यति कलेजको एसएमएस आतङ्क - College Times : Educational Magazine
Headlines News :
Home » » यति कलेजको एसएमएस आतङ्क

यति कलेजको एसएमएस आतङ्क

Written By Collegetimes on Saturday, October 20, 2012 | 7:29 PM


फ्रि बिबिएस एन्ड बिएड यति मल्टीपल कलेज
फोन नं. ०२१५२४२८५
यस्ता एसएमएस अहिले विराटनगरको यति मल्टीपल कलेजले दश दुई जोड उत्तिर्ण गरेका विद्यार्थीको मोवाइल नम्बरमा पठाउन थालेको छ ।
कलेजको आधिकारिक मोवाइल नम्बरबाट आउने यस्ता प्रकृतिका एसएमएसले विद्यार्थीलाई भ्रममा पारिरहेको छ । अन्य कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीको नतिजा नआउँदै मेरो क्याम्पसमा आऊ, फ्रिमा पढाइदिन्छु भन्ने खालका एसएमएस र फोन गर्ने गरेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिबिएको प्रवेश परीक्षा दिएका एक परीक्षार्थीले बताए ।
उनलाई मात्र हैन मोरङ क्याम्पसमा बिबिएको प्रवेश परीक्षा दिएका प्रत्येक विद्यार्थीलाई यति कलेजको नाममा एसएमएस आएको छ । कलेजका कर्मचारीका आफन्त तथा छिमेकीबाट विद्यार्थीलाइ बारम्बार यस्तो एसएमएस आएको बताउँदै एक विद्याथीले भने ‘बिबिएमा पनि मेरो नाम निस्किएछ, कलेजले एसएमएस र फोन गरेर हैरान पारिसक्यो ।’
क्याम्पस प्रशासनले भने माथि उल्लेखित नम्बरमा फोन गर्दा यसको प्रकृया लामो छ, कलेजमै आएर बुझ्न भन्ने गरेको छ । क्याम्पसका लेखा प्रमुख विनोद निरौलाले केहीलाई निःशुल्क पनि गर्ने गरेको बताए ।
विद्यार्थीले आफूलाई उपयुक्त कलेजको छनोट आफैं गर्न सक्छन् । तर, विद्यार्थीले नचाहेका यस्ता एसएमएस पठाउनु राम्रो नभएको एजुकेशन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकालले बताए । यस्ता विकृति तत्काल नहटाइए शिक्षा दिने नाममा लुटी खानेको जमात बढेर जाने उनले बताए ।
यता विद्यार्थीलाई बिबिएस÷बिएडमा निःशुल्क भन्दै एसएमएस गर्ने सो कलेजले बिबिएस तेस्रो वर्षमा अध्ययनरत दीपेन्द्र चौधरीलाई पैसा नतिरेको जनाउँदै अन्तिम परीक्षा दिनबाटै रोकेको छ ।
उनलाई क्याम्पस प्रशासनले शुल्क नबुझाएको भन्दै परीक्षाबाट वञ्चित गराएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएका कारणले क्याम्पसको शुल्क तिर्न नसकेको चौधरीले बताए ।
क्याम्पसमा चौधरीले एक वर्षभरि अध्ययन गरेको १० हजार रुपैयाँ तिर्न बाँकी छ । चौधरीले क्याम्पसलाई बुझाउनु पर्ने रकम नबुझाएपछि परीक्षा दिनबाट रोक लगाइएको क्याम्पस प्रमुख निरज कोइरालाले जानकारी दिए ।
‘प्रवेशपत्र लिन आउँदा चौधरीसँग एक दुई हजार भए पनि ल्याउन भनिएको हो,’ क्याम्पस प्रमुख कोइरालाले भने ‘उल्टै उसले केटाहरु लिएर आइ तोडफोड गरायो ।’ चौधरीले नेविसङ्घका केही कार्यकर्ताहरुलाई ल्याएर क्याम्पसमा तोडफोड गराएको क्याम्पस प्रमुख कोइरालाले जनाए ।
नेविसङ्घका कार्यकर्ताहरुले क्याम्पस प्रमुख कोइरालासहित, शिक्षक पर्शुराम घिमिरे र लेखाप्रमुख विनोद निरौलालाई दुव्र्यवहार गर्दै तोडफोड गरेको क्याम्पस प्रशासनले आरोप लगाएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रमेश पोखरेलले चौधरीलाई परीक्षामा सहभागि हुन पाउने वातावरण मिलाई दिन आग्रह गर्न जाँदा कलेजले आफूहरु माथि दुव्र्यवहार गरेपछि केही केहीबेर तनाव भएको बताए ।
नेत्र पी अधिकारी  
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved