- प्रकाश उप्रेती
प्रविधि एक अर्थमा हेर्ने हो भने निरन्तर र पूर्णतया नया“ कुराहरूको विकास गर्ने प्रक्रियासँग सम्बन्धित हुन्छ । प्रविधिको विकासले गर्दा नै मानव आवश्यकता पूर्ति र दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सजिलो बनाइदिएको छ । विकासको यो क्रमसँगै सूचना–प्रविधिका क्षेत्रमा पनि धेरै नया“ वस्तु तथा उपकरणहरू भित्रिइरहेका छन् । सञ्चार–प्रविधिका क्षेत्रमा पछिल्लोपटक सार्वजनिक भएका अनेक नयाँ उपकरणहरूमध्ये एउटा हो, गुगल ग्लास । ‘गुगल ग्लास’ एउटा लगाउन सकिने कम्प्युटर हो, जसमा सिसाको चश्माद्वारा पर्दा बनाइएको हुन्छ जसलाई ‘आएचएमडी’ भनिन्छ । हाल गुगलद्वारा ‘ग्लास अनुसन्धान तथा विकास परियोजना’को माध्यमबाट ठूलो व्यापार क्षेत्रमा यो प्रविधिलाई लान र सर्व–व्यापक कम्प्युटर बनाउने काम भइरहेको छ । गुगल ग्लास स्मार्ट फोनभन्दा धेरै एडभान्स प्रविधि हो । यसलाई चलाउन स्मार्ट फोनलाई जस्तो हातले छोइरहनुपर्दैन । यसले प्राकृतिक भाÈाहरू बुझेर काम गर्छ । हाल यसका लागि गुगलले चार हजार दुई सय २५ युएस डलरमा चार ओटा फ्रेमहरू प्रदान गर्छ । एउटा फ्रेमबाट अर्को फेर्न एउटा सानो पेच हटाउनुपर्छ । गुगलले लक्जोटिका कम्पनी, रेबन र ओक्ले ब्राण्ड र अरू कम्पनीसँग थप फ्रेम डिजाइनको लागि सम्झौता गरिसकेको छ ।
सूचना–प्रविधिका क्षेत्रमा आएको ‘क्लाउड कम्प्युटिङ’ सिस्टमले पनि अहिले जिज्ञासुहरूको ध्यान तानिरहेको छ । क्लाउड कम्प्युटिङ वास्तवमा इन्टरनेटमा आधारित प्रक्रिया र कम्प्युटर एप्लिकेसनको प्रयोग हो । गुगल एप्स क्लाउड कम्प्युटिङको एउटा उदाहरण हो, जसले बिजनेस एप्लिकेसनलाई अनलाइन सम्पर्क गराउँछ र वेब ब्राउजरको मार्फत्बाट यससम्म पुग्न सकिन्छ ।
इन्टरनेटबाट सर्वरमा जानकारीहरू (जस्तैः वेव पेज, प्रोग्राम, मल्टिमिडिया आदि) सधैंका लागि स्टोर हुन्छ । र, यो प्रयोगकर्ताको डेक्सटप, नोटबुक, गेमिङ काउन्सिल इत्यादिमा आवश्यकता अस्थायी रूपले सङ्ग्रहित रहन्छ । यसलाई अलि विस्तृत र सरल रूपमा भन्दा अहिलेसम्म जुन सफ्टवेयर प्रोग्राम स्थानीय रूपमा आफ्नो कम्प्युटर र ल्याप्टप–नोटबुकमा संस्थापित गरिन्थ्यो, अब यसको केही आवश्यकता पर्दैन, किनभने सबै सफ्टवेयरहरू अब वेव सेवाहरूको मार्फत्बाट पाइन्छ । यति मात्र हैन, गुगल गियर जस्तो प्लगिन्सबाट यस्तो सुविधाहरू अफ्लाइन पनि प्रयोग गर्न सकिन्छ ।
‘सोलिड स्टेट ड्राइभ्स’ नामक उपकरण पनि सूचना–प्रविधिका क्षेत्रमा नयाँ हो । सोलिड स्टेट ड्राइभ्स (एसएसडी) डाटा स्टोर गर्ने एउटा यन्त्र हो, जसले ‘आइसी’लाई मेमोरी बनाएर डाटाहरू स्टोर गर्ने गर्छ । एसएसडी प्रविधिले इलेक्ट्रोनिक इन्टरफेस प्रयोग गर्ने हुँदा, यसको प्रमुख फाइदा हो, पारम्परिक (आइ÷ओ) हार्डडिस्क ड्राइभ सजिलै निकाल्न सक्नु । एसएसडीमा नयाँ आइ÷ओ इन्टरफेस बनाइएको हुँदा स्पिड पनि बढेको छ । एसएसडी प्रविधिको कुनै मेकानिकल पुर्जा छैन । यसले पारम्परिक इलेक्ट्रोमेकानिकल म्याग्नेटिक डिस्क जस्तै हार्डडिस्क ड्राइभ र फ्लपी डिस्कलाई भिन्न बनाउँछ । इलेक्ट्रोमेकानिकल डिक्सहरूसँग दाँज्दा, एसएसडीहरूले फिजिकल सक, प्रशोधनमा छिटो–छरितो काम गर्छन् । एसएसडीहरूको दाम बर्सेनि घट्दै गइरहे पनि यो आफैंमा सातदेखि आठ गुणा बढी महँगो छ । सूचना–प्रविधिको क्षेत्रमा ‘आइ–फाइ’ शब्दावली पनि नवनीतम चर्चामा छ । आइ–फाइ क्यालिफोर्नियाको माउन्टेन भ्युमा अवस्थित एसडी मेमोरी कार्डहरू र वाइ–फाइ क्षमता भएको एसडीएचडी कार्ड बनाउने कम्पनी हो । आइ–फाइ कार्ड डिजिटल क्यामराभित्र प्रयोग गरी सजिलैसँग डिजिटल फोटोहरू लोकल कम्प्युटर तथा मोबाइल साधन जस्तै स्मार्ट फोन वा ट्याब्लेटमा उपलब्ध गर्न सकिन्छ । आइ–फाइले स्पिड, स्टोर गर्न सक्ने क्षमता र सफ्टवेयर सेवाका आधारमा तीन वटा मोडेलहरू प्रदान गर्दै आएको छ ।
सोनीको डिजिटल पेपर पनि सूचना–प्रविधिको बजारमा नयाँ हो । सोनी कम्पनीले लगभग एक वर्षको कठिन मेहनतपछि, अर्ध–लचिलो १३.३ इन्चको डिजिटल पेपर अन्ततः बजारमा अनावरण गरेको छ । मात्र ४१ हजार एक सय रुपैयाँमा पातलो, हलुको ए–फोर साइजको एउटा ट्याब्लेट पाइनेछ । यो डिजिटल पेपरले स्टालिस इन्पुटको आधारमा काम गर्छ । इनबिल्ट वाइ–फाइ र यसको ब्याट्री एक पटक चार्ज गर्दा तीन हप्तासम्म टिक्छ । यो सबै सुविधाहरू यसमा रहेको नयाँ मोबाइल डिस्प्लेले गर्दा हो, जो धेरै लचिलो बनाइएको छ । तर, यो भन्न गाह्रो छ कि के डिजिटल पेपरको यो लचिलोपनको अन्तिम चरण हो ? जब यसमा उठेका समस्याहरू औंल्याउनु पर्दा, जहाँसम्म हुन्छ यसको वजन र लचकतालाई नै महत्व दिइन्छ । जबकि लिक्विड क्रिस्टल, अग्र्यानिक डायोड, वायरिङ आदि पहिले नै धेरै हलुको र लचिलो छ । यसको साथमा ताप प्रतिरोधात्मक क्षमतालाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !