नियन्त्रणबाहिर साइबर अपराध - College Times : Educational Magazine
Headlines News :
Home » » नियन्त्रणबाहिर साइबर अपराध

नियन्त्रणबाहिर साइबर अपराध

Written By Neplee on Friday, August 17, 2012 | 7:08 PM

विराटनगर/सरकारले गरेको कडाइका कारण खुलेआम हुने साइबर अपराध पछिल्लो समयमा केही कमी आए पनि नियन्त्रणमा भने आउन सकेको छैन । साइबर क्याफेहरुमा पूर्ण क्याबिनहरु राख्न नपाउने नियम बनाइएपछि आपराधिक क्रियाकलापमा केही कमी भने आएको  सरोकारवालाहरुको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर अपराधका छिटपुट उजुरीहरु दर्ता हुने गरेका भए पनि पूर्ण क्याबिन हटाइएपछि उच्छृङ्खल गतिविधिमा कमी आएको छ ।
यता, विराटनगर महावीर रोडमा टिम साइबर क्याफे सञ्चालन गर्दै आएका टीका खतिवडा भने आपराधिक क्रियाकलाप जतिगर्दा पनि रोक्न नसकिएको गुनासो गर्छन् । उनले साइबरमा छिर्नेहरुलाई पोर्न साइट खोल्न प्रतिबन्ध लगाएका छन् । तर, पनि गोप्यरुपमा खोल्नेहरुले उनलाई हैरान बनाएको छ । खतिवडा भन्छन्, ‘थाहा पाएसम्म रोक्ने प्रयास गर्छौ तर जति गर्दा पनि लुकीछिपी चलाउँछन्, के गर्ने ?’
पोर्न साइट मात्रै नभएर साइबर क्याफेमा बसेर ििभडयो च्याटमा आफ्ना शरीरका अङ्गहरुको प्रदर्शन गर्नेजस्ता क्रियाकलाप पनि बारम्बार भेटिने बताउँछन्, विराटनगर–७ का युवा प्रजीत दाहाल । दाहालले भने, ‘मैले कतिपटक दुईतिरबाट ििभडयो च्याटमा बसेर शरीरका अङ्गहरु देखाएको देखेको छु ।’ उनलाई साइबर च्याटले आपराधिक क्रियाकलाप बढाउँदै युवालाई अँध्यारोतिर धकेलिरहेजस्तो लाग्छ । विराटनगर–१४ का अमित मिश्रका अनुसार पर्दासहितको क्याबिन हटाएपछि भने यस्ता गतिविधिमा कमी आएको छ ।
साइबरमा सबै उमेरका मानिसको उपस्थिति हुने भए पनि उच्छृङ्खल गतिविधिमा प्रायः १५ देखि २६ वर्ष उमेर समूहका युवाहरु बढी हुने गरेको साइबर सञ्चालक खतिवडा बताउँछन् । साइबर सञ्ंचालकका अनुसार साइबरमा बसेर फेसबुकमा अश्लील तस्बिर राख्ने सामान्य यौन क्रियाकलाप गर्नेहरु प्रसस्तै भेटिन्छन् । थाहा पाएसम्म रोक्ने प्रयास गरे पनि नियन्त्रण गर्न भने नसकिने उनीहरुको भनाइ छ ।  विराटनगरका दर्जन बढी साइबर क्याफेहरुबाट कुनै न कुनै रुपमा यस्ता गतिविधि हुने गरेको साइबर प्रयोगकर्ता सुजन कोइराला बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी साइबर अपराधकै नाममा अहिलेसम्म मुद्दा दर्ता नभए पनि यससँग सम्बन्धित तीनवटा घटनालाई सार्वजनिक अपराधका रुपमा मुद्दा चलाइएको बताउँछन् । उनका अनुसार फेसबुकमा अर्काको तस्बिर राखेर बदनाम गर्ने, वेभसाइट चोरी (ह्याक) गर्ने, एसएमएसबाट धम्की दिनेजस्ता घटनाका केही उजुरी जिल्ला प्रहरी कार्यालयमा परेका छन् ।
उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिलाई सोधपुछपछि छोडिएको र केहीलाई सार्वजनिक मुद्दा चलाएको उनले बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved