
समता शिक्षा निकेतनले सस्तोमा आफ्ना नानीहरू पढाइदिने भएपछि इटहरी–४ हलगडा र आसपासका सर्वसाधारणहरू खुसी भएका छन् । तर, अभिभावकको यस्तो खुसी यसक्षेत्रका निजी विद्यालय सञ्चालकहरूको टाउको दुखाइको विषय बनेको छ ।
नानीहरूलाई समताले गुणस्तरीय शिक्षा दिलाउनेमा विश्वस्त अभिभावकले शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि पढाइ सुरु नहुनुको कारण भने खोजेका छैनन् । अर्कातर्फ स्वीकृति नपाई विद्यार्थी भर्ना गरेको समता सञ्चालन समूहले पनि विकल्प पहिल्याएको छैन । एकाएक आफ्ना धरै विद्यार्थी तानेपछि त्यसलाई रोक्न यस क्षेत्रका निजी विद्यालयले समता सञ्चालनमा वैधानिकताको सवाल उठाएका छन् ।
अन्योलबीच विद्यार्थीको ओइरो
शैक्षिकसत्र सुरु भएको दुई महिना बित्दा पनि विद्यालयको पठन–पाठन सुरु हुने–नहुने अन्योल यथावत् रहे पनि विद्यालयमा विद्यार्थीहरूको ओइरो लागेको छ । वैशाखदेखि नै कक्षा १ देखि कक्षा ५ सम्ममा विद्यार्थी भर्ना भइरहेका छन् । तर, पढाइ अझै सञ्चालन हुन सकेको छैन । बाँसका भाटाबाट कार्यालयलगायत कक्षाकोठा निर्माण गरिएकाले स्थानीयले विद्यालयका नाम नै भाटेस्कुल राखिदिएका छन् । भाटे उपनाम पाएको समतामा २ हजार ५ सयभन्दा बढी विद्यार्थी भर्ना भैसकेका छन् । पढाइ सुरु हुनु अघि नै विद्यालयको वधानिकतामा प्रश्न उठेकाले अभिभावकमा विद्यालयको आकर्षण र अन्योलता बराबर छ ।
भौतिक संरचना निर्माण कार्य नसकिएकाले पठन–पाठन सुरु गर्न नसकिएको विद्यालयका व्यवस्थापक बद्रीराज तिम्सिना बताउँछन् । वैशाख र जेठमा भएका बन्द–हड्तालले गर्दा विद्यालय निर्माण कार्य नसकिएको उनको भनाइ छ । ‘अभिभावकले आत्तिनु पर्दैन,’ तिम्सिनाले भने, ‘विद्यार्थीहरूको छुटेको पढाइ हामी अरू महिनामा समायोजन गर्नेर्छौं ।’
निजी विद्यालयमा नानीहरूको पढाइका लागि महँगो रकम बुझाउँदा–बुझाउँदा हैरान भएका सर्वसाधारण सहरमै मासिक एकसय रूपैयाँमै अङ्ग्रेजी शिक्षा पाउने भएपछि आफूहरू सो विद्यालयतर्फ आकर्षित भएको बताउँछन् । हलगडा युवा क्लबका अध्यक्ष गोपाल कार्की भन्छन्, ‘महँगा निजी विद्यालयसरह शिक्षा सस्तोमा दिने भएकाले यसमा नानीहरू भर्ना गर्ने अभिभावकको लर्को लागेको हो । तर, भर्ना गरेको दुई महिना बित्न लाग्दासमेत कक्षा सञ्चालन नहुँदा नानीहरूको पढाइको विषयमा चिन्ता बढेको छ ।’
विद्यालय स्वीकृतिको प्रक्रियामा रहेको धेरै अभिभावकलाई थाहा छैन । उनीहरूले विद्यालय सञ्चालन हुने प्रक्रियामात्र सुरु हुनेबित्तिकै आफ्ना नानीहरूलाई भर्ना गर्न थालिहाले । तर, अझै स्वीकृतिको प्रक्रिया टुङ्गोमा नपुगेकाले धेरै अभिभावक अन्योलमा छन् । स्थानीय अभिभावक तुलसा खनाल भन्छिन्, ‘नानीहरूलाई भइरहेको स्कुल छुटाइयो । यो स्कुल पनि सुरु हुनै लागेन, दिनभर फुर्सदिला बनेका नानीहरू बिग्रन लागिसके, विद्यालय चाँडै सुरु भए हुन्थ्यो ।’
एउटै दर्ता र नाममा दुईवटा सञ्चालन
सुनसरी दुहवी–५ मा रहेको ज्ञानोदय एकेडेमीलाई समता निकेतनले खरिद गरेर इटहरी–४ हलगाडामा ल्याएको भनिए पनि दुहवी–५ मा समेत त्यो विद्यालय सञ्चालनमा रहेको छ । सञ्चालकमध्ये खेमनारायण माझी, राजेन्द्र चौधरी, सुरेश चौधरी, कुशल चौधरीको समूहले विद्यालय समता निकेतनलाई बिक्री गर्ने सहमति गरे पनि सञ्चालकमध्येका एस रहमान राइनले विद्यालय पूर्ववतः सञ्चालन गरिरहेका छन् । मन्त्रिपरिषद्को बैठकले नक्शाङ्कन नगरी नयाँ विद्यालय स्थापना गर्न रोक लागाएपछि समताले विद्यालय खरिद गरेको बताएको छ । तर, समताले खरिद गरेको विद्यालय गाविसबाट नगरपालिकामा सार्दा अपनाउनु पर्ने प्रक्रिया भने पूरा गरेको छैन । विद्यालय ठाउँसारी गर्दा जिल्ला शिक्षा समितिको निर्णय आवश्यक हुन्छ । शिक्षा समितिको निर्णय नआई विद्यालय सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था छ । तर, समता निकेतनले ज्ञानोदय एकेडेमी खरिद गरेर प्रक्रियामा रहेको भन्दै विद्यालय सञ्चालन गर्न लागेको छ । विद्यालय सञ्चालनका लागि महेश पौडेलको १७ कठ्ठा जग्गा १७ वर्षका लागि लीजमा लिएर बाँसको भाटाबाट भवन निर्माण कार्य धमाधम अघि बढाइएको छ ।
विद्यालयका व्यवस्थापक विनोदराज पाण्डेले समता निकेतनले दुहवीको ज्ञानोदय एकेडेमी इटहरीमा सञ्चालन गर्न लागेको र ठाउँसारी प्रक्रिया भैरहेको बताए । जिल्ला शिक्षा समितिमा ठाउँसारीको प्रक्रिया जारी रहेको र सकारात्मक प्रतिक्रिया आएकाले विद्यालय सञ्चालन गर्न पाउनेमा ढुक्क रहेको उनको भनाइ थियो ।
यता, जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्का आफ्नो कार्यालयमा ज्ञानोदय एकेडेमी र समता निकेतनको कुनै पनि कागजात नयाँ प्रक्रियाका लागि पेश नभएको बताउँछन् । उनले भने, ‘सबैले नियम र कानुनको पालना गर्नुपर्छ । कानुन पालना नगर्ने विद्यालयलाई कारबाहीका लागि अध्ययन गर्न हामीले एउटा समिति बनाएका छौं । त्यसको प्रतिवेदनका आधारमा उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ उनले सुनसरीमा समता मात्र नभएर अरू एक सयको हाराहारीमा निजी विद्यालय गैरकानुनीरूपमा सञ्चालन भैरहेको र तिनीहरूबारे अध्ययन जारी राखिएको बताए । समितिले प्रतिवेदन बुझाएपछि मात्र थप निर्णय गरिने खड्काले जनाए । अहिलेको अवस्थामा तत्काल केही गर्न नसकिने उनको भनाइ छ ।
बन्द हुने अवस्था र विरोधमा छिमेकी विद्यालय
मासिक एकसय रूपैयाँमा आफ्ना नानीहरू समताले पढाइदिने भएपछि विभिन्न विद्यालयमा भर्ना गरेका बालबालिकाका अभिभावकले समताले सञ्चालन गर्न लागेको ज्ञानोदय एकेडेमीमा सारेपछि इटहरी–४ र २ मा रहेका केही विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । इटहरी–४ मा रहेको चन्द्र मेमोरियल बन्द हुने अवस्थामा छ । करिब दुई सय विद्यार्थी रहेको कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ६०÷७० जनामात्र विद्यार्थी छन् । युनिभर्सल, पशुपति, सेकेन्डरी, हाम्रो, ब्राइटफ्युचर, सुनसरी सेन्टजेभियर, ब्लुमिङ लोटसलगायतका निजी विद्यालयलाई समेत ठूलो झड्का लागेको छ ।
समता निकेतनले इटहरीको हलगाडामा विद्यालय सञ्चालन गर्न लागेपछि इटहरीका महँगा निजी विद्यालयले विरोध जनाएका छन् । स्वीकृति नलिई, नियमावलीविपरित समतालाई विद्यालय सञ्चालन गर्न दिन नहुने उनीहरूको अडान छ । एनप्याब्सन सुनसरीका उपाध्यक्ष अग्नि सिटौला भन्छन्, ‘समताले नेपालको कानुन र शिक्षा नियमावलीको उल्लङ्घन गरेको छ । साथै गरिबका छोराछोरी पढाउने भनेर गाउँको विद्यालयलाई सहरमा सारेको छ,’ उनले थपे ‘गरिबका छोराछोरी पढाउने भए गाउँमै पढाउँदा भैहाल्थ्यो नि ! सहरमा स्कुलहरूको भीड भएको ठाउँमा किन ल्याउनुपथ्र्यो !’ सञ्चालनमै नआएको विद्यालयमा गरिबका छोराछोरी पढाउने भनेर धनीका छोराछोरी मात्र भर्ना गरिरहेको उनको आरोप थियो ।
प्याब्सन सुनसरीका उपाध्यक्ष कविन्द्र मण्डल पनि गरिबका छोराछोरी पढाउने हो भने सहरमा नभएर शिक्षाको पहुँच नपुगेका ठाउँमा विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन् । प्रक्रिया नपु¥याई, नियमविपरित विद्यालय सञ्चालन गर्दा पनि शिक्षा कार्यालयले केही गर्न नसकेकोमा उनले आपत्ति जनाए ।
समता निकेतनका कर्मचारी बद्रीराज पाण्डे भने सस्तोमा विद्यार्थी पढाउनलाई विद्यार्थी सङ्ख्या धेरै चाहिने र गुणस्तरीय शिक्षक पनि शहरमा बढी पाइने भएकाले इटहरीमा विद्यालय सञ्चालन गर्न लागेको बताउँछन् । ‘घना बस्तीमा विद्यार्थीको सङ्ख्या धेरै हुन्छ र हामी यहाँ केन्द्रित भयौँ, अरूको व्यवसायमा धक्का लगाउने हाम्रो नियत होइन र फेरि सहरमा गरिब नै हुँदैनन् भन्ने तर्क पनि ठिक होइन ।’
के हो त समता शिक्षा निकेतन ?
प्रतिविद्यार्थी मासिक एकसय रूपैयाँ शुल्क लिएर देशका १६ वटा जिल्लामा २१ वटा विद्यालय सञ्चालन गर्दै आएको समता शिक्षा निकेतन सञ्जालको सुरुवात २०५८ सालमा काठमाडौँको जोरपाटीबाट भएको हो ।
उत्तम सञ्जेलले स्थापना गरेको निकेतनलाई गैरआवासीय नेपाली व्यापारी उपेन्द्र महतोले सहयोग गर्दै आएका छन् । साथै उनको अभियानलाई चर्चित कलाकार महजोडीले समेत सघाएका छन् । तर, विभिन्न ठाउँमा शाखा स्थापना गर्दा भएका विवादले भने समता शिक्षा निकेतको साख कमजोर बनेको छ ।
शाखा सञ्चालनका क्रियाकलाप धेरै ठाउँमा विवादमा मुछिएका छन् । कतै विद्यालय खरिद नगरी नयाँ स्थापना गर्दा त्यहाँको परिवेश अध्ययन नभएर समस्या भएको छ भने कतै प्रक्रिया नै नपु¥याई काम सुरु गर्दा विवाद उत्पन्न भएको छ । झापा, इलाम र नवलपरासीमा लामो विवादपछि विद्यालय सञ्चालन भएको छ भने इटहरीमा पनि प्रक्रिया नपु¥याई काम सुरु गरेकाले विवाद चुलिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !