भनिन्छ, महासागरले पनि त्यति मानिस डुबाएन, जति रक्सीले डुबायो । तर, दुर्भाग्य मानव–समाज सनातनदेखि परम्परागत लागू–पदार्थ रक्सीको नशामा फसेको छ । अझ पढे–लेखेकै र बुद्धिजीवी भनिएकै व्यक्तिहरु यो दुव्र्यसनका आदति बनेका पाइन्छन् । कतिपयले त रक्सीलाई जीवनशैलीकै एक अङ्गसमेत बनाइसकेबको पाइन्छ । कतिपय डाक्टर, प्राध्यापक उपाधिधारी व्यक्तिसमेत रक्सीका नियमित प्रयोगकर्ता रहेको र उनीहरु शिक्षालयमा कार्यसमयमै रक्सी सेवन गरेर आउने गरेको घटना सार्वजनिक भएपछि यो मुद्दा सामाजिक चिन्ताको विषयसमेत बनेको छ । विद्यार्थीका अगाडि डङ्डङ्ती गनाउदै पुग्ने सामाजिक अगुवा गुरुले आफ्ना अनुयायीहरुलाई कुन आधारमा बसेर कस्तो किसिमको नैतिक शिक्षा दिइरहेका हुन्छन्, विचारणीय छ ।
जनता क्याम्पस इटहरीका शिक्षकहरुबीच मादक पदार्थ पिएको आरोप– प्रत्यारोपले भदौको अन्तिम साता रामै्र चर्चा कमायो । खास गरी क्याम्पस प्रमुख नारद उप्रेतीले मादक पदार्थ सेवन गरी आफूलाई गाली गरेको भन्दै अर्का प्राध्यापक टङ्क न्यौपानेले राजिनामा दिएपछि क्याम्पसका शिक्षकहरुको रक्सी प्रकरण सतहमा आएको हो । यस्ता आरोपहरु विद्यार्थीदेखि शिक्षकहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लगाइरहेका छन् ।
खासगरी शिक्षकको जीवनशैली बनेको मात–प्रवृत्ति सार्वजनिक भएपछि त्यसले अभिभावक तथा विद्यार्थीलाई चिन्तित बनाएको छ । कतिपय अवस्थामा बिहान र दिउ“सै मादकपदार्थ सेवन गरेर आउने शिक्षक नजिक पुग्दा विद्यार्थीहरु नाक खुम्च्याउन बाध्य हुन्छन् । लापरवाहीमिश्रित यस्तो बानीले शिक्षकको साख मात्र घटाउ“दैन, विद्यार्थीलाई गलत बानीको लागि समेत उक्साइरहेको हुन्छ ।
विद्यार्थी का“चो माटो हुन्, जे सिकायो त्यही सिक्छन् । यो कुरा सबै शिक्षक तथा अभिभावकलाई थाहा छ, तर सिकाउने मानिसले के सिकाइरहेको छ र सिक्ने मानिसले के सिकिरहेको छ, त्यो धेरै कमलाई मात्र थाहा छ । अझ सिकाउने शिक्षकहरुको कुन कुरा विद्यार्थीले सिकिरहेका छन्, त्यो स्वयम् शिक्षकलाई पनि थाहा हु“दैन । किताबी ज्ञानमा आफ्ना विद्यार्थीलाई बोर्ड टप बनाउने धुनमा व्यवहारगत ज्ञानमा सिकाउनै नहुने कुरा सिकाइरहेको समेत थाहा नहुन सक्छ ।
बालबालिकाको छेउमै खैनी मोल्ने, चुरोट सेवन गर्ने अनि कतिपय अवस्थामा रमाइलोका नाममा मादकपदार्थ सेवन गर्नुले एकातिर शिक्षकहरुको प्रतिष्ठा खस्काएको छ भने अर्कोतिर विद्यार्थीहरुलाई कुलतको जालोमा फसाउ“दै लगेको छ । विद्यार्थीहरुले शिक्षालयमा जे सिकायो त्यही सिक्छन्, जे बुझायो, त्यही बुझ्छन् भन्ने छैन, शिक्षकको व्यवहारबाट समेत प्रत्यक्ष–अप्रत्यक्ष्य प्रभावित हुन्छन् । मदिरापान गरेर शिक्षालय आउने शिक्षकको व्यवहारले यो कुलतलाई सामान्यीकरण गर्दै विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने हुन्छ । यसर्थ आफ्ना हरेक बानी र क्रियाकलापलाई मर्यादित बनाएमा मात्र समाजमा शिक्षकको गरिमा रहन सक्छ । गुरु हुन चाहनेले आफ्नो व्यक्तिगत जीवनभन्दा सामाजिक जीवनप्रति बढी उत्तरदायी हुनु जरुरी छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !