- विद्यालय प्रशासनमा विद्यार्थी सङ्गठनले लगाएको ताला खोल्नका लागि सुनसरीको खनारस्थित न्यू एरा बोर्डिङ स्कूलको एउटा कक्षाकोठाभित्र तीनवटा ठूला विद्यार्थी सङ्गठनका जिल्लास्तरका नेता र स्कूल सञ्चालक सहमत भए । सहमतिको लिखित खाकासमेत तयार गरियो, तर क्षणभरमै विद्यार्थी सङ्गठनका नेताको नियतमाथि विद्यालयमा गाइ“गुइ“ हल्ला चल्यो । पैसाका लागि विद्यालयमा ताला ठोकिएको आरोप लगाउ“दै विद्यालय परिसरमा जम्मा भएको जमात विद्यार्थीमाथि हातपात गर्ने मनस्थितिमा पुग्यो । विद्यालय तथा स्थानीवासीको प्रतिरोधपछि विद्यार्थी नेताले कुनै सहमतिविना आफै“ले ताला खोले र मुसोजस्तै भएर चुपचाप भाडामा ल्याइएको कार चढेर इटहरीतर्फ हुइ“किए ।
- जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल नेतृत्वको टोलीले इटहरीका आठभन्दा बढी पुस्तक पसलमा कालोबजारी भइरहेको बारे अनुगमन ग¥यो । अनुगमनको क्रममा धेरै प्रकाशनगृहहरूले कालोबजारी गरेको प्रमाणित भयो । पुस्तकको मूल्य नराखिएको, प्रिन्ट गरिएको मूल्यमाथि कालो पोतेर नया“ मूल्य उल्लेखित स्टीकर टा“सिएको पाइएपछि पाठ्यपुस्तकमा कालोबजारी भइरहेको निस्कर्षमा टोली पुग्यो । पत्रकारका अगाडि कालोबजारीलाई रोक्ने प्रतिबद्धता त गरियो, तर सदरमुकाम फर्किएपछि जिशिअको टोली चुपचाप बस्यो । अहिले तै“ चुप मै“ चुपको स्थििति छ ।
माथिका घटनाले शैक्षिक सुधारका नाममा सरकारी र गैरसरकारी क्षेत्रबाट हुने गरेको ‘नाटक’को पर्दाफास गरेको छ । शैक्षिक सुधारको नाममा हुने गरेका यस्ता क्रियाकलापको नियतमाथि औँला उठाउने प्रशस्त ठाउँ बनेको छ । सुधारका नाममा विद्यालय सञ्चालकलाई थर्काउने, धम्क्याउने र आफ्नो आर्थिक अभीष्ट पूरा गर्ने संस्कृति सुनसरीमा निकै पुरानो हो, त्यसमाथि अनुगमनको हौवा फैलाएर अनुचित लाभ लिने कार्यमा जिल्ला शिक्षा कार्यालय पनि सक्रिय रहने गरेको घटनाहरूले पुष्टि गर्छन् ।
अनुगमनको ढर्रा
सधैँको वर्षझैँ यस वर्ष पनि शैक्षिक सत्रको सुरुवातमा विद्यालयको अनुगमन गरियो । शिक्षा कार्यालय र विद्यार्थी सङ्गठनका नेताहरूले छुट्टाछुट्टै अनुगमन गरे । अनुगमन र पत्रकार सम्मेलनहरूमा विद्यार्थी सङ्गठनका नेताहरूले शैक्षिक सुधारका चर्का मागसमेत गरे । गैरकानुनी ढङ्गले सञ्चालित विद्यालयका अनुमति नलिइएका कक्षा बन्द हुनुपर्ने, विद्यार्थी बोक्न प्रयोग हुने तीनचक्के यातायातको साधनमाथि बन्देज लगाइनुपर्ने, पुस्तकको कालोबजारी रोकिनुपर्ने, विद्यार्थीसँग लिँदै आएको चर्को शुल्क खारेज हुनुपर्ने, यस्तै–यस्तै । ‘माग पूरा नभए आन्दोलनको आँधीबेहरी ल्याउने’ नेपाली आन्दोलनकारीको साझा शब्दसमेत बाहिर ल्याइयो । तर, आन्दोलनले गति नलिँदै परिस्थितिले अलग मोड लियो ।
यसअघि प्राय एउटै मञ्चबाट एउटै मुद्दामा एकमत नदेखिएका तीनवटै सङ्गठनका नेताहरूले आन्दोलनका लागि एकता गरे । शैक्षिक विकृति समाधानका पक्षमा सबैको एकस्वर भयो । विद्यार्थी सङ्गठनका नेताहरूले सुनसरीको खनार र इटहरीका केही निजी विद्यालयको अनुगमन गरे । जिल्ला शिक्षा कार्यालयको भूमिकालाई समेत अस्वीकार गर्दै विद्यार्थी नेता आफैँले ताला ठोके कतिपय विद्यालयमा । छानी–छानी केही विद्यालयमा मात्र ताला ठोकेपछि विद्यालयमा आक्रोश उत्पन्न भयो ।
गैरकानुनी काम गरेको भन्दै खनारको न्यू एरा बोर्डिङ, खनार मोडेल र इटहरीको समता शिक्षा निकेतनले सञ्चालन गर्न लागेको ज्ञानोदय एकेडेमीमा ताला ठोकियो । पछि न्यू एरामा विद्यार्थी आफैँले ताला खोलिदिए भने समतासँग पनि केही स्थानीय होटलमा भएका केही चरणको वार्तापछि ताला खोलियो । अनुगमनको क्रममा सबै कुरा गैरकानूनी देख्ने विद्यार्थी सङ्गठनका नेताहरूले गोप्य वार्ता गरेपछि चाहिँ सबै कुरा ठीक देखेर ताला खोले । यस्तो प्रक्रिया दोहोरिरहँदा सङ्गठनको नियतमाथि प्रश्न उठेको छ ।
देशको कानुनले जिल्लाको शैक्षिक सुधार र विकासका लागि जिल्ला शिक्षा कार्यालयलाई अधिकार प्रदान गरेको छ । तर, विद्यार्थी सङ्गठन आफैँ न्यायाधीश बन्न खोजेको आरोप विद्यालयको छ । सङ्गठनले शिक्षा क्षेत्रमा भइरहेको गैरकानुनी क्रियाकलाप र मनपरीतन्त्र अन्तका लागि दबाबको भूमिकामा रहनुपर्नेमा छिनोफानो गर्ने तरिकाले प्रस्तुत भएपछि विद्यालयहरू विद्यार्थी सङ्गठनहरूप्रति असन्तुष्ट छन् ।
विद्यार्थी सङ्गठनहरू गैरसरकारी निकाय भएकाले ताला लगाउने, कारबाही गर्ने अधिकार नभएको जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल बताउँछन् । उनकाअनुसार शिक्षा कार्यालयलाई गैरकानुनी कामको विषयमा जानकारी गराउने, शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने काम मात्र विद्यार्थी सङ्गठनको हो । ‘उहाँहरूले कानुन हातमा लिएकै कारण समस्या भएको हो,’ उनले भने, ‘कतिपय मुद्दा ठीक थिए, तर जथाभावी गरिएकाले नै परिणाम निस्कन सकेन ।’
विद्यार्थी नेताहरू भने नियम कार्यान्वयन गर्नुपर्ने जिल्ला शिक्षा कार्यालयका अधिकारी नै प्रलोभनमा परेर मौन बसेपछि आफूहरू अघि सरेको दावी गर्छन् । अनेरास्ववियुका सुनसरी उपाध्यक्ष नवराज नेपालले जिल्ला शिक्षा कार्यालय र त्यहाँका अधिकारी गैरकानुनी शैक्षिक गतिविधिको सवालमा गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘कानुन कार्यान्वयन गराउने निकाय सधैँ निदाउँछ भने हामी आफैँ पनि हस्तक्षेपकारी भूमिकामा उत्रन सक्छौँ, पाउँछौँ ।’
मिसन पैसा
सुनसरीमा तीन सय बढीको सङ्ख्यामा रहेका निजी विद्यालयहरूमध्ये कतिपयले स्वीकृत नलिई कक्षा सञ्चालन गर्दै आएका छन् । शैक्षिकसत्रको सुरुवातमै विद्यार्थीको ‘सिजनल आन्दोलन’का कारण गैरकानुनी ढङ्गले सञ्चालित कक्षा खारेजीको माग त उठ्छ, तर तुरुन्तै सेलाउँछ । जिल्ला शिक्षा कार्यालयका एक कर्मचारी भन्छन्, ‘सबैको मिसन पैसा भएका कारण शैक्षिक सुधारको आन्दोलन कमजोर देखिएको हो ।’
जिल्लामा आउने कतिपय शिक्षा अधिकारीहरू त खुलेआम पैसाको बार्गेनिङमा उत्रन्छन्, निजी विद्यालय सञ्चालकसँग । दिउँसोभरि अनुगमनमा निस्कने, राती चाहिँ विद्यालय सञ्चालकसँग फोन गरेर पैसा माग्ने गरेको सुनिएको बताउँदै स्रोतले भन्यो, ‘शिक्षा अधिकारीको यो कार्यशैली निकै पुरानो हो ।’ शिक्षा अधिकारीको कार्यशैलीकै कारण शैक्षिक सुधारको मुद्दा छायामा परेको बताइन्छ । कतिपय निजी विद्यालय सञ्चालकहरू शिक्षा कार्यालयलाई पैसा पेलेर शिक्षाको नाममा व्यापार गर्ने अनि शैक्षिक माफियाहरूबाट शिक्षा अधिकारी र कर्मचारीले अनेक बहानामा असुली गर्नाले शिक्षा सुधारको नारा मौसमी व्यापारको नारा बनेको छ ।
मागेजति पैसा नदिएपछि कतिपय विद्यार्थी सङ्गठनबाट अनुगमनको स्वाँङ रचेर अवरोध सिर्जना हुने गरेको निजी विद्यालय सञ्चालकहरू आरोप लगाउँछन् । एक निजी विद्यालय सञ्चालकले भने, ‘सबैलाई पैसा खुवाउनुपरेपछि विद्यार्थीबाट चर्को शुल्क उठाउनु हाम्रो बाध्यता पनि हो ।’ सायद त्यस्ता सञ्चालकको बाध्यता बुझेर नै होला यसवर्ष जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जिल्लाका निजी विद्यालयलाई ५० प्रतिशतसम्म शुल्कवृद्धिको सिफारिस दिएका छन् । सहज, सुलभ र सस्तो शिक्षा प्रणालीको विकासमा लाग्नुपर्ने शिक्षा अधिकारीले नै विद्यार्थी र अभिभावकको ढाड सेकिने गरी शुल्कवृद्धिका लागि सिफारिस गर्नुले उनको नियतमाथि पनि प्रश्न उठाउने प्रशस्त आधारहरू तयार भएका छन् ।
विद्यार्थी नेता नवराज नेपालसमेत शिक्षा अधिकारीहरू निजी विद्यालय सञ्चालकसँग बिक्दा समस्या विकराल बन्दै गएको बताउँछन् । ‘पैसाको चलखेलमा कतिपय गम्भीर मुद्दाहरूलाई गुपचुप पार्ने गरिन्छ,’ उनले भने ।
प्याब्सन सुनसरी अध्यक्ष दीलकुमार वन भने शैक्षिक सुधारका लागि हरेक वर्ष हुने विद्यार्थी आन्दोलन हाउगुजी बन्ने गरेको दावी गर्छन् । उनी भन्छन्, ‘एउटा मौसममा भ्यागुतासमेत आफ्नो उपस्थिति जनाउन ट्वार्र ट्वार्र गर्छ, संवेदनशील समयमा विद्यार्थी सङ्गठनको कराई पनि त्यस्तै हो ।’ ‘सबै माग जिल्ला शिक्षा कार्यालयसँग सम्बन्धित छन् ।’ उनले भने, ‘तर उहाँहरूले हाम्रो कार्यालयमा ताला ठोक्नु भएको छ, यो अराजकताको उपज हो ।’
सोमनाथ बाँस्तोला
0 comments:
Speak up your mind
Tell us what you're thinking... !