असङ्गत चरित्र - College Times : Educational Magazine
Headlines News :
Home » » असङ्गत चरित्र

असङ्गत चरित्र

Written By Neplee on Saturday, June 16, 2012 | 9:24 AM


चिकित्सक ः बिरामीलाई खैनी–चुरोट नखानू भन्छन् तर आफैं खाइरहेका भेटिन्छन् ।
शिक्षक ः छोरीचेलीलाई आदर–सम्मान गर्नुपर्छ भन्ने पाठ पढाउँछन् तर आफंै छात्रासँग यौनसम्पर्क स्थापित गर्छन् ।
पत्रकार ः काम गरेपछि नियमानुसार पारिश्रमिक दिनुपर्छ भनेर वकालत गर्छन् तर आप्mनै संस्थाले श्रमशोषण गरेविरुद्ध लेख्दैनन् ।
वकील ः सत्य र न्यायको पक्षमा लड्छौं भन्छन् तर पैसा कमाउने लोभमा वकीलको धर्म भन्दै अपराधीलाई उन्मुक्ति दिलाउन लागि पर्छन् ।
व्यापारी ः ग्राहक हाम्रो भगवान भन्छन् तर उनै भगवानलाई ठगी र मिसावटको पूmल–प्रसाद चढाउँछन् ।
प्रहरी ः समाजमा शान्ति सुरक्षा आप्mनो दायित्व ठान्छन् तर आप्mनै सहकर्मीमाथि बलात्कार र शोषण थोपर्छन् ।
नेता ः मुलुकको सार्वभौमिकता र जनताको सर्वोच्चताको सम्मान गर्ने सपथ खान्छन् तर विदेशी इशाराअनुसार निर्णय गर्छन् ।
कर्मचारी ः राष्ट्र र जनताको सेवक भएको दावी गर्छन् तर जनतालाई कसरी अल्झाएर पैसा झार्न पाइन्छ भन्ने ध्याउन्नमा हुन्छन् ।
अभिभावक ः आपूmले लुकेर वा सार्वजनिक रुपमा जे गरे पनि छोराछोरीले त्यसको सिको नगरुन् भन्ने ठान्छन् ।
पण्डित ः पुराण सुनाउँदा भेदभाव गर्नु हुँदैन भन्छन् तर पशुपतिनाथकै मन्दिरमा प्रवेश निषेधको सूचनापाटी राख्छन् ।
चालक ः सवारीचालक अनुमतिपत्रको परीक्षामा हतारमा दुर्घटना फुर्सदमा पश्चाताप भन्ने जवाफ लेख्छन् तर सडकमा कोभन्दा को कम गर्दै सवारी हाँकिरहेका हुन्छन् ।
सहजकर्ता ः म जे गर्छु त्यो होइन, म जे भन्छु त्यो बुझेर अनुयायी व्यक्तिले आपूmले आपूmलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ भन्छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved