अबोध विद्यार्थी लक्षित क्रान्तिकारी राप - College Times : Educational Magazine
Headlines News :
Home » » अबोध विद्यार्थी लक्षित क्रान्तिकारी राप

अबोध विद्यार्थी लक्षित क्रान्तिकारी राप

Written By Neplee on Friday, August 17, 2012 | 6:52 PM


अज्ञानता र क्रुरता बोकेको मोहन वैद्य पक्षधर अखिल क्रान्तिकारीले विद्यार्थी मानसिकतामाथि ठूलै आघात पु¥याउने काम गरेकोमा हाम्रो निन्दा छ : अभिभावक । पछिल्लोपटक शिक्षाक्षेत्रमा देखापरेको अराजक गतिविधिबारे भोजराज श्रेष्ठ लेख्छन् ः
 साउन ८ गते बिहान साढे सात बजे दिल्ली पब्लिक उच्चमाविका विद्यार्थीको कहिल्यै नर्बिसिने क्षण बनेर आयो । धरान–८ सेउतीको चारकोसे झाडीमा फिल्ममा देखेको दृश्य उनीहरुले प्रत्यक्ष देखे । को १ ख ३२०४ नम्बरको बस हेर्दाहेर्दै उनीहरुकै अघि जलेर खरानीमा परिणत भयो । विद्यार्थीका झोला र पुस्तकहरुसमेत जले ।
नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थी लिएर गइरहेको बस जङ्गलमा रोकेर वैद्य पक्षधर अखिल क्रान्तिकारीका कार्यकर्ताले मट्टितेल र पेट्रोल छर्केर आगो लगाएका हुन् । उनीहरुले विद्यार्थीमाथिसमेत आक्रमण गरे । त्यो बसमा इटहरीका विद्यार्थी विद्यालय जाँदै थिए ।
करिब २० जनाको समूहमा आएका कार्यकर्ताले बसमा आगजनी गरी विद्यार्थीलाई आतङ्कित पारे । आगो लाग्न सुरु भएपछि विद्यार्थीहरु रुन, कराउन र भाग्न थाले । तर, ती कार्यकर्ताले विद्यार्थीमा यो घटनाबाट पर्ने मानसिक असरबारे सोचेनन् ।
तरहराका अभिभावक सञ्जीव खड्का भन्छन्, ‘विद्यार्थीहरु रुँदै, कराउँदै बाहिर बसिरहेका थिए । त्यहाँको अवस्था दयनीय थियो । तर, विद्यार्थी सङ्गठनका कार्यकर्ताले अरु विद्यार्थीलाई जे सुकै होस्, मतलब नराखी अराजक गतिविधि गरे ।’  आगजनीमा परेको बसका चालक रमेशलाल उराँवका अनुसार उनले रोक्न पनि नभ्याउँदै उनीहरुले पेट्रोल छर्केर जलाउन सुरु गरिहाले । क्रान्तिकारी विद्यार्थीले सोही स्कुलका विद्यार्थी बोकेको को १ ख ४५० नम्बरको अर्काे बसमा ढुङ्गामूढासमेत गरे ।
पुस्तक, झोलासमेत निकाल्न नपाएकी कक्षा १२ की छात्रा सोनमसुधा झालाई घटनाले अझै रिङ्ग्याउछ । उनी त्यो घटनापछि आझै पनि स्कुल नपुगुञ्जेल डर लागिरहने बताउँछिन् । ‘फेरि कहीँ, केही भइहाल्छ कि भन्ने डर लागिरहन्छ’ उनले भनिन् ।
कक्षा पाँचकी सोलिस्मा खड्कालाई पहिले विद्यालय जाने बेलामा बस चढाउन अभिभावक आउनुपर्दैनथ्यो । तर, घटनापछि अभिभावकविना स्कुलबस चढ्न त के स्कुल जान पनि मन गर्दिनन् । अभिभावक सञ्जीव खड्का भन्छन्, ‘स्कुल जाने बेला भयो भनेपछि निरास भएजस्तो गर्छिन्, बसभित्र चेक गरिदिनु न भन्दै आँखा रसिलो पार्छिन् ।’ उनी तोडफोड गरिएको बसमा थिइन् ।
घटनामा परेकी कक्षा १२ अध्ययनरत निलिसा खेडियाले भनिन्, ‘केही दिन स्कुल नै जान मन लागेन, अझै पनि कता–कता डर लागिरहन्छ । स्कुल जाँदा फेरि केही भइहाल्छ भन्ने चिन्ताले निकै दिन सतायो ।’ घटनापछि हाँसपोसा–२ तरहराका कक्षा एक अध्ययनरत निकृष दुलाल भने स्कुल जान मनै गर्दैनन् । पहिला आफैँ होमवर्क गर्ने निकृष स्कुल–ड्रेस लगाइदिँदा निकै खुसी हुन्थे तर अचेल ठीक उल्टो भएको छ ।
‘अहिले उनी स्कुल जाने समय भएपछि भाग्न र अत्तालिन थाल्छन्,’ अभिभावक कृष्णप्रसाद दुलालको गुनासो छ । घटनापछि दुलाल परिवार अर्को शैक्षिकसत्रमा निकृषको विद्यालय परिवर्तन गर्ने सोचाइमा छ । दुलाल भन्छन्, ‘उनीहरुको क्रान्ति ठिकै पनि होला तर विद्यार्थीको मानसिकतामै खराब असर पर्ने गरी गर्ने आन्दोलनलाई क्रूरता नभनेर के भन्ने ?’
 बन्द अवाज्ञा गरेपछि साङ्केतिक रुपमा मात्रै आगजनी र तोडफोड गरेको विद्यार्थी सङ्गठनले निसङ्कोच बताउने गरेको छ । त्यसमाथि, वैद्य पक्षधर कतिपय विचारलेखक तथा राजनीतिक विश्लेषकहरु क्रान्तिकारी विद्यार्थीले राम्रो काम गरे भन्ने आशयसहितका टिप्पणी तथा लेखहरु प्रकाशित–सार्वजनिकसमेत गरिरहेका छन् ।
लाखौको भौतिक, मानसिक तथा शैक्षिक क्षति हुने गरी विद्यार्थी सङ्गठनबाट भएको सो आक्रमणको घटनाले मुलुकको प्रहरी–प्रशासनलाईसमेत खासै छोएको देखिएन । घटनाको जिम्मा विद्यार्थी सङ्गठनले लिएको सार्वजनिक भएपछि सम्बद्ध सङ्गठन कोचिला राज्य समितिका संयोजक प्रल्हाद राउतलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ ग¥यो । तर, उनलाई सामान्य सोधपुछपछि गरेर छोडियो ।
सो आक्रमण प्रकरणमा ज्ञात भए पनि संलग्न कसैलाई कारबाहीको भागीदार बनाउन प्रहरीले उचित ठानेन । यद्यपि वैद्य पक्षधर क्रान्तिकारी विद्यार्थी सङ्गठनले त्यसैदिन विज्ञप्ति जारी गर्दै, ‘पटक–पटक अनुरोध गर्दासमेत सो विद्यालयले नाम नसच्याएकाले साङ्केतिक रुपमा कारबाही गरिएको हो, त्यसको सम्पूर्ण जिम्मा हाम्रो सङ्गठनले लिन्छ ।’ भनेको थियो ।
यसमा सङ्गठनले जिम्मा लिने भनेको के हो ? के सो सङ्गठनले हामीले गरेको हुनाले त्यसमा कसैलाई कारबाहीको भागीदार बनाउन पाइँदैन भनेको हो ? कि, हामी सो घटनामा भएको क्षति व्यहोर्न तयार छौं भनेको हो ? सो सङ्गठनका तर्फबाट प्रष्ट पारिएको छैन । यसमा अभिभावकहरु जान्न चाहन्छन् कि यदि क्षतिपूर्ति गर्छौ भनेको हो भने के त्यो सङ्गठनले कालिला बालबालिकामा भएको मानसिक क्षति व्यहोर्ने क्षमता राख्छ ?
उता, सेउतीमा स्कुलको भौतिक क्षति र विद्यार्थीको विचल्ली भएकोबारे दिल्ली पब्लिक स्कुलले खासै चासो देखाएको पाइएन । फोनका भरमा थाहा पाएर अभिभावकहरु अत्तालिँदै  आफ्ना छोराछोरी लिन घटनास्थल आइपुगे । विद्यार्थीहरु कोही रुँदै–कराउँदै, कोही चुपचाप बस जलेकोे कारुणिक दृश्य हेरिरहेका थिए । तर, विद्यालयले त्यसप्रति जिम्मेवार बनेर विद्यार्थी उद्धार गर्नका लागि न अर्को साधनको व्यवस्था नै ग¥यो न कुनै विकल्प व्यवस्था अपनायो । यसरी एकान्त वनमा कलिला बालबालिकालाई अलपत्र छोडनु आक्रमणको घटनाजस्तै आलोच्य कुरा हो ।
आक्रोशित अभिभावक खेडिया भन्छन्, ‘साना बच्चाहरु रोइरहेको, कराइरहेको दृश्य त्यहाँ देखिन्थ्यो तर विद्यालयले कुनै पहल गरेको देखिएन । दुई घन्टासम्म पनि विद्यार्थी उद्धारका लागि विद्यालयले कुनै साधन पठाएन । कम्तीमा आप्mना विद्यार्थीउपर त्यस्तो घटना भएको छ भनेपछि विद्यालयले प्रहरी–प्रशासनको सहयोग लिएर विद्यार्थीलाई निश्चित गन्तव्यसम्म पु¥याउन सक्थ्यो तर गरेन ।’
घटनालगत्तै विद्यार्थी लिन जाँदा अझ समस्या आउने हो कि भन्ने त्रासमा विद्यालयसमेत परेको र चालकहरु  त्रासको वातावरणमा बस लिएर जान असमर्थ भएकाले तत्काल उद्धार गर्न नसकिएको विद्यालयको भनाइ छ । त्यस दिनको घटना अचानक भएकाले पनि निर्णयबाट केही समय चुकेको विद्यालयका कर्मचारी यज्ञ मल्लिकले बताउँछन् । यसबारे अभिभावक कृष्णप्रसाद दुलाल भन्छन् । ‘विद्यालय अनुत्तरदायी बनेको यो घटनापछि सो विद्यालयमा हाम्रा विद्यार्थीको सुरक्षा अवस्था कस्तो छ भनी समीक्षा गर्नु आवश्यक देखिएको छ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved