‘शिक्षाक्षेत्रमा भएका विकृति हटाउन मिडियाले शिक्षक, विद्यार्थी र अभिभावकलाई सचेत गराउने सामग्री प्रकाशन प्रसारण गर्नुपर्छ । अहिलेको अवस्थामा सञ्चारमाध्यमको भूमिका शैक्षिक विषयको उठान गर्ने मात्र हैन यहाँभित्र रहेका विकृति रोक्न सहयोग पु¥याउनु पनि हो । यसकारण शिक्षक विद्यार्थी मात्र केन्द्रित नभएर मिडियाहरू अब अभिभावक केन्द्रित हुनुपर्छ । अभिभावक सचेत नभएसम्म विकृति रोक्न कठिन हुन्छ ।’
भेषराज पोख्रेल, केन्द्रीय उपाध्यक्ष हिसान तथा
सञ्चालक मेरिल्यान्ड कलेज विराटनगर
‘शैक्षिक विकृतिहरू मिडियाले उठाए पनि त्यो पर्याप्त छैन । अझै पनि त्यसको गहिराइमा पुगेको पाइदैन । आगामी दिनमा शैक्षिक मुद्दा र यसभित्रका विकृतिहरूलाई खोज अनुसन्धान गरेर समस्या र समाधानका उपायसमेत प्रकाशन–प्रसारण हुनुप¥यो । यस क्षेत्रबाट बाहिर पढ्न जाने विद्यार्थी रोक्न पनि मिडियाले सहयोग गर्नुपर्छ । बाहिर पाउने शिक्षा यहीँ पाइने र बाहिर पढ्दा लाग्ने खर्चलगायतको तुलनात्मक अध्ययनसहितका सामग्रीहरूलाई प्राथमिकता दिनुपर्छ ।’
डा. रमेशप्रसाद अधिकारी, सञ्चालक, कोवास कलेज
‘शिक्षाको समग्र विकास गर्ने हो भने सहरका शैक्षिक संस्थाको मात्र गुणस्तर सुध्रिएर हुँदैन । ग्रामीण भेगमा रहेका शैक्षिक संस्था पनि उत्तिकै जिम्मेवार छन् । अहिले सञ्चारमाध्यमहरू सहर केन्द्रित छन् । अब ग्रामीण क्षेत्रलाई पनि ध्यान दिनुप¥यो । शैक्षिक क्षेत्रका कमी–कमजोरी र विसङ्गतिलाई तुलनात्मक अध्ययन गरेर बाहिर ल्याउनुपर्छ ।
महेश निरौला, अध्यक्ष, हिस्टान मोरङ
‘शैक्षिक सामग्री प्रकाशन गर्दा सञ्चारमाध्यम निष्पक्ष हुन सकेको छैन । कतिपय ठाउँमा पत्रकारहरूले आग्रह पूर्वाग्रहमा समाचार लेखेका दृष्टान्त छन् । शैक्षिक क्षेत्रमा जे भैरहेको छ, त्यो तथ्य यथार्थ रूपमा प्रस्तुत गर्नुपर्छ ।’
शङ्कर भट्टराई, केन्द्रीय सदस्य, हिसान तथा सञ्चालक, शिक्षादीप कलेज
‘अहिले मिडियामा आउने शैक्षिक संस्थाका विज्ञापन अपत्यारिला, विश्वास गर्नै नसकिने तवरले आउने गरेका छन् । यसतर्फ मिडियाले ध्यान दिनुपर्छ ।
कुन विद्यालय वा कलेजको अवस्था के छ र त्यसरी कसरी विज्ञापन गरिरहेको छ त्यो बुझ्नु जरुरी छ । हामी कहाँ फेल हुनेलाई होच्याउने प्रचलन छ । फेल हुन नपाउने संस्कारको अन्त्यका लागि पनि मिडिया जगतले ध्यान केन्द्रित गर्नु जरुरी छ ।’
नवीन अधिकारी, प्रिन्सिपल मर्टस् उच्चमावि
‘सञ्चारमाध्यमले शिक्षालाई कम प्राथमिकतामा राखेको पाइन्छ । अब शिक्षालाई प्राथमिकतामा राख्नुप¥यो । स्थानीय पत्र–पत्रिका र रेडियोहरूले पनि शिक्षालाई ठाउँ छुट्याउनुप¥यो ।’
अमित ढकाल, अध्यक्ष, आर्किड कलेज
‘शिक्षाक्षेत्रको विकासको प्रभाव मिडियामा पनि परेकाले समाजलाई परिवर्तन गर्न दुवै क्षेत्र एकजुट हुनुपर्छ । एकजुट भएर अगाडि बढे मात्र शिक्षाको विकासका साथै समाजमा सकारात्मक परिवर्तन पनि हुन्छ ।
धर्मराज ढकाल, प्रमुख कार्यकारी अधिकृत, मकालु टेलिभिजन
‘शैक्षिक क्षेत्रको विकासका लागि पहिले यसभित्र रहेका समस्या र विकृतिको अन्त्यका हुनु आवश्यक छ । यसका लागि सञ्चारमाध्यम प्रभावकारी भए पनि चाहे जति भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । विद्यार्थीलाई सही बाटोमा हिँडाउने, कलेज तथा विद्यालय सञ्चालकहरूले पालना गर्नुपर्ने आचारसंहितादेखि शैक्षिक जगतमा हुने अस्वस्थ्य प्रतिस्पर्धा रोक्न सञ्चारमाध्यमले पहल गर्नुपर्छ ।’
खगेन्द्र भट्टराई, अध्यक्ष, अभिभावक सङ्घ मोरङ
कलेज टाइम्सको मिडिया फर अल अभियानअन्तर्गत् विराटनगरमा आयोेजित कार्यक्रममा हिसान मोरङका अध्यक्ष बलराम पन्त, इस्टु सुनसरीका अध्यक्ष मनोज खनाल, आर्किड कजेलका प्रिन्सिपल श्याम रिजाल, मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले शैक्षिक क्षेत्रमा रहेका सुधारका अवसरहरू औल्याएका थिए ।
त्यसैगरी, उद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोख्रेल, कलेज टाइम्सका अध्यक्ष चीरहाङ राईलगायतले शैक्षिक विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै सञ्चारमाध्यम र शैक्षिकक्षेत्र आपसी सहकार्य गर्दै अगाडि बढे मात्र सञ्चार र शैक्षिक क्षेत्रको विकास हुने प्रतिबद्धता जनाएका थिए ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !