‘दाल कसरी ?’
‘चालीस ।’
‘आलु ?’
‘बीस ।’
‘प्याज कसरी ?’
‘साठी ।’
‘जिन्दगी ... ?’
‘....’
‘जिन्दगी कसरी हो ?’
‘के हजुर ?’
‘जिन्दगी कसरी पर्छ ? अङ्ग्रेजीमा लाइफ ।’
‘म के जानुँ ?’
‘कसलाई थाहा छ त ? किनबेच त तैँ गर्छस् होइन ?’
‘म त तरकारी, खानेकुरा बेच्छु हजुर । जिन्दगी त म बेच्दिनँ ।’
‘म यहाँ जिन्दगी किन्न होइन, बेच्न आएको । भन्, कतिमा किन्छस् मलाई ...’
००००
उसको कथा सुरु हुन्छ, एसएलसीको परीक्षाबाट । विद्यालयकै जेहेन्दार, मेहेनती हुनुका अतिरिक्त ऊ एसएलसीमा बोर्ड नतिजाको हकदार थियो । उसको विद्यालयले अघिल्ला वर्षहरूमा पनि बोर्डमा नाम निकाल्दै आएको थियो । ऊ पढाइमा झनै अब्बल मानिएको थियो । त्यसैले शीर्ष तीनमध्ये एक पर्नेमा कुनै शङ्का थिएन । उच्चशिक्षामा छात्रवृत्तिसहितको सुविधाको लागि देशकै टप विद्यालयले गरेको प्रस्तावलाई उसले हेरौंला भन्दै क्यूमा राखिदिएको थियो । किनकि त्यस्ता थुप्रै प्रस्ताव क्यूमा थिए । नतिजापछि ऊ अझ बार्गेनिङ गर्ने पक्षमा थियो ।
०००
परीक्षाको पहिलो दिन, एसएसली परीक्षा दिने कक्षा कोठामा उसलाई नहेर्ने कोही थिएन । ‘सधै बोर्डमा नाम निकाल्ने विद्यालयको टप विद्यार्थी हो,’ परीक्षा हलका निरीक्षकहरू पनि उसलाई क्वाक्र्वार्ती हेर्थे । उसको मान भाउ नै भिन्दै । आखिरमा टप स्कुलको टप विद्यार्थी न प¥यो । उसले परीक्षामा के लेख्दैछ भनेर वरिपरि बस्ने साथीहरूले घाँटी तानी–तानी हेर्थे । ऊ पनि देखाइदिन्थ्यो । कापी सार्नका लागि दिन्थ्यो ।
ललल
नतिजा आउनुअघि उसले मनलाग्दी घुम्यो । कलेज पनि निश्चित ग¥यो । साथीहरूले चर्को शुल्क तिरिरहँदा उसले भने उल्टै पैसा पाउने भयो । नतिजाको समय नजिकिँदै थियो । ऊ व्यग्र प्रतिक्षामा थियो ।
ललल
तरकारी पसलेलाई जिन्दगीको भाउ सोध्दै गर्दा केही मानिस आइपुगे । उसलाई समातेर लगे । तरकारी पसले हेरेको हे¥यै भयो ।
०००
झन्डै एक वर्षपछि पार्कमा दुई जना किशोरहरू देखिए । परीक्षामा फेल भएमा के गर्ने भनेर पूर्व योजना बनाउँदै थियो । त्यसैबीच एउटा अर्को किशोर देखियो । भन्यो, ‘तिमीहरू फेल भयौ भने एउटा–एउटा साइकल ।’
फेल हुँदा पुरस्कार पाउने सुनेपछि दुवै किशोर छक्क परे । ‘पास हुनेले त सजिलो जिन्दगी बाँच्छ, दुःख के हो, असफलता के हो, थाहा हुन्न,’ उसले भन्यो, ‘तर, फेल हुनेले नै सफलता चाख्न पाउँछ ।’ उसले फेरी थप्यो, ‘हिँड्दा लड्यौ भने सम्झ, तिमी अझ योग्य भएर अघि बढ्दैछौ ।’फेल हुनेलाई साइकल दिन्छु भन्ने किशोर त्यही विद्यार्थी थियो, जसको उत्तरपुस्तिकाको केही पेज परीक्षामा साथीको उत्तरपुस्तिकासँग साटिएको थियो । अनि परीक्षामा सोचेजस्तो नतिजा नआउँदा पागल भई जिन्दगीको भाउ सोध्दै हिँडेको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !