मिडियाको शिक्षामा महत्व - College Times : Educational Magazine
Headlines News :
Home » » मिडियाको शिक्षामा महत्व

मिडियाको शिक्षामा महत्व

Written By Neplee on Wednesday, April 24, 2013 | 7:22 PM


इटहरी क्षेत्रका क्याम्पसहरूका छ सयभन्दा बढी विद्यार्थीहरूसँग मिडियाको महत्व र प्रयोगसम्बन्धमा अन्तक्र्रिया गरिसकेको कलेज टाइम्सले पूर्वको पर्यटकीय नगरी इलाममा पनि  अभियान सञ्चालन गरेको छ । सबैका लागि मिडिया अभियानअन्तर्गत आयोजित कार्यक्रम महेन्द्ररत्न बहुमुखी क्याम्पस, जिल्ला शिक्षा कार्यालय र इलाम नगरपालिकाको विशेष सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लक्षित विद्यार्थीसँग मिडियाको प्रयोग किन र कसरी गर्ने भन्नेबारे अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा इन्टरनेटको प्रयोगबाट हुनसक्ने फाइदा, बेफाइदा तथा मिडियाको सकारात्मक प्रयोगबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी तथा स्थानीय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहसम्पादक द्वय हिमाल दहाल र शेखर ढकालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थी तथा युवाका लागि प्रेरणात्मक भिडियोसमेत प्रदर्शन गरिएको थियो ।
कसले के भने ?
नृहसिंहकुमार खत्री, उपप्राध्यापक ः इलाममा आएर अध्ययापन गरेको यतिका वर्ष बितिसक्दा शिक्षासम्बन्धी यस्तो किसिमको कुनै पनि कार्यक्रम भएको थिएन । सबै विद्यार्थीहरूलाई पत्रकारिताको महत्व छ । अबका विद्यार्थीले सिक्नुपर्ने जरुरी रहेको अवस्थामा यो कार्यक्रम हुनु सान्दर्भिक रह्यो । विद्यार्थीलाई सकारात्मक प्रोत्साहन दिने यस्ता कार्यक्रम आगामी दिनमा पनि नियमित हुनुपर्छ ।
कुमार पौड्याल, शिक्षक ः भइरहने कार्यक्रमभन्दा पृथक जानकारीमूलक कार्यक्रम भयो । कलेज टाइम्सले सबै क्षेत्रका शैक्षिक गतिविधिहरू अटाउँदै जानुपर्ने आवश्यकता छ ।
सुदीप श्रेष्ठ, पत्रकार ः पत्रकारितासम्बन्धी इलाममा धेरै तालिमको आयोजना गरिएको देखेँ, जसमा पत्रकारहरूको मात्र उपस्थिति हुन्थ्यो । तर, यो कार्यक्रममा त स्कुल–कलेजका विद्यार्थीहरू, शिक्षक–प्राध्यापकहरू समेत सहभागी भएको देख्दा ज्यादै खुसी लाग्यो ।
राजेश पराजुली, पत्रकार ः विद्यार्थीहरूलाई पत्रकारिताको शिक्षा महत्वपूर्ण र अनिवार्य छ । आज सूचना–प्रविधिको छ । उच्च शिक्षा हासिल गरि सकेका विद्यार्थी हरू रोज गारी सिर्जना गर्नुभन्दा खाडी मुलुकमा पसिना बगाइ रहेकाले त्यस विषयमा विशेष सामग्री समावेश गर्नुपर्ने
        आवश्यकता छ ।
 गोपाल मगर, विद्यार्थी ः म्याथम्याटिक्स लिएर पढ्दै गरेको भए पनि पत्रकारितामा रुचि छ । पहिलोपटक तालिम लिन पाएकोमा खुसी छु । तर, बेग्लाबेग्लै पत्रिकामा एउटै समाचार किन फरक–फरक आउँछ ? मैले बुझ्न सकेको छैन । यसले त भ्रम सिर्जना गर्छ नि !
प्रकाश अर्याल, विद्यार्थी ः सानै उमेरदेखि पत्रकारिताक्षेत्रको बारेमा जान्ने इच्छा राखे पनि यसरी पहिलोपटक सिक्न पाएकोमा खुसी छु । समाचार बनाउन र लेख्नका लागि अतिरिक्त अभ्यासको जरुरी पर्दो रहेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved