खाना खानुअघि साबुन–पानीले हात धुनुपर्छ ।
फोहोर डस्टबिनमा हुनुपर्छ । चर्पीमा मात्र दिसापिसाव गर्नुपर्छ ।
पालो पर्खेर आप्mनो काम लिनुपर्छ ।
आप्mनो अधिकार खोज्दा अरुको अधिकार हनन गर्नुहुँदैन ।
२१ जनाभन्दा बढी जन्ती लानुहुँदैन ।
धुम्रपान, मद्यपान स्वास्थ्यका लागि हानिकारक छ ।
समय सबैभन्दा महत्वपूर्ण कुरा हो ।
अपाङ्गका लागि सभ्य भाषाको प्रयोग गरौं ।
स्वास्थ्य नै धन हो । स्वास्थ्य गए सबैथोक जान्छ ।
मात्रा नमिलाई जथाभावी औषधि खानुहुँदैन ।
छोरा–छारी, महिला र पुरुष बराबरी हुन् ।
निश्चित ठाउँबाट मात्र बाटो पार गर्नुपर्छ ।
जथाभावी हर्न बजाउनु हुँदैन । ट्राफिक सङ्केत पालना गर्नुपर्छ ।
झुण्डिएर यात्रा गर्नुहुँदैन ।
हतारमा दुर्घटना, फुर्सदमा पश्चाताप ।
लोभले लाभ लाभले विलाप हुन्छ ।
भ्रष्टाचार गर्नुहुँदैन । घुस लिनु–दिनुहुँदैन ।
केटाकेटीलाई पनि सहभागिताको अधिकार छ ।
पत्रकारको लेखाइ सत्य, तथ्य र निष्पक्ष हुनुपर्छ ।
विचार र प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ ।
अहिंसा परमो धर्म । सन्तोषम् परम् सुखम् ।
खाना, इन्धन र शक्ति खेर फाल्नुहुँदैन ।
चाडबाडमा अनावश्यक तडकभडक गर्नुहुँदैन ।
ठूलालाई आदर, सानालाई माया गर्नुपर्छ ।
जसको कोही हुँदैन उसको कानुन हुन्छ ।
टायर बाल्नुहुँदैन । हरियो रुख काट्नुहुँदैन ।
यौनकर्म व्यवस्थित र मर्यादित हुनुपर्छ ।
विदेशी स्याउभन्दा स्वदेशी नास्पती मीठो हुन्छ ।
धैर्य गर्न सक्नुपर्छ । प्रतीक्षाको फल मीठो हुन्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !