फरक अर्थमा विश्वव्यापीकर०ा - College Times : Educational Magazine
Headlines News :
Home » » फरक अर्थमा विश्वव्यापीकर०ा

फरक अर्थमा विश्वव्यापीकर०ा

Written By Neplee on Friday, August 17, 2012 | 6:24 PM

संसार साँघुरिएको छ । सञ्चारका क्षेत्रमा हात लागेको अप्रत्याशित अनि ऐतिहासक छलाङले भौगोलिक दुरीलाई नाटकीयरूपमा छोट्याएको छ । भौगोलिक दुरी अब कुनै ठूलो चिन्ताको विषय रहेन । इन्टरनेटको बिस्तारले विश्वको क्षेत्रफल कोचिएर एउटै कम्प्युटरको भाँडोमा अटाएको भान हुन्छ । मानिस त्यसमा पनि युवा–युवती आफूलाई कुनै भौगोलिक घेराभित्र सीमित नराखेर विश्वमञ्चमा प्रस्तुत हुन चाहन्छन् । अझ मानौं राष्ट्रको घेराबाट अघि बढेर प्रस्तुत हुन चाहन्छन् । अर्थात् चलनचल्तीको भाषामा भन्नुपर्दा हामी विश्वव्यापीकरणतर्फ उन्मुख छौं ।
विश्वव्यापीकरणको अवधारणा नौलो होइन । नब्बेको दशकमा इन्टरनेटको चामत्कारिक उपलब्धिले विश्वव्यापीकरणलाई बढावा दिएको हो । राजनीतिक आधारमा महादेश र देशजस्ता विभाजनका बाबजुद भावनात्मक रूपमा समग्र विश्व एक राष्ट्रको अवधारणा नै विश्वव्यापीकरण वा भुमण्डलीकरणका रूपमा बुझ्न सकिन्छ । संसारका सबै मानिस आफ्नै दाजुभाइ–दिदीबहिनी अनि विश्वका सबै मानिस एकै परिवारजस्ता नाराले विश्वव्यापीकरणलाई इङ्गित गर्छन् । विश्वका सबै जात–जातिप्रति सद्भाव, एक–अर्काको संस्कृतिको सम्मान हुनु स्वतस्फूर्तरूपमा सकारात्मक पक्ष हो । तर, आज विश्वव्यापीकरण यी घेराभित्र मात्रै सीमित छैन ।
आज हाम्रोजस्तो विकासोन्मुख राष्ट्रहरूमा आधुनिकता अनि विकासका नाममा वैदेशिक विशेषतः पश्चिमा सामाजिक मूल्यमान्यता ती हदसम्म मात्रै स्वीकार्य हुन सक्छन्, जब तिनको अनुशरणले आफ्नो मौलिक संस्कृति र चालचलनमाथि आक्रमण गर्दैनन् । आफू हुनुको भाव त्यस अर्थमा मात्रै प्रमाणित हुन्छ, जब राष्टूको आफ्नै संस्कृति, भाषा, भेषभुषा अनि लवजले आफूलाई समेत प्रतिनिधित्व गर्छ । तर, आजको हाम्रो पुस्ताले आफ्नो मौलिकताप्रति गर्व गर्न सकिरहेको छैन । आयातित संस्कृतिमा झुम्मिँदै समयसापेक्ष भएको होङ गर्ने यो पुस्ताले बुझ्न नसकेको पक्ष के हो भने विश्वव्यापीकरणको आडमा आफ्नो संस्कृति, भाषा अनि भेषभूषालाई लात हान्नु भनेको आफ्नो अस्तित्वलाई नै स्वीकार्न नसक्नु र आफ्नो पहिचानलाई नै आत्मसमर्पण गर्नुबाहेक अरू केही होइन ।
आज कतिपय ठूला, विकसित अनि साम्राज्यवादी मुलुक अघोषितरूपमा विश्वव्यापीकरणका नाममा आफ्नो सांस्कृतिक–भाषिक विस्तार चाहन्छन् । आफ्नो कलालाई अरू राष्ट्रमा फैलाएर अप्रत्यक्षरूपमा भाषिक अनि सांस्कृतिक साम्राज्य विस्तार गर्दै आफ्नो प्रभुत्व जमाउने कार्य गर्दैछन्, जसको चपेटामा परेर हाम्रोजस्ता विकासशील राष्ट्रहरू पहिचानविहीनतातर्फ लम्किरहेका छन् । हेर्दा नदेखिन सक्छ, हाम्रोजस्ता राष्टमा यी साम्राज्यवादीहरूले सामाजिक हस्तक्षेप र कालान्तरमा विश्वको सांस्कृतिक एकाधिकार चाहन्छन् ।
आज अङ्ग्रेजी भाषालाई विश्व भाषाका रूपमा लिइँदैछ, अनि जुनसुकै हालतमा पनि हामी अङ्ग्रेजी भाषालाई अवलम्बन गर्न विवश छौं । हाम्रो दिनचर्यालाई नै एकपटक नियालौं न, हामी पाश्चात्य ‘हिप–हप’ संस्कृति अवलम्बन गर्न रुचाउँछौ । अझ ‘पङ्क कल्चर’ भन्दै अङ्ग्रेजी हेभी मेटल गीत सुन्दै कोरियन सिनेमामा झुम्मिन्छौं । आजका हाम्रा सांस्कृतिक कार्यक्रमहरूमा हाम्रो ऐतिहासिक मौलिक नेपाली गीतहरूमा नृत्य प्रस्तुत गर्दा लज्जाबोध महसुस गर्छौं । यस्तो लज्जाबोध र अरुचि बोकेर हामी कुन पथमा अग्रसर छौं ? हाम्रो पहिचान कता जाँदैछ ? सोचौं त । यतिसम्म कि हामी नेपाली टेलिभिजन च्यानललाई समेत तिरस्कृत गर्छाैं । हाम्रा सिनेमा हलबाट नेपाली फिल्मले लगानी उठाउन सक्दैनन् । हाम्रो मानसिकता नै हीन भइसकेको छ । हामीले बुझेकै छैनौं, ती साम्राज्यवादीहरूले हाम्रा मस्तिष्कमा आफूप्रतिको हीनता भरिदिएका छन्, जसको प्रभावस्वरूप आज हामी उनीहरूको सांस्कृतिक गुलाम बन्दैछौं ।
विश्वव्यापीकरणको गलत बुझाइको सिकार भएको आजको पुस्ताले बुझ्नुपर्छ कि विदेशी राष्ट्रका भाषा, सङ्गीत, सिनेमा, नाटक, पुस्तक हेर्नु अनि पढ्नु मात्रै विश्वव्यापीकरण होइन । हाम्रो संस्कृति उनीहरूलाई अनुशरण गराउर्नु पनि विश्वव्यापीकरणकै सिद्वान्तअन्तर्गत हो । उनीहरूको स्यान्डवीच अनि चिकेन तन्दुरी हामीले खानै नहुने होइन तर समानान्तररूपमा हाम्रो गुन्द्रुक र ढिँडो पनि उनीहरूलाई खुवाऔं । हेर्दा सानोजस्तो लाग्ने यी कुराले राष्ट्रियता कमजोर पार्दै हामीमा आफ्नो पहिचानप्रति हीनताको विकास गर्दैछ ।  किनकि, साम्राज्यवादी राष्ट्रले विश्वव्यापीकरणलाई हतियारकारूपमा प्रयोग गरिरहेको सत्य कसैले नकार्न सक्ने अवस्था छैन ।
अर्पण गेलाल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved