मोरङ÷खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ उमेरमा पढ्न र लेख्न नपाए पनि शरीर बुढ्यौलीतिर ढल्कँदै जाँदा मोरङ बयरवन गाविसका पाका महिलाहरू साँवा अक्षर लेख्न सक्ने भएका छन् ।
नेपाल सरकारले राष्ट्रिय साक्षरता शिक्षा अभियानअन्तर्गत सञ्चालन गरेको प्रौढ कक्षामा जान थालेपछि बयरवनका महिलाहरूले अक्षर चिन्न थालेका हुन् ।
छ महिने प्रौढ शिक्षा पूरा गरेपछि बयरवन–७ पिङ डाँडाकी ५० वर्षीया आइतीमाया तामाङ अहिले आफ्नो, श्रीमान्, छोरा–छोरीको नाम राम्रोसँग लेख्ने मात्र होइन दुईजना नातिलाई घरमै बसेर अक्षर चिनाउन सक्ने भएकी छिन् । उनी भन्छिन्, ‘अचेल सँगै बसेर नातिहरुलाई होमवर्क गराउँछु । छ महिना पढ्दा धेरै कुरा सिकेँ ।’
हजुरआमाले पढ्न जानेपछि अहिले उनका नाति र छोराछोरीसमेत पढाइमा अब्वल भएका छन् । बोलीचालीको भाषा र व्यवहारसमेत सुध्रेको छ ।’ यस्तो देखेर समुदायका धेरै दिदीबहिनीले पढ्ने इच्छा राखेको उनले बताइन् ।
बुबाआमाले सानै उमेरमा विवाह गरिदिएकाले पढ्न नपाएको बताउँदै तामाङले भनिन्, ‘५० वर्षको उमेरमा पढ्न पाउँदा खुसी लागेको छ ।’ तीन महिने साक्षरता अभियानपछि नातिहरूलाई बाह्रखरी पढाउँदा आपूmलाई ठूलो जित हासिल गरेजस्तो लागेको उनको अनुभव छ ।
उनीमात्र होइन गाउँमा थुप्रै पाका महिला लेखपढ गर्नसक्ने भएका छन् । सोही ठाउँकी ५५ वर्षीया होमादेवी उप्रेती प्रौढ कक्षा पढ्नुभन्दा अगाडि आप्mनो नामसमेत लेख्न जान्दिन थिइन् । तर, अहिले मजाले लेख्न–पढ्न सक्ने भएकी छिन् । उप्रेतीले अतितका दिनहरू स्मरण गर्दै भनिन् ‘पहिला–पहिला श्रीमान्ले पठाएको पैसा लिन जाँदा ल्याप्चे लगाउनुपथ्र्यो, अहिले सही गर्न सक्ने भएकी छु ।’
त्यसो त बयरवनका तामाङ र उप्रेती मात्र अक्षर चिन्न सक्ने भएका भने होइनन् । गाउँका ४० देखि ६० वर्षका एक हजार दुई सय जेष्ठ नागरिकले प्रौढ शिक्षा लिएको गाविस सचिव अम्विकाप्रसाद नेपालले जानकारी दिए ।
नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरेकोमा मोरङका सबै गाविसमध्ये बयरवनमा राम्रो प्रगति भएको शिक्षिका कृति विकको भनाइ छ । उनका अनुसार बयरवन–७ का ३० जना आमाहरू नियमित पढ्न आउने गर्दथे । कोही आमाहरूले त हात कामेर लेख्न समेत नसकेको उनी बताउँछिन् । तर, कक्षामा हुँदा उनीहरू राम्रोसँग पढ्न सक्थे भने कोही आमाहरू आँखाका रोगी भएकाले लेख्न–पढ्न नसके पनि पढाएको कुरा राम्ररी बुभ्mथे ।
साक्षरता अभियानअन्तर्गत प्रौढ कक्षाको लागि आवश्यक पाठ्यपुस्तक तथा शैक्षिक सामग्री जिल्ला शिक्षा कार्यालय मोरङले उपलब्ध गराउँदै आएको छ ।सरकारले अनौपचारिक शिक्षाअन्तर्गत गाउँ–गाउँमा हजारौँ रूपैयाँ खर्चेर प्रौढ शिक्षा सञ्चालन गर्दै आएकोमा बयरवनमा उपलब्धिमूलक भएको स्थानीयवासीको भनाइ छ ।
– अनिल श्रेष्ठ
0 comments:
Speak up your mind
Tell us what you're thinking... !