मनोक्रान्ति मनपरेका कुरा - College Times : Educational Magazine
Headlines News :
Home » » मनोक्रान्ति मनपरेका कुरा

मनोक्रान्ति मनपरेका कुरा

Written By Collegetimes on Saturday, October 20, 2012 | 8:50 PM


कसैले नगरेको काम गरेर देखाउनु हितकर मानिन्छ  । मानव उत्थान गर्ने धर्महरुको अन्त्य भइरहेको यो कलियुगमा सेवामुलक कर्मका पुण्यहरु अघि बढाउनु निश्चय पनि चुनौतिपूर्ण छन् । विखण्डित बन्दै गएको हाम्रो सामाजिक संरचनामा सुधारात्मक एकता ल्याउन सार्वजनिक भावनाको खाँचो पर्छ । घर्किदै गएको मानवता उकास्ने एकता सूत्र भनेकै मनोविज्ञानमा आउने संवेदना हो । यसलाई प्रायोगिक दिशा दिएर यो सङ्कटबाट मोचन प्राप्त गर्न सक्यौं भने मात्र हाम्रो भविष्य उन्नतिशील हुन सक्दछ ।
समाजोत्थनार्थ खोलिएका सङ्घसंस्थाहरुको नीतिगत सिद्घान्त र उद्देश्यहरु हुन्छन् । परियोजनाका लोकप्रिय कार्यक्रम बनाएर ठगी गर्ने धन्दा पनि हामी कहाँ नमौलाएका होइनन् । दुई–चार वटा समारोह देखाएर पैसाको भारी बनाइ दुनो सोझ्याउने कुकर्मी व्यवहार नभएका होइनन् । यस्तोमा मनोक्रान्ति बालविकास समाज अपवादका रुपमा देखापरेको छ ।
बालबालिकाहरुलाई योग्य, दक्ष बनाउनु हाम्रो परम् दायित्व हो । इन्टरनेट र फेसबुकले मेसिन बनाइरहेको त्यो कलिलो मनस्थितिलाई प्राकृतिक हराभरा दिलाउन केही न केही पोषक तत्वको जरुरी पर्दछ । यो सत्य सिलसिला जोड्नका निम्ति मनोक्रान्तिले विशेष पहल गरिरहेको छ ।
पारिवारिक सतहबाट बाहिरिन लागेका हाम्रा नानीहरुलाई कसरी परिवारमा घुलमिल गराउन सकिन्छ, रुखो वातावरणले विरक्तिएका केटाकेटी के गर्दा रसिला, हँसिला हुन सक्छन् ? यस्ता प्रश्नमा सम्भावित उत्तर खोजी गर्न मनोक्रान्ति बालविकास समाज केन्द्रित भएको देखिन्छ । बच्चाबच्चीहरु स्वतन्त्र र स्फूर्त भइदिए भने यो ब्रह्माण्ड नै फेरिन्छ । त्यसमा पनि अझ सिर्जनशीलता थपिने हो भने उजाड मनोरमीय, सुन्दरतामा परिणत हुन्छ । यही परिणाम मध्यनजर गर्दै मनोक्रान्ति बालविकासले निकै राम्रा–राम्रा सूत्रहरुको प्रयोग गर्दै आएको छ । खाना खाँदा नउब्रिने गरी खाने या नफ्याँक्ने । यो अभियान समसामयिक छ । आजको विश्व भोको हुदैँछ । पृथ्वीमा अन्न रितिदैँ छ । यस्तो दयावस्थामा अन्नादि जोगाउनु भनेको आगामी भण्डारण भरिलो बनाउनु हो हाम्रा नानीहरु अहिलेदेखि नै त्यसप्रति संयमित हुन सके उनीहरुका सन्तानले अनिकालको पीडा खेप्नुपर्दैन ।
विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई गरिने सम्मानमा पनि यो ‘समाज’ अग्रस्थानमा नै छ । मारपिटले मारपिटै जन्माउँछ । अपमानले अपमान नै जन्माउँछ । यसर्थ सम्मानित गर्नु भनेकै त्योद्वारा स्वयम् आभूषित हुनु हो । अरुलाई नमस्कार गर्दा उसले नमस्कारै पाउँछ ।
किशोर–किशोरीमा चञ्चलताको मात्रा ज्यादा हुने गर्दछ । के गर्ने, कता जाने, यस्ता अनेकौं तरङ्गीत जिज्ञासा आउने गर्छ । यो भ्रामकताबाट उन्मुक्ति दिलाउन हामी अभिभावक चनाखो हुनुपर्दछ । उनीहरुको भनोभाव बुझेर त्यहीअनुसारको क्रियाकलाप गरिदिनुपर्दछ । छोराछोरीलाई जड मानसिकताबाट मुक्त राख्नुपर्दछ । उनीहरुले गरेका मागलाई समेत कसैले घोडा चढ्यो भन्दैमा धुरी चढ्न मिल्दैन भन्ने सन्देश व्यावहारिक भएर देखाउन सक्नुपर्दछ । वंशाणुगत र सैद्धान्तिक गन्तव्य रुचिको विषय नहुन सक्छ, यसमा फरक मार्ग अपनाउन लगाएर त्यसमा आफ्नो अभिभावकत्वले टेवा दिँदै जाने हो भने हाम्रा मुटुका भल्भहरु चाँडै खेर जाने थिएनन् ।
जन्माएर, हुर्काएर मात्र हुँदैन । चेतनाको गरिमाले भरिपूर्ण जीवन पनि दिन सक्नुपर्दछ । यसका निम्ति विद्वान  राष्ट्रप्रेमी माटो प्रकृतिप्रेमी जन्मदाता हुनु आजको आवश्यकता हो । हाम्रा केटाकेटीलाई अधिकारमुखीभन्दा पनि उद्धारमुखी बनाउन मद्दत गरे त्यसको फल चरा–मुसाले समेत खान पाउँछ ।
लुकेर बसेका बाल प्रतिभाको साधना अझ धारिलो बनाउन मनोक्रान्तिले गरेको प्रयास अत्यन्तै दामी छ । माता–पिताको सेवा गर्नेले मनोक्रान्तिको भव्य सम्मान पाउँछ । गुणात्मकताको प्रगति गर्न÷हुन, हौसलाको जरुरत हुने गर्छ । यो भौगोलिक यथार्थता बुझेर नै मनोक्रान्तिले यो उदाहरण कायम राखेको हो । जन्मदिनेहरुको सेवा गर्नाले नै अद्भूत प्राप्तिको सुरुवात हुन्छ भन्ने मान्यता स्थापना गर्नु नै मनोक्रान्तिको मूल ध्येय रहेको देखिन्छ ।
सपनाहरु सिर्जना गर्ने भनेकै बालबालिका हुन् । साकार रुप बनाउने आधारशीला तयार पारिदिने जिम्मा हाम्रो हो । यो जिम्मेवारी बोकेर अघि बढ्ने सरोज कार्की साँच्चै नै यो सह्रानाका पात्र हुन् । उनलाई अझ बालमैत्री हुने उर्जास्रोत प्राप्त हुदैँ जाओस् । मनोक्रान्तिले मनमा क्रान्ति गरिरहोस् ।

वियोग 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved