– तिमोथी अर्याल
वरिष्ठ लेखक तथा मनोविज्ञ
ऋययचमष्लबतयचस् एन्म् ष्ल ऋयगलकभष्लिन एकथअजययिनथ त्चष्अजबलमचब ऋबmउगक
विद्यार्थीले समाजको मनोविज्ञानलाई कसरी पढिरहेका हुन्छन् ?
– विद्यार्थी चेतनशील, जिज्ञासु र छिटो सिक्ने समूहका व्यक्तिहरू भएकाले समाजमा भएका हरेक कुरालाई उनीहरूले अवलोकन र मूल्याङ्कन गरिरहेका हुन्छन्, अनि तीमध्ये धैरे कुराहरू अनुकरण गर्न पुग्छन् ।
पढेलेखेका मान्छेबाट समाजले कस्तो व्यवहारको आस गरेको हुन्छ ?
– पढेलेखेका व्यक्तिबाट समाजले थुप्रै्र कुराहरू आस गरेका हुन्छ । जस्तै ः योगदान, इमान्दारिता, नमूना, आदर्शपन आदि ।
व्यक्तिको पढाइअनुसार व्यवहार नदेखिनुको कारण के हो ?
– पढेलेखेका व्यक्तिमा जसरी शिक्षा र डिग्री बढ्दै जान्छ त्यसअनुसार नैतिकता बढ्न नसकेपछि उनीहरूबाट असामाजिक व्यवहार देखिनु स्वभाविक कुरा हो ।
दैनिक व्यवहारमा सचेतना बढाउन मान्छे किन तत्पर हु“दैन ?
– परिवर्तन कष्टदायी र चुनौतीपूर्ण हुन्छ । परिवर्तनले मूल्य माग गर्छ । यदि परिवर्तनका क्षेत्र र बुँदाहरू बेठिक छन् भने परिवर्तन नहुनु ठिक छ । तर, असल कुरा सिक्न र परिवर्तन हुन नखोज्नु कमजोरी हो ।
अहिलेको पुस्ताले नया“ आउने पुस्तालाई कस्तो शिक्षण गरिरहेको छ ?
– नयाँ पुस्ताले पुरानो पुस्तालाई हेरिरहेको हुन्छ; जसरी एउटा बालकले अभिभावकलाई । यसकारण नमूना दिन सक्ने गरी (काम, व्यवहार र भनाइमा) शिक्षित व्यक्तिहरू जिउनुपर्छ ।
पढाइ, प्रवृत्ति र प्रयोगको सङ्गति कसरी मिलाउन सकिएला ?
– शिक्षाको मुख्य उद्देश्य नै व्यवहारमा परिवर्तन र सिकेको कुरा कार्यान्वयन गर्नु हो । यदि शिक्षाबाट धारणामा परिवर्तन आउँदैन एवम् सिकेको कुरा प्रयोगमा आउँदैन भने पढाइ फाइदाजनक हुन सक्दैन ।
शिक्षित व्यक्तिले गर्ने ‘भ्रष्टाचार’का उदाहरण कस्ता छन् ?
– शिक्षित व्यक्तिले गर्ने भ्रष्टाचार अरू सामान्य व्यक्तिको भन्दा फरक हुन्छन्, जस्तै ः दक्ष दोषारोपण, कुशल प्रकारले काम पछि सार्ने, बोलेको कुरा पूरा नगर्ने, गल्ती स्वीकार नगर्ने, आफूलाई नसुधार्ने, नियम कानुन र शिक्षाको दुरुपयोग गर्ने, समयको उचित प्रयोग नगर्ने, अरूबाट अनावश्यक फाइदा उठाउने, आप्mनो शिक्षाले आप्mनै सेवा सत्कार गर्ने ।
नया“ पुस्ताका लागि कस्तो व्यक्ति ‘आदर्श’ हुन्छ ? के नेपाली समाजमा त्यस्तो व्यक्ति पाउन सम्भव छ ?
– मेरो विचारमा आदर्श व्यक्ति त्यही हो जसले बोल्नुअघि विचार गर्छ अनि बोलेको कुरा पूरा गर्छ । साथै, आप्mना कमजोरी सबैको अघि स्वीकार गरी गल्तीलाई सुधार्दै लैजान्छ । तर, गल्ती नगर्ने मानिस कोही पनि छैन । यसैले गल्ती र कमजोरी स्वीकार गरी तिनलाई घटाउँदै लानु मुख्य कुरा हो । अबको समयमा स्वीकार गर्ने आदर्श व्यक्तिको रूपमा कुनै एउटा व्यक्ति खडा हुन कठिन छ । किनभने अबका मानिसहरूले धेरै कुराहरू विचार गरेर एउटा व्यक्तिको जीवनलाई विश्लेषण गर्छन् । अरूलाई आदर्श ठानेर अनुकरण गर्नेभन्दा आप्mनो जीवनलाई सुधार गर्दै लाने व्यक्ति बुद्धिमान हो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !