परीक्षा - College Times : Educational Magazine
Headlines News :
Home » , » परीक्षा

परीक्षा

Written By Neplee on Friday, June 15, 2012 | 9:48 AM

रातभरि कोल्टे फेर्छ तर उसलाई निद्रा नै लाग्दैन । बिस्तारा नमिलेको हो कि ? उसले खाटमाथिको डसना, तन्ना मिलाउँछ । सिरानीलाई दुई–चार चोटी भुइँमा झट्कार्छ । अब त निद्रा लाग् !
अहँ... पटक्कै लाग्दैन । उसको मनमा प्रश्नै प्रश्न छ । ‘प्रश्नचिन्ह (?) ले उसलाई गिज्याउँछ । सोझो पूर्णविराम (।) बाँगिएपछि प्रश्नचिन्ह बन्छ । किन पूर्णविराम बाङ्गिन्छ ? पूर्णविराम नबाङ्गिए त कति जाति हुन्थ्यो । यस्तो अन्योेलता नै हुँदैनथ्यो ।’ यस्तै–यस्तै वाहियात कुरा सोच्छ ऊ, तर पनि निद्रा पटक्कै लाग्दैन ।
०००
गाँठी कुरो त नजिकिँदै गरेको नतिजामा छ । शिक्षक, साथीभाइ, परिवार अनि आफन्त सबै उसको एसएलसी नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन् । ‘डिस्टिङ्सन त हान्नैपर्ने हो,’ शिक्षकहरुले कुरा गरेको सुन्छ अनि साथीभाइले पनि भन्छन्, ‘ल है तँलाई एड्भान्समै बधाई !’ ऊ दङ्ग पर्छ । सबैको अग्रीम बधाई खाँदा–खाँदै उसलाई अजीर्ण भएजस्तो हुन्छ । दिन–दिनै छट्पटी बढ्छ । ऊ नतिजा आएको दिन लड्डु कसरी बाँड्ने ? कसलाई लड्डु खुवाउन कहाँ जाने भन्ने सोच्न थाल्छ । 
‘भोलि त नतिजा आउने रे ...!’ साथीले सुनाएको खबरको एक झड्काले उसको दिमागको सबै तार झननन बजाइदिन्छ । ऊ टोलाउँछ । पास वा फेल, दुई त्यान्द्रोमा समाएर ऊ रातभरि अनिश्चयको सागरमा पौडिरहन्छ ।  कसगर्दा पनि निद्रा नलागेपछि ऊ सदाझैँ निदाउनका लागि उल्टो गन्ती थाल्छ, ‘... एक सय ... उनान्सय ... अन्ठानब्बे ... सन्तानब्बे ...’ १० मा आइपुग्दा नपुग्दै ऊ निदाउँछ । 
०००
‘बाऊ !’ नतिजा हेरेपछि ऊ तीन बित्तामाथि उफ्रिन्छ । डिस्टिङ्सनमा पास भएपछि उसलाई लाग्छ, जिन्दगीमा खुसी हुनु त यस्तो । सबैलाई आफू पास भएको सुनाउँछ । सबैले बधाई दिन्छन् । पहिला नै बधाई दिइसकेका साथीहरु भन्छन्, ‘कङ्ग्राचुलेशन वन्स एगेन ।’ ऊ पसलमा पुग्छ र एक भारी लड्डु किनेर ल्याउँछ । बाँड्दा–बाँड्दै सकिन्छ । तर, कता–कता लुकेर बसेको एक दुई लड्डु फेला पार्छ र क्वाप्प मुखमा हाल्छ । अहा कति मिठो... निद्रामा मुख मिठ्याउँदै चपाएको बेला भाइले कानका जाली फुट्ने गरी कराउँदा ऊ झल्यास्स हुन्छ । ‘ओइ, उठ्, रिजल्ट आयो ।’ 
०००
सपना होइन यो, विपनै हो । माहोल त्यही हो, तर किन आज उदास ? शिक्षक, परिवारहरु आज उदास छन् । ‘अग्रीम बधाई दिएको त कसरी यस्तो भयो ?’ साथीहरु पनि छक्क परे । ऊ फेल भएको थियो । उसलाई सारा पृथ्वी फन्फनी घुमेझैँ लाग्यो । दौडदै कोठामा पुग्यो । आँखाबाट आँसु बग्न थाले । ‘साथीभाइ, विद्यालय, आफन्त, परिवारको सपना खरानी भयो ।’ घ्वाँ कि घ्वाँ रुन थाल्यो, ‘कसरी बाँचु म ?’ उसले यताउति हे¥यो । भुईँमा आमाको सल देख्यो र छतमा पङ्खा । 
०००
उसले आफैँलाई उन्यो । लामो समयसम्म ढोका ढकढक गर ेपनि खुलेन । फोडेर हेर्दा ऊ झुन्डिरहेको थियो । त्यसपछि परिवारका सबै सदस्य रोएर बेहोस ।
शिक्षकहरुका पनि आँसु झरे । उसको बुबा कमजोर मुटुका मान्छे, हर्टअट्याक भएर ढले । घरमा मुर्दा शान्ति... जताततै अध्यारै–अँध्यारो थियो ।
०००
‘अहँ हुन्न,’ तन्द्राबाट झसङ्ग ब्युँझिँदा उसले भन्दै थियो, ‘जाबो यौटा परीक्षा त फेल भएको हो नि ! जिन्दगीमा यस्ता कति परीक्षा दिनु छ । परीक्षामा पास भएरमात्रै कसले उन्नति गरेको छ र ? फेल भए पनि म चाहिँ केही गरेर देखाइदिन्छु । पढाइको परीक्षामा फेल भएपनि जिन्दगीको परीक्षामा पास भएर देखाउँछु !’ उसले आँ्सु पुछ्यो । केही छिनअघिको घातक तर्कनाबाट मुक्त भएपछि उसले बिस्तारै ढोका खोल्यो । उसलाई बाहिरबाट बोलाइरहेका परिवारका अरु सदस्य खुसी देखिए ।    ाबअभदययप।अयmरथगनउबतज

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved