नकारात्मक ठान्दा पानी माछाको जुठो हो, सकारात्मक ठान्दा गङ्गाजल । हरेक कालोबादलमा चाँदीका घेरा हुन्छ भनेजस्तो पढेलेखेका मान्छेको व्यवहारको कोइलाखानीमा केही उल्लेख्य हीरा पनि देखिएका छन् । सहजकर्ताहरूले मानवीय असन्तुष्टि र भौतिक अभावका बीचमा पनि ‘हामीले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने ?’ भन्ने परिवर्तनको सूत्र समाजमा स्थापित गर्न केही सफलता पाएका छन् । हाम्रो समाजमा यस्ता केही सूचकहरू पनि देखिएका छन्, जसले सकारात्मक भविष्यको सङ्केत गर्छ ः
१) प्रायः मान्छेको खुट्टामा जुत्ता वा चप्पल हुन्छ ।
२) आप्mनो ठाउँलाई खुला दिसामुक्त क्षेत्र बनाउन जनता जुटेका छन् ।
३) राजनीति र विभिन्न पेसामा महिलाहरूको र शिक्षालयमा छात्राहरूको सङ्ख्या उल्लेख्य हुँदैछ ।
४) भेदभाव र छुवाछुत कम हुँदैछ ।
५) सती प्रथा, दास प्रथा, कमैया प्रथा उन्मूलन भएको छ ।
६) समानता र पहिचानको मुद्दामा सार्वजनिक बहस चलेको छ ।
७) अधिकारप्राप्ति र समाजसुधारका लागि भएका प्रयास र अभियानको नेतृत्वमा पढेलेखेका मान्छेको अगुवाइ र साथ छ ।
८) समाज रुपान्तर र आधुनिक हुँदैछ ।
९) झमककुमारी घिमिरे, वियोग सापकोटाहरू स्थापित गराउन समाजको साथ छ ।
१०) महिला हिंसा, घरेलु हिंसाको दर र खुलमखुल्लापनमा कमी आएको छ ।
११) बालविवाह उन्मूलननजिक छ ।
१२) अस्पतालमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढ्दो र मातृ–शिशु मृत्युदर घट्दो छ ।
१३) साक्षरता प्रतिशत बढेको छ ।
१४) व्यक्तिमा घर, समाज, राष्ट्र र विश्व समुन्नत बनाउने चिन्ता छ ।
१५) शोकलाई शक्तिमा बदलिनुपर्छ, फोहोरलाई मोहोर बनाउनुपर्छ भन्ने मान्यता स्थापित हुँदो छ ।
१६) थोरै समयको अन्तरालमा आम मान्छेसम्म अत्याधुनिक सञ्चार–साधनको पहुँच भएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !