मिलेको छैन पढाइ - College Times : Educational Magazine
Headlines News :
Home » » मिलेको छैन पढाइ

मिलेको छैन पढाइ

Written By Neplee on Saturday, June 16, 2012 | 9:25 AM

सुविद गुरागाईं
‘जसले समयलाई बर्बाद गर्दछ, समयले त्यसलाई बर्बाद गर्दछ,’ भन्ने उद्दरण घरको भित्तामा लेखेका राजेन्द्र शर्माको धेरैजसो समय कि चेस खेलेर कि साथीहरूसँग गफ गरेर बित्छ । व्यक्तिगत सरसफाइका लागि एक घन्टा, शौचालयका लागि एक घन्टा, पूजापाठका लागि एक घन्टा, खानाका लागि एक घन्टा, खानापछिको आरामका लागि दुई घन्टा समय खर्च गर्नु उनको दैनिकी हो । त्यसपछि खेल र गफको पालो आउँछ । बीबीएस गरेका शर्मा ठेक्कापट्टाको काममा बेलाबेलामा च्याँखे थाप्छन् । कहिले पर्छ, कहिले पर्दैन । त्यत्ति हो उनको आम्दानीको स्रोत ।
स्नातक प्रथम वर्षमा अध्ययनरत् राधिका चौलागाईं बिहान अबेलासम्म सुत्छिन् । राती १२ बजेसम्म फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र गुगल नेट सर्फाइङमा व्यस्त हुनु अविवाहित राधिकाको दैनिकी बनेको छ । उनले बिहानको सूर्य देख्न नपाएको वर्षाैं भइसक्यो । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठ्ने बानी भए त्यसले जीवनमा कति फाइदा हुन्छ भन्ने पढेकी उनी चाहेर पनि आप्mनो बानी परिवर्तन गर्न नसकेकोमा दिक्दार छिन् । साथीहरूले कुबेलासम्म सुत्ने बानीका बारेमा प्रश्न उठाए उनको भनाइ हुन्छ, ‘बिहेपछि  आइलागे बिहान उठ्ने बानी गरुँला नि !’
सिन्धुलीको एक उच्चमाविका शिक्षक जीवन आचार्यले सोही विद्यालयमा कक्षा ११ अध्ययनरत् आफ्नै छात्रा सीमा खनाललाई भगाए । घरेलु हिंसाका कारण पहिली श्रीमतीले छोडेर माइत गई बसेको तीन वर्ष भएका आचार्यले सीमासँग एक वर्ष अघिदेखि हिमचिम बढाएका रहेछन् । पूर्वीय मान्यताअनुसार छात्रालाई चेली वा छोरी–बहिनीको दर्जामा राखेर हेर्नुपर्नेमा यौनिक दृष्टिले हेर्दा शिक्षकको मर्यादा तल झरेजस्तो लागेन ? भन्ने जिज्ञासामा आचार्यले भने, ‘प्रेम भन्ने कुरो कहाँ, कहिले, कोसँग हुन्छ भन्न नसकिने रहेछ । दुवैको आवश्यकता मिलेपछि मनलाई कसरी रोक्नु ?’ घटनापछि विद्यालयले आचार्यलाई सेवाबाट हटाइसकेको छ ।
प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी सुनिता घिमिरे गत महिना प्रणामी धर्मका मानिसले आयोजना गरेको सहभोजमा सहभागी भएकी थिइन् । त्यो भोजमा अन्य सहभागीहरूले खानेकुरालाई बालकृष्णको प्रसादका रूपमा मानेको, आपूmले खान सक्ने जति मात्र लिएको र एउटै अन्न नफालेको देखेर घिमिरे छक्क परिन् । बिहे–बटुलोको भोजमा जाँदा वा घरमै पनि खान बस्दा पेटको अवस्था अनुमान नगरी खानेकुरा लिने र फाल्ने आप्mनो बानी सम्झेर उनलाई कुरीकुरी लाग्यो । अबदेखि आपूm पनि खानेकुरा नफाल्ने अठोट लिएर उनी प्रणामी मन्दिरबाट फर्किन् ।
सुकदेव मण्डल पेशाले कानुन व्यवसायी हुन् । अधिवक्ता मण्डलले पारिवारिक उक्साहट र संस्कारगत अशांकामा परेर एकदिन पत्नी शोभामाथि हातपात गरे । घरको काम छोडेर गाउँमा ‘नेतागिरी’ गरेको आरोप शोभामाथि लगाइएको थियो । घटना स्थानीय पारालिगल कमिटी हुँदै शान्ति समितिसम्म पुग्यो । हाल सबैले सम्झाई–बुझाई शोभालाई घरमै बस्न सहमत गराएका त छन् तर उनी भित्रभित्रै भुसको आगोजस्तो असन्तुष्टिको रापमा सल्किरहेकी छिन् । पत्नीउपर हातपात नगर्दा हुँदैनथ्यो ? भन्ने जिज्ञासा राख्दा मण्डलले भने, ‘हाम्रो मिथिला संस्कृति भएको परिवारमा बुबाआमा छउञ्जेल बुहारीले घरमा एउटा मर्यादाभित्र बस्ने चलन छ । कहिलेकाहीँ त्यो कुरा आत्मसात गर्न नसक्दा स्थिति अनपेक्षित पनि भइदिन्छ । तर, घटनाप्रति मलाई खेद छ ।’
कक्षा ११ मा पढ्ने राजेश राई साथीहरूको देखासेखीमा क्यान्टिन वा अरू खास भेटघाटमा ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ,’ भन्ने नाराको खिल्ली उडाउँदै चुरोट तान्न पल्किसकेका छन् । साथीभाइसँग भेटघाट हुँदा ‘धुम्रपान स्वास्नीका लागि हानिकारक छ, अहिले हाम्रा स्वास्नी नै छैनन्, त्यसैले बालै भएन,’ भन्दै चुरोट तान्ने उनीहरूको साथी–समूहको गतिविधि कलेजको टाउको दुखाइको विषय भइसकेको छ । एकदिन शिक्षकहरूले सुइँको पाएछन् । कार्यालयमा लगेर प्राचार्यले हप्कीदप्की गर्दै कारवाहीको डर देखाएपछि उनीहरूले कान समातेर माफी मागे । शिक्षकहरूका सामु १० पटक उठबस पनि गरे । तर, कुलततिर बढ्दो उनीहरूको कदम रोकिएको छैन । चियासँगै सूर्य चुरोट र मधु गुट्खा पनि थपिएको छ ।
व्यापारी रुद्र महर्जन(स्नातक)लाई बेलाबेलामा टाउको दुख्ने, हातखुट्टा झम्झमाउने रोग छ । र, त्यसको औषधि पनि उनलाई थाहा छ । ब्रुफेनका केही चक्कीहरू प्रायः उनीसँगै हुन्छन् । समस्या प¥यो कि एउटा ट्याबलेट निकालेर मुखमा हाल्छन् । पानी पनि चाहिँदैन, थुकले घुटुक्क निल्छन् । नभन्दै केही राहत पनि हुन्छ । चिकित्सकलाई जँचाएर, मात्रा मिलाएर औषधि खानुपर्ने उनलाई थाहा छ, तर आपूmखुसी औषधि खानु उनको बानी नै बनिसकेको छ । यसबारे महर्जन भन्छन्, ‘प्रत्येक पटक डाक्टरलाई जँचाउन जानु, फी तिर्नु झन्झटिलो र खर्चिलो हुन्छ, आखिर डाक्टरले पनि त्यही औषधि दिने त हुन् नि !’
मुलुकको एउटा उच्च शैक्षिक केन्द्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा नर्सिङ, एमबीबीएस र एमडी गर्दै गरेका सयौं विद्यार्थीहरू बस्छन् । तिनले छात्रावासका ढोका–भित्तामा सहपाठीलाई लक्षित गरी अनेकांै अश्लील शब्द तथा चित्र लेखेका, कोरेका छन् । त्यहीँ अध्ययनरत एक छात्रले छात्रावासमा बस्ने आपूmभन्दा सिनियर विद्यार्थीले पढाइमा ध्यान केन्द्रित गर्ने बाहानामा गाँजासमेत तान्ने गरेको र तिनै विद्यार्थीले राम्रो नम्बर ल्याउने गरेको देखेर आपूm छक्क परेको बताए । छात्राबासमा मात्र होइन विद्यालय, क्याम्पस, शौचालय, चमेनागृहका भित्ता, डेस्कबेञ्च आदिमा जथाभावी फोहोरी शब्द र चित्र लेख्ने विद्यार्थीको कमी छैन हाम्रो सेरोफेरोमा । तर, यो प्रवृत्तिलाई शिक्षकले चाहेमा नियन्त्रित गर्न सक्छन् भन्ने लाग्छ स्नातकोत्तर दोस्रो वर्षका छात्र बद्री कोइरालालाई । उनका अनुसार शिक्षकमा सहजीकरण सीपको अभाव पनि एउटा सामाजिक समस्या बनेको छ ।
इनरुवाका रञ्जन उपाध्यायका तीन छोराबुहारी काठमाडौंमा बस्छन् । पत्रकारिता र सरकारी सेवामा जमेका छन् उतै । घरमा आमा बिरामी छिन्, उस्तै पर्दा पानी खुवाउने र अस्पतालसम्म लगिदिने कोही हुँदैन । उमेर र सरकारी सेवाबाट निवृत हुनुअघि उपाध्यायले जस–अपजस सहेर कमाएको पैसा छोराहरूलाई दीक्षित बनाउन र काठमाडौंमा टिकाउन लगानी गरे । तर, उनले बूढेसकालमा त्यो लगानीको फल खान पाएका छैनन् । बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि भएको छ ।
सेवानिवृत भएपछि छोराछोरीको साथ चाहिने बेलामा छोराबुहारी काठमाडौंमा र बाबुआमा गाउँ–घरमा छन् । पढेलेखेका छोराबुहारी सुविधा सम्पन्न सहर तथा विदेशमा र बूढा आमा–बुबा पुरानै गाउँ, दुर्गममा हुनु नेपाली समाजको साझा नियति बनेको छ अचेल ।
काठमाडौं तीनकुनेमा एउटा बडेमाको होर्डिङ बोर्डमा लेखिएको छ, ‘काठमाडौं–भक्तपुर सडक अन्तर्राष्ट्रियस्तरको छ तर हाम्रो व्यवहार नि ?’
०००
यस्ता केही घटना, पात्र र तिनका प्रवृत्तिले हाम्रो समाजमा विद्यमान ठूलो आकारको मनोसामाजिक समस्या उद्घाटन गर्छन् । हाम्रो पढाइ र व्यवहारको तालमेल मिलेको छैन । समाजमा एउटा साँच्चिकै आदर्श मान्नलायक व्यक्ति भेट्न गाह्रो हुँदै गएको छ । तर, पढेलेखेका मान्छेबाट आदर्श व्यवहारको आस गरेको हुन्छ समाजले ।
नेपालमा एउटा रुख काट्दा विश्वभरि भएका कूल जीवित रुखहरूको सङ्ख्याबाट एउटा घट्छ वा आप्mनो वरपर पाइने दुर्लभ जीवजनावरको सिकार गर्दा विश्व पर्यावरणमा असर पुग्छ भन्ने हामी सबैले पढेका छौं तर हाम्रो व्यवहार त्यसको प्रतिकूल छ । टायर बाल्दा वातावरणमा घातक असर फैलिन्छ भन्ने धेरैलाई थाहा छ । फेरि दागबत्तीको काममा शुद्धता महत्वपूर्ण ठान्ने सनातनी मान्यता छ । तर, वातावरण र शुद्धता दुवै दृष्टिले ‘अछुत’ मानिएको टायर हालेर चिता बाल्ने क्रम फेसनजस्तै भएको छ अचेल । मलामीमा अनेक पेशाकर्मी र पढेलेखेका मानिस हुन्छन् तर त्यसरी टायर बाल्नुहुँदैन भनी सम्झाउने मान्छेको बहुमत भेटिँदैन । वातावरण प्रदूषणको एउटा मुख्य कारक टायर दहनको सडक–लीला गर्ने अधिकांश विद्यार्थी नै हुन्छन् ।
हाम्रा अनपेक्षित व्यवहारका अनेकौं उदाहरण छन्, हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्ने । चिकित्सकहरू रोगीलाई चुरोट–रक्सी नखान सल्लाह दिन्छन् तर, कतिपय आफैं त्यसका लती हुन्छन् । तेल व्यापारीले पेट्रोलमा मट्टितेल मिसाएकै हुन्छ । तर, ट्याङकर वा पेट्रोलपम्पमा   लेखका हुन्छन्– पेट्रोलियम पदार्थमा शुद्धता, हाम्रो प्रतिबद्धता । यसमा सबैभन्दा दुःखलाग्दो कुरा त के छ भने, संसारमा जति पनि पढेलेखेका मानिसहरू छन्, तिनीहरूमध्ये नै अधिकांश झुठको खेती गर्ने र भ्रष्टाचारी छन् ।
अधिकांश पत्रकार सिद्धान्ततः सन्तुलित र जस्ताको त्यस्तै समाचार लेख्दैनन्, बरू आप्mनो विचार थोपर्न शब्दहरूको खेती गर्छन् भन्ने समाजको गुनासो छ । खाना खानुअघि साबुन–पानीले हात धुनुपर्छ भन्ने ज्ञान भए पनि अधिकांश पढे–लेखेका र सचेत भनिएका मान्छेहरूले खाना खानुअघि साबुनको खोजी गर्दैनन् । गैरकानुनी रूपमा जन्तीमा मान्छे सहभागी गराउने, अनावश्यक तडक–भडक देखाउने पढेलेखेकै मान्छे बढी हुन्छन् ।
आप्mनो अधिकारको सवाल वा मुद्दा स्थापित गराउन अर्काको अधिकार हनन् हुने काम गर्नुहुँदैन भन्ने हामी सबैलाई थाहा छ । तर, बन्द, हड्ताल, चक्काजामजस्ता अलोकप्रिय कार्यक्रम गरेर अरूको पढ्न पाउने, स्वतन्त्रतापूर्वक हिँडडुल र व्यापार–व्यवसाय गर्न पाउने, समयमै सेवा पाउने आदि अधिकार हनन् गरेर रमाउने हामी नै हांै । अहिंसा परमोधर्म हाम्रो नीति हो तर काटमार गर्न, बलि दिन पाउँदा अधिकांशलाई सन्तोष मिलेको देखिन्छ । हामी सन्तोषलाई परम् सुख भन्छौं तर असन्तोषको भुमरीमा रुमलिइरहेका हुन्छौं ।
०००
भनिन्छ, विद्यालयले व्यक्तिको सिकाइ प्रक्रियालाई औपचारिकता मात्र दिने हो । जन्मदेखि मृत्युसम्म मान्छेले भोगेको परिवेश, नजिकका पात्र र स्वअनुभवबाट सिकिरहेको, प्रभावित भइरहेको हुन्छ । त्यसैले समाज एउटा खुला विश्वविद्यालय हो । तर, दुर्भाग्य व्यक्तिको सिकाइ प्रक्रियाको यस्तो महत्वपूर्ण उत्प्रेरक समाजका अधिकांश पात्रहरूको व्यवहार भने ‘पढेका मान्छेको जस्तो’ छैन । पढिएका सिद्धान्त व्यक्तिको व्यवहारअनुकूल देखिँदैनन् । यो आलेख तयार पार्ने क्रममा अन्तक्र्रिया गरिएका अधिकांश स्रोतव्यक्ति यसलाई समाजले ध्यान नदिएको एउटा जटील समस्या बताउँछन् । उनीहरूको विचारमा कतिपय प्रसङ्गमा समाजले थाहा पाएर पनि बुझ पचाइरहेको छ ।
शिक्षक मासिक पत्रिकाका सल्लाहकार सम्पादक केदार शर्मा समाजले बालकलाई प्रारम्भमै पढाइ र व्यवहार अलग कुरा हुन् भन्ने कुरा सिकाउनाले अनपेक्षित परिणाम आएको बताउँछन् । ‘पढी–लेखी के हो काम, हलो जोती खायो माम’, ‘कि पढेर जानिन्छ कि परेर जानिन्छ’जस्ता उखान र कथनले  हामीलाई खेती गर्नका लागि पढ्नुपर्दैन वा पढ्नेले खेती गर्नु हुँदैन, व्यवहारमा पर्नु र पढ्नु विपरीत ध्रुवका विषय हुन् भनेर सुरुमै सिकाउने गरेका छन् ।’ यस्तै विरोधाभाषहरूका कारण शिक्षाले दिने ज्ञान र दैनिक व्यवहारको सङ्गति नमिलेको शर्माको विश्लेषण छ ।
सानो छँदा ‘हातको मैला सुनको थैला के गर्नु धनले’ भन्नेजस्ता आदर्श विचारबाट प्रभावित पारिन्छ तर उमेर बढ्दै जाँदा  जतिसक्दो धन कमाउने दबाब आउँछ । अहिले पढाइको प्राज्ञिक र आत्मोन्नतिको पक्ष गौण भएको छ र
राम्रो कमाइ गराउन सक्ने पढाइलाई राम्रो मानिन्छ । सायद हामी पैसाको भोको, दरिद्रपुस्ता तयार गरिरहेका छौं ।
‘हाम्रो पढाइ जीवन केन्द्रित हैन परीक्षा केन्द्रित छ । र, पढेको कुरा व्यवहारमा रूपान्तर गर्नुपर्छ भन्नेमा कमै मान्छेको ध्यान गएको छ ।’ ओशो दर्शनबाट प्रभावित कलाकार विक्रमश्रि भन्छन्, ‘यो शिक्षाले ठालू मान्छे बनाउन आपूmलाई समर्पित गरेकाले असल मान्छे बनाउन नसकेको हो ।’
व्यक्तिलाई तालिम दिन र व्यवहार परिवर्तन गर्न समाजले अधिक प्रयोग गरेको तरिका नै गलत भएको टिप्पणी गर्दै कलाकार श्रि ओशोले समाज रूपान्तरणका लागि क्रान्तिकारी विचार दिएको बताउँछन् ।
ओशो विचारअनुसार शिक्षा मानवीय स्वभावलाई उद्घाटन गर्ने विज्ञान वा साधन हो । यसले मानवीयतालाई उत्खनन् गर्नुपर्छ । त्यसैले असल शिक्षकले पढाउन छोडेर बालकको सिकाइ प्रक्रियालाई उत्प्रेरित गर्नका लागि सहयोगी भूमिका गरे व्यक्तिको आचरण ज्ञानअनुकूल हुन पुग्छ ।
हाम्रो समाज, मान्यता र व्यवहारमा सङ्गति नहुनु परिस्थिति, अनुवांशिकी, बढ्दो आडम्बर, अचेतन मनको प्रभाव आदि कारणहरूमा निर्भर रहेको चिकित्सकहरू बताउँछन् । कतिपय विशेषज्ञहरू आप्mनो अध्ययन क्षेत्र र विशेषज्ञता बाहिरको कुरामा पनि टिप्पणी गर्छन् । यो पनि पढाइ र व्यवहार नमिलेको एउटा उदाहरण भएको बताउँछन्, मानसिक स्वास्थ्यमा स्नातोकोत्तर डा. बैकुण्ठ अधिकारी । पढेको कुरा व्यवहारमा लागू भएन भन्ने मात्र होइन, यसलाई कसरी व्यवस्थापन र समायोजन गर्ने भन्ने चुनौती पनि रहेको अधिकारीको तर्क छ । क्याप सिद्धान्त ९प्ब्ए.प्लयधभिमनभ, ब्ततष्तगमभ, एचबअतष्अभ ज्ञान, व्यवहार र अभ्यास) अनुसार ज्ञानमा भएको सबै कुरा अभ्यासमा जान्छ भन्ने हुन्न, अनेकौं कारणले प्रभावित भएर बीचमै अलमलिन सक्छ । ‘तर, उचित मनोविमर्श तथा उपचारपद्दतिले व्यक्तिमा सकारात्मक व्यवहार र अभ्यासको मात्रा बढाउन सकिन्छ,’ डा. अधिकारीले भने, ‘पढेलेखेका व्यक्तिको अबोध उपस्थिति देख्दा मलाई विस्मय लाग्दैन बरु उपचारका लागि सहजीकरण गर्ने उत्प्रेरणा जागेर आउँछ ।’
वाणिज्यशास्त्रमा स्नातकोत्तर डम्बर खतिवडाले समाज र राजनीति सुधारका लागि आपूmलाई केन्द्रित गरेका छन् । वाणिज्यका विद्यार्थीले राजनीतिलाई पेसा बनाउनुपरेको आप्mनो जीवनशैलीलाई पनि सङ्गति नमिलेको ठान्छन् उनी । विभिन्न सञ्चारमाध्यममार्फत् राजनीतिक विचार लोकार्पण गर्ने खतिवडा हाम्रो समाजमा सुरुमै बच्चाहरूको मनोविज्ञान अध्ययन गरी रुचिअनुसारको विषय छनोटका लागि सहजीकरण गर्ने परिपाटी कम भएकाले अध्ययन र व्यवहारको तालमेल नमिलेको बताउँछन् ।
वैकल्पिक विचार मञ्चका संयोजकसमेत रहेका खतिवडाका अनुसार जति मान्छेले कानुन पढ्छन्, ती सबैका लागि वकील भएर ‘प्राक्टिस’ गर्ने ठाउँ छैन । कमर्स पढ्ने सबैका लागि बजारमा काम छैन । शिक्षा पढ्ने सबैले शिक्षक हुन पाउने दरबन्दी छैन । फलतः मान्छे विकल्पतिर जान बाध्य हुन्छ । पढाइ र दैनिक व्यवहार नमिल्नुको एउटा कारण यो विरोधाभास पनि हो ।
बुद्धि तीन किसिमको हुन्छ, शारीरिक, मानसिक र भावात्मक । पढेको कुरालाई अनुभूतिको तहमा नपु¥याउन्जेल  व्यवहारमा देखिँदैन । शिक्षा बुद्धिजन्य ज्ञान भएकाले अनुभूतिजन्य अर्थात् भावात्मक ज्ञानमा रूपान्तर नगर्दासम्म बोध र व्यवहारमा मेल नदेखिने खतिवडाको भनाइ छ ।
एमएससी प्रथम वर्षका छात्र सञ्जीव सापकोटाको विचारमा हाम्रो समाजमा जीवनलाई विज्ञानसम्मत बनाएर उपभोग गर्ने परिपाटीको विकास भइसकेको छैन । त्यसबाहेक हामी आपूmभित्रै प्रतिबद्धताको कमी भएकाले चेतनशील मान्छेले पनि गर्नै नहुने काम गरिरहेका हुन् । ‘हामी जे पढ्छौं, जे बोल्छौं त्यो पढाइ र बोलाइमा मात्र सीमित छ,’ सापकोटा भन्छन्, ‘हाम्रो पढाइ खास उद्देश्य प्राप्तिमा केन्द्रित हुनुपर्छ । नकारात्मक सामाजिक धारणा र सिद्धान्तलाई सकारात्मकतामा परिणत गर्न चिन्तनको मात्रा बढाउनुपर्छ ।’
पढेलेखेका मान्छेलाई ‘अज्ञानी’को संज्ञा दिन मन पराउँछन्, जादुगर द ग्रेट सुशील । ‘संसारमा जति धेरै पढेका मानिस छन्, तीभन्दा ‘अज्ञानी’ कोही छैनन्,’ सुशील भन्छन्, ‘कारण, उनीहरूले माथिल्लो तहको पढाइ पूरा गर्दा–गर्दै तलको साधारण सामान्य ज्ञानका कुरा पनि बिर्सिसकेका हुन्छन् ।’ त्यसबाहेक पढेलेखेका मानिस आप्mनै विशेषज्ञताको आत्मरतिमा रमाउने र मैले गरेका कुरा जे पनि ठीक भन्ने मनोरोगले ग्रस्त हुने हुँदा पढाइ र व्यवहारको मेल नहुने सुशील बताउँछन् ।
चर्चित कवि÷शिक्षक मनु मञ्जिल विकासशील हाम्रो राष्ट्र आधा बुझिएको, आधा नबुझिएको, आधा भेटिएको, आधा नभेटिएको, आधा यथार्थ, आधा सपना बोकेर सङ्क्रमणकालबाट अघि बढिरहेकाले समाज र शिक्षाको सवाल पनि अपेक्षित हुन नपाएको बताउँछन् । मञ्जिलको विचारमा २५ वर्ष पुरानो घोकन्ते पाठ्यक्रमको टाउको बोकेर हिँड्नु परेकाले व्यक्तिको बोध र व्यवहार उस्तै हुन नपाएको हो । उनले दुई बुँदामा विषय प्रस्ट्याउन चाहे । पहिले, हाम्रो अभिमुखीकरण सही छैन । अर्काका लागि स्कुल कलेज जाने, करले पुस्तक पढ्ने, शैक्षिक कार्यक्रममा सहभागी हुने परिपाटी छ । दोस्रो, शिक्षा संस्कार वा जीवनशैली भएन । सही अभिमुखीकरण प्रविधि र शिक्षा आत्मसात गर्ने चिन्तन नहुँदा अहिले पुस्तान्तरमा सामाजिक समस्या देखिएको तर्क राख्दै मञ्जिल प्रश्न गर्छन्, ‘विज्ञान, साहित्य, वाणिज्य, शिक्षा जे पढे पनि क्लर्कले पढेजस्तो लाग्छ, अनि कसरी मिल्छ त शिक्षा र व्यवहारको सङ्गति ?’
०००
नेपालको शिक्षानीति मात्र होइन राजनीति, अर्थनीति, कृषिनीति, स्वास्थ्यनीति, सुरक्षानीति, विकासनीति, विदेशनीति आदिको सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर देखेर भाषाविज्ञ डा. टङ्क न्यौपाने क्षुब्ध छन् । समाज र राष्ट्रका नीतिहरू के हुने, कस्तो हुने भनी सिकाउने प्रमुख दायित्व भएको त्रिभुवन विश्वविद्यालय नै भताभुङ्ग भएकाले हाम्रो पढाइ मात्र होइन गराइ पनि नमिलेको न्यौपानेको तर्क छ ।
डा. न्यौपानेका अनुसार हाम्रो समाजमा सामाजिक चेतनाको विकास क्रमिकरूपमा हुन नपाएकाले यो समस्या आएको हो । फलस्वरूप राजनीतिक अस्थिरता ज्यादा भएर शिक्षामा पनि असर परेको छ । सामाजिक विकास अवरुद्ध भएपछि चेतनामा प्रभाव पर्ने नै भयो ।
‘हामीले लोकतन्त्रलाई गलत व्याख्या ग¥यौं । दण्डहिनता र हुल्याहापनलाई राजनीति भनेर बुभ्mयांै । लोकतन्त्रलाई आचारमा उतार्ने जीवनपद्दतिका रूपमा लिएनौं,’ न्यौपाने भन्छन्, ‘स्वायन्तः सुखायःको प्रतिस्पर्धा र स्वअनुशासनको अभाव बढ्दा अहिलेको बेथिति बेहोर्नु परेको हो ।’
हाम्रो पाठ्यक्रम सैद्धान्तिक बढी भएकाले व्यवहारमा ल्याउन उत्प्रेरणाको अभाव देखिएको सामाजिक विकास सहजकर्ता द्वारिका घिमिरे बताउँछन् । पाठ्यक्रममा भएका कतिपय जीवनोपयोगी सीपका कुरा पनि परीक्षा र घोकाइका लागि मात्र भन्ने बुझाइ हुनुमा शिक्षक अभिभावकबाट भएको प्रोत्साहनको कमी देख्छन् घिमिरे ।
‘शिक्षाले मान्छेलाई सिकाउँदैन, अनुभव गराउने काम गर्छ । तर, यो कुरा हाम्रो शिक्षाप्रणालीले आत्मसात गराउन सकेन ।’ घिमिरे भन्छन्, ‘हाम्रो शिक्षाले अनुशासन सिकायो तर विवेक सिकाएन ।’ अनुशासनले निर्देशित र विवेकले स्वनियन्त्रणमा सहयोग गर्ने भएकाले विवेकविहीन ज्ञानका कारण स्वछन्दता बढेको घिमिरेको तर्क छ ।
हाम्रो पाठ्यक्रम समयानुकूल नभएको मात्र होइन परीक्षाले व्यक्तिको सम्पूर्ण योग्यता परीक्षण गर्ने परिपाटी नै असान्दर्भिक रहेको लेखक अर्पण गेलाल बताउँछन् । गेलालका अनुसार परीक्षाका लागि तोकिएको सीमित अवधिमा तात्कालिक स्वास्थ्य स्थिति, परीक्षा हलको अनपेक्षित वातावरण वा केही ढिलो लेख्ने बानीका कारण सबै प्रश्न हल गर्न नसके योग्यता हुँदाहुँदै पनि व्यक्ति शैक्षिक सवालमा पछि पर्छ । एउटा मध्यमस्तरको छात्र भने ऊभन्दा अघि बढ्न पुग्छ । चोरी गर्नु, ढाँट्नु, छल्नु पाप हो भनी लेख्नुपर्ने जवाफका लागि पनि विद्यार्थी चिट सारिरहेका भेटिन्छन् । यस्ता नकारात्मक प्रभाव पार्ने घटनाले असन्तुष्टि, कुन्ठा र तनाव उत्पन्न गराउँदै कालान्तरमा व्यक्तिको व्यवहारलाई नै असङ्गत बनाउँछ ।
आध्यात्मिक चिन्तन मननको रेडियो कार्यक्रम ‘नमस्ते शुभबिहानी’ सञ्चालक, पीण्डेश्वर क्याम्पसका उपप्राध्यापक कृष्णप्रसाद कोइराला व्यावहारिक आचरणलाई जीवनशैलीमा रूपान्तरण गर्न नसकेको देखिनुमा सामाजिक दोष छ भन्छन् । संसर्गजाः दोषः गुणाः भवन्ति । सङ्गतले खराब कुराहरू पनि गुणका रूपमा परिवर्तित हुन्छन् भन्ने संस्कृत उक्ति उद्दरण गर्दै कोइरालाले भने, ‘मान्छेले गर्ने आचरण र व्यवहार आपूm वरिपरिको समाज र प्रतिष्ठित व्यक्तिको प्रदर्शनबाट प्रभावित हुन्छ ।’ कोइरालाका अनुसार नयाँपुस्ताको आचरणगत दोष हटाउन समाजका प्रतिष्ठा, पद, ओहोदा आदि प्रयोग गर्ने ठूलाबडाले नै आचरणमा पवित्रताको मात्रा बढाउनुपर्छ अनि मात्र हामीले सोचेअनुकूलको सामाजिक व्यवहार पाउन सक्छौं ।
०००
खरबुजालाई देखेर खरबुजाले रङ बदलिने प्राकृतिक घटना विश्वव्यापी सत्य हो । योसँगै पढेको कुरा व्यवहारमा नदेखिनुका हजारौं कारणहरू भएको बताउँछन् मनोसामाजिक विषयका रेडियो सहजकर्ता शरदराज गौतम । उनले इमेज एफएमको ‘तरेली’ कार्यक्रममार्फत् आफैंभित्र अलमलिएका व्यक्तिलाई बाटो पहिल्याउन साथ दिँदै आएका छन् । मनोसामाजिक समस्या समाधानको उपाय पहिल्याउन सहजीकरण गर्नु उनको ध्येय हुने गरेको छ । ‘मान्छे जो अप्ठ्यारोमा छन्, जुनसुकै कारणले; चाँडै कुनै एउटा निष्कर्षमा पुग्न खोज्ने बानीले व्यक्ति र समाजमा जटिलता थपिएको हो,’ गौतम भन्छन्, ‘हामी रातारात समाधान खोज्छौं र त्यहीँनेर गल्ती गर्छौं । त्यस्तो हतारोले हामी अर्को समस्याको भासमा जाकिन्छौं ।’
गौतमका अनुसार हामी जस्ता छांै, त्यस्ता देखिदैनौं । जस्तो हुनुपर्ने हो, त्यस्ता छैनांै । दोहोरो चरित्र प्रदर्शन गर्नु, मुखमा राम–राम बगलीमा छुरा हुनु साझा मानवीय स्वभाव हो । आदि–इत्यादि हजारौं कारणका बीचमा कुनै एउटा औषधि भए समाधान निकाल्न सकिन्थ्यो सायद । ‘आमालाई माया गर्ने कुनै ट्याबलेट भए एकपल्ट खाँदा हुन्थ्यो । व्यवहार परिवर्तन गर्ने कुनै चकलेट भए बेलाबेलामा चबाइरहन हुन्थ्यो,’ गौतमले भने, ‘तर, आपूmले आपूmलाई परिवर्तन गर्नै नसकिने होइन । एक–एक गर्दै सानासाना कुराहरू परिवर्तन गर्दै लगे ठूलो उपलब्धि नजिक पुग्न त्यति लामो समय पर्खिनुपर्दैन । किनकि मान्छे नकारात्मकताको पुञ्ज मात्र होइन, सकारात्मकता र सम्भावनाको मात्रा पनि प्रचुर हुन्छ ऊभित्र ।’
चिकित्सकहरूका अनुसार व्यक्तिको अनुवंश(जीन)मा पुस्ताबाट सरेर आएका गुण हुन्छन् । मधुमेह वा त्यस्तै अरू स्वास्थ्य समस्या आमाबाबुबाट छोराछोरीमा सर्ने सम्भावना निकै हुन्छ । रक्सी–चुरोट खाने, झर्को–फर्को गर्ने आदि बानी बेहोराका सवालमा पनि यो नियम लागू हुन्छ । त्यसैले जस्तो बाघ त्यस्तै डमरु हुन्छ भनिएको होला ।
०००
हाम्रो समाज सङ्क्रमणकालीन अवस्थामा छ । सबै क्रुद्द र आशङ्कित छन् । ‘बढ्दो शङ्का–उपशङ्का र तनावले मनोविज्ञानमा असर परेको छ,’ मनोविमर्शकर्ता हिप्नोथेरापिस्ट अर्चना विभोर भन्छिन्, ‘एक–अर्कोमा सहयोग र अन्तक्र्रिया हुने स्तर कम हुनु, आत्मअनुशासन र आत्मविश्वासको कमी हुनुले हाम्रो व्यवहार बोध अनुकूल नभएको हो ।’
विभोरका अनुसार हामीलाई बच्चादेखि नै एकथरि पढाइन्छ तर समाजमा अर्कै रूप देखिन्छ । किताबी ज्ञान एकथरि हुन्छ, सामाजिक व्यवहार अर्कैथरि हुन्छ । आजको बालक भोलि ठूलो हुने हो । बाबुले आमा कुटेको देख्ने बालबालिका ‘स्वास्नी कुट्न हुने रहेछ’ भन्ने गलत मानसिकता सँगसँगै लिएर हुर्किन्छन् ।
हाम्रो समाजमा बोध प्रक्रियाको मात्र होइन नियमितताको पनि समस्या छ । भोलि सुधार गरौंला भन्ने सोचले मान्छेलाई अल्छी र कमजोर बनाइदिन्छ । समाजमा मोटोपन र पुड्कोपनको समस्या बढ्दै गएको उदाहरण दिँदै विभोर भन्छिन्, ‘हामी शारीरिक समस्याबाट राहत पाउन एकदुई दिन मर्निङवाकमा सहभागी हुन्छौं तर त्यसलाई निरन्तरता दिन सक्तैनौं । फलतः चुच्चे ढुङ्गो उही टुङ्गो हुन्छ ।’ आपूmले आपूmलाई परिवर्तन गर्न भुइँ तहबाट सिकाइ केन्द्रित गर्नुपर्ने र सानो कुराबाट परिवर्तनको अभ्यास गर्दै अभ्यस्त हुन सकिने विभोर बताउँछिन् ।
‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने हाम्रो सामाजिक मान्यताको भित्री मर्मले पनि पढेलेखेका मान्छेको स्थिति सार्वजनिक गर्छ । कागले कान लग्यो भन्ने हल्लाका पछि नदगुर्ने परिपाटीको विकासका लागि शिक्षकबाट सहयोग हुनुपर्छ । त्यस्तै, गुरुहरूबाट अनुयायीमा कान छाम्ने प्रवृत्ति आत्मसात गर्न उत्प्रेरणा र हल्ला विश्लेषण गर्ने क्षमता विकासका लागि सहजीकरण हुनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
स्वावलम्वन, आत्मस्वीकारोक्ति र नियमितताको कमीले हाम्रो बोध र व्यवहार फरक हुन पुगेको विभोरको भनाइ छ । ‘हामीले परिवर्तन चाहने हो भने स्वावलम्वनको पाठ सिकाउने मात्र होइन, गरेर देखाउनुपर्छ,’ उनले समस्या समाधानको थप उपायबारे सुझाइन्, ‘पहिले हामीले आप्mनो कमजोरी देख्न सक्नुप¥यो, अनि मात्र कुनै समाधान नजिक पुग्न सजिलो हुन्छ ।’
शिक्षाविद् डा. विद्यानाथ कोइरालाका अनुसार शिक्षाशास्त्रको शब्दावलीमा टाउको, हात र मुटु (थ्री एच)को सन्तुलन मिलेको छैन । टाउकोले संज्ञानात्मक कुरा जान्ने हो, हातले गरी खाने र मुटुले म गर्नसक्छु भन्ने आशावादी बनाउने हो । टाउको, हात र मुटुको सन्तुलन भनेकै सिद्धान्त र व्यवहारमा ज्ञानको रुपान्तरण समान हुनु हो । तर, विद्यार्थीलाई हामीले उनीहरूले खोजेको वातावरण बनाइदिन सकेका छैनौं । शिक्षकले टाउको र मुटुको सन्तुलन बनाइदिन सके अहिलेको समस्या निकै कम हुने थियो ।
‘यस अर्थमा हामी चुकेका छौं,’ डा. कोइराला भन्छन्, ‘परिवर्तनका लागि पहिले हामी सबै दोषी छौं भनेर स्वीकार गरौं । विषयगत दक्षताको चिन्तन पुरानो भयो, यसलाई परिवर्तन गरौं । ढिलो नगरौं ।’
०००
दष्कलगउचबकबम।दन२नmबष्।िअयm
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved